छेडागाड जीप दुर्घटना : मृतकको पहिचान खुल्यो

जाजरकोट । छेडागाड नगरपालिका वडा नं. ८ र ९ को सिमानामा पर्ने बार्न नाउरीघाट भन्ने स्थानमा भएको बोलेरो जीप दुर्घटनामा मृत्यु भएका दुई जनाको पहिचान खुलेको छ।

पजारुबाट थलह जाँदै गरेको कर्णाली प्रदेश ००१ च १३२७ नम्बरको बोलेरो जीप दुर्घटनामा पर्दा छेडागाड नगरपालिका–९, डाँडापजारुका २६ वर्षीय राजु अधिकारी र अन्दाजी ७३ वर्षीया नन्दकला अधिकारीको घटनास्थलमै मृत्यु भएको स्थानीय अर्जुन अधिकारीले जानकारी दिए।

दुर्घटनाका बेला जीपमा चालकसहित ६ जना सवार थिए। दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी छेडागाड नगर अस्पतालतर्फ उपचारका लागि लगिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

घाइतेहरुमा छेडागाड नगरपालिका- ९ का २४ बर्षिय कृष्ण अधिकारी, वडा नं. ८ का २० बर्षिय लक्ष्मी खत्री, वडा नं. ९ का ३९ वर्षीय  बिर बहादुर अधिकारी र दैलेख नौमुले गाउँपालिका- ६ का २३ बर्षिय सितला रावत घाइते भएकाे जिल्ला प्रहरी कार्यालय, जाजरकाेटले जानकारी दिएकाे छ ।

दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया