बारेकोटमा कोरोनाको आशंका गरिएका ५५ जनाको रिर्पार्ट नेगेटिभ

Image may contain: one or more people, people sitting and people standing

कालीबहादुर नेपाली, जाजरकोट । कोरोनाको आशंका गरिएका बारेकोटका ५५ जनाको रिर्पोट नेभेटिभ देखिएको छ ।

विहिबार जिल्ला स्वास्थ्य सेवा कार्यालय जाजरकोटको आयोजनामा गाउँपालिकाको लिम्सामा गरिएको ¥यापिड टेष्टमा सबै जनाको रिर्पाेट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय जाजररकोटका निमित्त प्रमुख टिकाराम जैसीले जानकारी दिए ।

Image may contain: one or more people and people sitting

भारत र खाडी मुलुकबाट हालै गाउँपालिका भित्रिएकाहरुलाई र्या्पिड डाईग्नोष्टिक टेष्ट) गरिएको हो । बारेकोटमा गरिएकाहरु मध्ये १३ जना महिला र ४२ जना पुरुषको टेस्ट गरिएको हो ।

कर्णाली प्रदेश सरकारको सहयोग र जाजरकोटका सात वटै स्थानिय तहको समन्वयमा स्वास्थ्य सेवा कार्यालय जाजरकोटले र्या्पिड टेष्ट किड मार्फत कोरोनाको संक्रमण भए नभएको पत्ता लगाउँदै आएको छ ।

र्या्पिड टेष्टमा कोरोना पोजिटिभ देखिए थप परिक्षणका लागी सुर्खेत स्थित प्रदेश अस्पतालमा रहेको प्रयोगशालामा परिक्षण गरिने छ ।

तपाईको प्रतिक्रिया