राहतमा अर्गानिक मकै

स्थानीयको व्यापार संगै कृषिमा जोड पुग्ने

कालीबहादुर नेपाली । जिल्लाको बारेकोट गाउँपालिकाले राहत वितरणमा गाउँपालिका भित्रै उत्पादन गरिएको मकै वितरण गर्ने भएको छ ।

गाउँपालिकाको बुधबार बसेको कार्यपालिका वैठकले यस्तो निर्णय भएको हो । कोरोना भाइरस ( कोभिड(१९) संक्रमण रोकथाम तथा उपचार कोष संञ्चालन सम्बन्धि कार्यविधी २०७७ को पिरिधभित्र रहेर दैनिक ज्यालादारीमा जीबिकोपार्जन गर्ने गाउँपालिका भित्रका विपन्न समुदायका मानिसहरूलाई राहत वितरण गरिने गाउँपालिका अध्यक्ष महेन्द्रबहादुर शाहले जानकारी दिए ।

जसमा प्रति परिवार सदस्य ५ पाथी ( ४ माना कायम हुनेगरी) मकै , १ पोका तेल र २ पोका नुन राहत उपलब्ध गराउने निर्णय गएिको वडा नं. ९ का वडाध्यक्ष सशीराम गौतमले जानकारी दिए । उनले भने, “भोली बाटै गाउँपालिका भित्रका प्रत्येक वडामा राहत वितरणका लागि गरिव परिवारको लगत संकलन गर्ने निर्णय भयो ।”

गाउँपालिकाकाले यस्तो निर्णण गर्न एकदमै राम्रो भएको वीरेन्द्र ऐश्वर्य माद्यामिक विद्यालयका प्रधानध्यापक गोरखबहादुर सिंहको भनाई छ । उनले भने, “स्थानीयको व्यापार पनि हुन्छ । कृषिमा स्थानीयको लगाव पनि बढ्छ ।” यस्तो निर्णय हुनु राम्रो कुरा हो । तर राहत तत्कालै स्थानीयले पाउनुपर्ने कुरामा जोड गरे ।

तपाईको प्रतिक्रिया