जाजरकोट उद्योग वाणिज्य संघको नेतृत्व निर्विरोध चयन

May be an image of one or more people and text

जाजरकोट, चैत ३० — जाजरकोट उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति निर्विरोध चयन भएको छ। निर्वाचन समितिले प्रकाशित गरेको कार्यतालिका अनुसार मनोनयन दर्ता अवधिभित्र सबै पदमा एकल उम्मेदवारी परेपछि सम्पूर्ण पदाधिकारी तथा सदस्यहरू निर्विरोध निर्वाचित भएका हुन्।

निर्वाचन समितिका अनुसार संघको अध्यक्षमा रमेश के.सी. निर्विरोध निर्वाचित भएका छन्। यस्तै वरिष्ठ उपाध्यक्षमा मोहन खड्का, उपाध्यक्षमा रेशम बहादुर खड्का, महासचिवमा सूर्य बहादुर रोकाय, कोषाध्यक्षमा दीपक वि.क. तथा सचिवमा पूर्ण बहादुर कार्की निर्विरोध चयन भएका छन्।

त्यसैगरी सदस्यहरूमा विनोद कुमार धर्ती, मधुकर हमाल, युवराज शर्मा, मिलन प्रकाश चन्द, हेमन्त कुमार खत्री, शान्तराज हमाल, गणेश वि.स्वामी, मधुमिता शाह र कृष्णकला खड्का चयन भएका छन्।

निर्वाचन समितिका संयोजक भीम बहादुर सिंहका अनुसार निर्धारित समयभित्र सबै पदमा एकल उम्मेदवारी परेकाले नयाँ कार्यसमिति निर्विरोध चयन भएको जानकारी गराइएको हो।

तपाईको प्रतिक्रिया