भूकम्पपीडितको विलौनाः चुनाव आए पनि के गर्नु, न हर्ष न विस्मात

बारेकोट गाउँपालिका–२ की सुनिता नेपाली अझै अस्थायी टहरामै बस्छिन् । भत्किएको घरसँगै उनका सपना पनि चकनाचुर भएका छन् । “पहिले घर भत्कियो, अहिले आशा भत्किँदैछ,” उनी भन्छिन् । राहतका घोषणा धेरै भए, तर स्थायी आवास निर्माणको काम अझै सुस्त छ । चुनाव आउँदा नेताहरू गाउँ–गाउँ पुग्छन्, तर उनको एउटै प्रश्न अझै अनुत्तरित छ—“मेरो घर कहिले बन्छ?”

No photo description available.

नलगाड नगरपालिका – ०१ कल्पत/ तस्वीर केवी दर्शन

जाजरकोट । १७ कात्तिक २०८० बारेकोट गाउँपालिका–१, रामीडाँडा केन्द्रविन्दु भएर गएको विनाशकारी भूकम्पले जाजरकोटको भूगोल मात्र होइन, यहाँका नागरिकको जीवन नै भत्काइदियो । सयौँले ज्यान गुमाए, हजारौँ परिवार एकैछिनमा घरबारविहीन बने । विपत्तिको त्यो रात बितेको दुई वर्ष पुरा हुँदा पनि पीडितहरूको दैनिकीमा खास परिवर्तन आएको छैन । बरु, अस्थायी टहरामुनि कठ्यांग्रिँदो जाडो र पोल्ने घाम सहँदै बितिरहेको जीवनले उनीहरूको आशा क्रमशः क्षय हुँदै गएको अनुभूति दिलाउँछ ।

यहीबीच देशमा चुनावी माहोल तातेको छ । गाउँ–गाउँमा नेताहरू पुगिरहेका छन्, भाषण र वाचा दोहोरिँदैछन् । तर जाजरकोटका भूकम्पपीडितका लागि यो उत्सवको समय होइन—यो उनीहरूको पीडामाथि थपिएको विडम्बना जस्तै बनेको छ ।

बारेकोट गाउँपालिका–२ की सुनिता नेपाली अझै अस्थायी टहरामै बस्छिन् । भत्किएको घरसँगै उनका सपना पनि चकनाचुर भएका छन् । “पहिले घर भत्कियो, अहिले आशा भत्किँदैछ,” उनी भन्छिन् । राहतका घोषणा धेरै भए, तर स्थायी आवास निर्माणको काम अझै सुस्त छ । चुनाव आउँदा नेताहरू गाउँ–गाउँ पुग्छन्, तर उनको एउटै प्रश्न अझै अनुत्तरित छ—“मेरो घर कहिले बन्छ?”

No photo description available.

पुर्ननिर्माणकाे प्रखाइमा रहेकाे जाजरकाेट दरबार

नलगाड नगरपालिका–१ की संगिता दमाईको पीडा पनि उस्तै छ । जस्ताको छानामुनि बितिरहेको जीवनले उनलाई दिनहुँ नयाँ परीक्षा दिइरहेको छ । “घाम लाग्दा भित्र बस्न सकिँदैन, जाडोमा कठ्यांग्रिन्छौं । बच्चाहरू बारम्बार बिरामी पर्छन्,” उनी भन्छिन् । चुनावी भाषण धेरै सुनेकी छन् उनले, तर आफ्नो जीवनमा आएको परिवर्तन भने नगण्य रहेको गुनासो गर्छिन् ।
भेरी नगरपालिका–१ की सर्मिला वादी भन्छिन्, “चुनाव आयो भनेर खुशी हुने अवस्था नै छैन। हाम्रो पीडा जहाँको त्यहीँ छ ।” पुनर्निर्माणका जटिल प्रक्रिया, अनुदान वितरणमा ढिलाइ र प्राविधिक सहयोगको अभावले पीडितहरूमा निराशा झन् गहिरिँदै गएको छ ।

विवादमा डिडिए
भूकम्पपछिको विस्तृत क्षतिको आँकलन (डिडिए) प्रक्रिया पनि विवादको केन्द्र बनेको छ । धेरै पीडितहरू आफ्नो घर पूर्ण रूपमा क्षतिग्रस्त हुँदाहुँदै पनि आंशिक क्षतिमा वर्गीकरण गरिएको गुनासो गर्छन् । कतिपयको घर पुनर्निर्माणको सूचीमै परेको छैन् । “घर पूरै ढलेको छ, तर कागजमा आधा मात्रै देखाइएको छ,” एक पीडितले आक्रोश व्यक्त गरे । कागजी प्रक्रिया मात्र पूरा गरिएको, पहुँचवालाहरूलाई प्राथमिकता दिइएको र प्राविधिक मूल्यांकनमा पारदर्शिता नदेखिएको भन्दै पीडितहरू आन्दोलनमा उत्रिएका छन् ।

No photo description available.

बारेकाेट गाउँपालिका – ०२ जाजरकाेट

विश्वास गुमाउँदै स्थानीय सरकार
असन्तुष्टि यत्तिमै सीमित छैन । स्थानीय सरकारप्रति पनि पीडितहरूको विश्वास कमजोर बन्दै गएको छ । कार्यकर्तामुखी सिफारिस, वितरणमा पक्षपात र गुनासो सुन्ने संयन्त्र कमजोर भएको आरोप उनीहरूले लगाएका छन् । “हामीले न्याय खोज्दा ढोका ढकढक्यौँ, तर सुनुवाइ भएन,” सर्मिला वादीको गुनासो छ ।

पीडितहरूले डिडिएको पुनः मूल्यांकन, पारदर्शी सूची सार्वजनिक, समान रूपमा अनुदान वितरण र राजनीतिक हस्तक्षेप अन्त्यको माग गर्दै आएका छन् । उनीहरूका लागि पुनर्निर्माण केवल घर बनाउने प्रक्रिया होइन, न्याय पाउने संघर्ष पनि बनेको छ ।

May be an image of Saqsaywaman and mountain

अनुदानमै अड्कियो सरकार ?
अस्थायी आवासको दोस्रो किस्ता रकम नपाउनु अर्को गम्भीर समस्या बनेको छ । सरकारले पहिलो किस्ताबापत २५ हजार रुपैयाँ उपलब्ध गराएपछि धेरैले टहरा बनाएर बसेका छन् ।

तर दोस्रो किस्ता अझै हजारौँ पीडितले पाएका छैनन् । तथ्याङ्क अनुसार ४८ हजार ५१६ लाभग्राहीमध्ये ४१ हजार ७११ जनाले पहिलो किस्ता पाए पनि ३५ हजार ५८३ जनाले मात्र दोस्रो किस्ता पाएका छन् । अझै ६ हजार १२८ जना लाभग्राही रकमबाट वञ्चित छन् ।

May be an image of text

कुशे गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतका अनुसार सरकारबाट रकम नआएकाले वितरण गर्न नसकिएको हो । तर पीडितहरूको प्रश्न स्पष्ट छ—“पुनर्निर्माण सकिन लाग्दा पनि दोस्रो किस्ता किन आएन ?”

No photo description available.

उम्मेदवारहरुलाई प्रश्नै प्रश्न ?
चुनाव नजिकिँदै जाँदा यही प्रश्न झन् चर्किएको छ । मत माग्न पुगेका नेता र उम्मेदवारलाई पीडितहरूले अब सिधै जवाफ मागिरहेका छन् । “घर छैन, न्याय छैन—यस्तो अवस्थामा चुनाव आयो भनेर के खुसी मान्नु?” संगिता दमाई भन्छिन् ।

भूकम्पले भत्काएको केवल संरचना मात्र छैनन् राज्यप्रतिको विश्वास पनि हो । यदि विस्तृत क्षतिको आँकलनमै न्याय भएन भने पुनर्निर्माणको आधार नै कमजोर हुने पीडितहरूको भनाइ छ । उनीहरू पारदर्शी, निष्पक्ष र पीडित–केन्द्रित पुनर्निर्माणको माग गरिरहेका छन् —राजनीतिक प्राथमिकताभन्दा माथि उठेर ।

भूकम्पपीडितका लागि चुनावी नाराभन्दा ठूलो कुरा आज पनि एउटै छ—सुरक्षित घर र सम्मानजनक जीवन । जबसम्म त्यो पूरा हुँदैन, उनीहरूको विलौना जारी रहनेछ ।

तपाईको प्रतिक्रिया