Breaking News : छेडागाडमा बोलेरो जीप दुर्घटना, दुई जनाको घटनास्थलमै मृत्यु

जाजरकोट । छेडागाड नगरपालिका वडा नं. ८ र ९ को सिमानामा पर्ने बार्न नाउरीघाट भन्ने स्थानमा बोलेरो जीप दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

पजारुबाट थलह जाँदै गरेको कर्णाली प्रदेश ००१ च १३२७ नम्बरको बोलेरो जीप दुर्घटनामा परेको हो। स्थानीय प्रेमबहादुर गिरीका अनुसार दुर्घटनाका बेला जीपमा चालकसहित ६ जना सवार थिए।

दुर्घटनामा घाइते भएका चार जनालाई उद्धार गरी छेडागाड नगर अस्पतालतर्फ उपचारका लागि लगिएको छ। घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको जनाइएको छ।

मृतकको हालसम्म पहिचान खुल्न सकेको छैन। दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

तपाईको प्रतिक्रिया