

जाजरकाेटकाे नलगाड नगरपालिकाले ७ सय ९० घरधुरीलाई साद्य सामाग्री सहितको राहत बितरण गरेको छ । असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयलाई उपलब्ध गराईने राहत सम्बन्धि मापदण्ड–२०७६ अनुसार नलगाड नगरपालिकाले राहत वितरण गरेको हो ।सामाजिक दुरी कायमगरी विश्वमहामारीका रुपमा फैलिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण रोकथाम तथा नियन्त्रण गर्न सरकारले गरेको बन्दाबन्दी (लकडाउन) बाट ज्याला मजदुरी गरेर आएको पैसाले किनेर छाँक टार्न बाध्य श्रमिक तथा असाहय व्यक्तिका घरपरिवारलाई नगरपालिकाले राहत स्वरुप खाद्यन्न वितरण गरेको प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्रबहादुर सिंहले जानकारी दिए ।
५ हजार १ सय २ घरधुरी संख्या रहेको नगरपालिकाका १३ वटै वडाका ७ सय ९० घरधुरीमा पहिलो चरणमा राहत स्वरुप खाद्यन्न वितरण गरिएको अधिकृत सिंहको भनाई रहेको छ । असंगठित क्षेत्रमा कार्यरत श्रमिक वर्ग तथा असाहयलाई उपलब्ध गराईने राहत सम्बन्धि मापदण्ड–२०७६” अनुसार हामीले खाद्य सामाग्री वितरण गरेका छौं अधिकृत सिंहले भने–‘एउटा घरमा दुइ जनाको परिवार भएमा १५ किलो र दुई जना भन्दा बढि भएको घरलाई ३० किलो चामल वितरण गर्ने मापदण्डले गरेको व्यवस्था अनुसारनै हामीले दाल, चामल, नुन, तेल लगाएतका सामाग्री वितरण गरेका छौं ।’
सात सय ५० घरधुरीमा प्रतिपरिवार ३० किलो र ४० घरधुरीमा प्रतिपरिवार १५ किलो गरि जम्मा २ सय ३१ क्वीन्टल चामल बितरण गरिएको अधिकृत सिंहले जानकारी दिए । त्यसैगरी ७ सय ९० घरधुरीलाईनै एक–एक किलो आयोडिनयुक्त नुन बितरण गरिएको जानकारी दिदै अधिकृत सिंहले नगरपालिकाको ८ नम्बर वडाका ५७ घरधुरीमा प्रतिपरिवार ३ किलोगरी जम्मा एक सय ७१ किलो दाल र प्रतिपरिवार २ लिटरगरी जम्मा एक सय १४ लिटर तेल बितरण गरिएको बताए । कुल जनसंख्या २८ हजार ९ सय ५० रहेको नगरपालिकामा ६ हजार ८ सय ८ पिस साबुन वितरण गरिएको अधिकृत सिंहले जानकारी दिए । नगरपालिकाको वडा नम्बर २ र ५ मा मात्र १६ सय पिस मास्क बितरण गरिएको अधिकृत सिंहको भनाई रहेको छ ।
















































। ९ बैशाख २०७७, मंगलवार