
जाजरकोट । प्रतिनिधिसभा सदस्य निर्वाचनअन्तर्गत जाजरकोटमा ५६.१४ प्रतिशत मतदान भएको छ।
जिल्लामा रहेका कुल १ लाख ७ हजार ९३ मतदाता मध्ये ६० हजार ८९७ मत खसेको मुख्य निर्वाचन अधिकृतकाे कार्यालयले जनाएको छ।
बिहानदेखि साँझसम्म जिल्लाभरका मतदान केन्द्रहरूमा मतदाताको उपस्थिति देखिएको थियो। अधिकांश स्थानमा शान्तिपूर्ण रूपमा मतदान सम्पन्न भएको जनाइएको छ।
मतदान सकिएसँगै अहिले मतपेटिका संकलन भइरहेको कार्यालयले जनाएको छ।
















































हाम्रो पहुँच संवाददाता । २१ फाल्गुन २०८२, बिहीबार