जाजरकोट । आयुर्वेद स्वास्थ्य केन्द्र जाजरकोटको आयोजनामा मलद्वार सम्बन्धी विभिन्न रोगहरूको उपचारका लागि निःशुल्क स्वास्थ्य शिविर सञ्चालन हुने भएको छ ।
शिविरमा पाइल्स, फिसर, फिस्टुला तथा रेक्टल प्रोलाप्स (Rectal Prolapse) जस्ता रोगको विशेषज्ञ आयुर्वेद शल्य चिकित्सकबाट परीक्षण, स्क्रिनिङ, क्षारसूत्र तथा आवश्यक शल्यक्रिया सम्बन्धी सेवा प्रदान गरिने आयुर्वेद स्वास्थ्य केन्द्रले जनाएको छ ।
मलद्वार सम्बन्धी समस्या भएका बिरामीलाई लक्षित गर्दै आयोजना गरिएको उक्त शिविरबाट स्थानीय सर्वसाधारणलाई प्रत्यक्ष स्वास्थ्य लाभ पुग्ने विश्वास लिइएको छ । सम्बन्धित समस्या भएका बिरामी तथा सर्वसाधारणलाई शिविरमा उपस्थित भई स्वास्थ्य परीक्षण गराउन आयोजकले अनुरोध गरेको छ ।
निःशुल्क स्वास्थ्य शिविर २०८२ चैत १०, ११ र १२ गते आयुर्वेद स्वास्थ्य केन्द्र खलंगा, जाजरकोट मा सञ्चालन हुनेछ । शिविर बिहान १० बजेदेखि साँझ ५ बजेसम्म सञ्चालन हुने जनाइएको छ ।
थप जानकारीका लागि ९८५७८८५१७७ नम्बरमा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।


















































हाम्रो पहुँच संवाददाता । २९ फाल्गुन २०८२, शुक्रबार