
तस्बिर : नारायण घर्ती र चन्द्रप्रकाश घर्ती (सिपी)
नेकपा (एमाले)को ११ औं राष्ट्रिय महाधिवेशन केपी शर्मा ओली पक्षबाट दुई सहोदर दाजुभाइ नै केन्द्रीय सदस्यको उम्मेदवार बनेका छन्।
महाधिवेशनका ओली पक्षबाट जाजरकोट जिल्लाका सहोदर दाजुभाइ चन्द्रप्रकाश घर्ती (सिपी) र नारायण घर्ती उम्मेदवार बनेका छन्। दाजु सिपी घर्ती यसअघि पनि केन्द्रीय सदस्य रहेका थिए। उनका भाइ नारायण घर्ती पहिलो पटक केन्द्रीय सदस्यमा ओली पक्षबाट डेब्यु गर्दै छन् ।
दाजु सिपी घर्ती खुला जनजाति र भाइ नारायण घर्ती कर्णाली प्रदेशको युवा समूहबाट उम्मेदवार बनेका छन्। नारायण घर्ती अनेरास्ववियुका निवर्तमान उपाध्यक्ष हुन्। उनी जाजरकोटबाट नै प्रतिनिधि बनेर आएका थिए भने दाजु सिपी घर्ती केन्द्रीय सदस्यबाट आयोजकका हिसावले प्रतिनिधि बनेका हुन्।
दाजु सिपी अखिलको सचिवालय सदस्यबाट बिदा भएका हुन् । उनी हाल जाजरकोटको भेरी नगरपालिकाको प्रमुख हुन्। उनी दोस्रो कार्यकाल नगरप्रमुख हुन्। यसरी भोलि हुने निर्वाचनमा दुई दाजुभाइ आउने प्रबल सम्भावना रहेको छ।
















































हाम्रो पहुँच संवाददाता । ३० मंसिर २०८२, सोमबार