
जाजरकोट । नेकपा माओवादी जाजरकोटले आगामी प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि पौरख मल्लको नाम एकल रूपमा सिफारिस गरेको छ।
नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी माओवादीले ‘गुलाब’ चुनाव चिन्ह लिएर पहिलो पटक निर्वाचन प्रक्रियामा सहभागी हुने निर्णय गरेसँगै जाजरकोटमा मल्लको नाम सिफारिस गरिएको हो।
पार्टी स्रोतका अनुसार संगठन विस्तार, जनसम्बन्ध र आन्दोलनमा सक्रिय भूमिका खेलेका मल्ललाई प्रतिनिधिसभा सदस्यको उम्मेदवारका रूपमा अगाडि सारिएको हो। औपचारिक घोषणा भने केन्द्रको निर्णयपछि हुने बताइएको छ।
स्थानीय स्तरमा मल्लको नाम सिफारिस भएपछि जाजरकोटको राजनीतिक माहोल थप चासोपूर्ण बनेको छ।
















































हाम्रो पहुँच संवाददाता । २५ पुष २०८२, शुक्रबार