
जाजरकोट । राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कर्णाली प्रदेशको नयाँ कार्यसमिति चयन भएको छ । भाद्र १४ गते बसेको महासंघको बैठकले रिता पुन मगरलाई सर्वसम्मत निर्विरोध अध्यक्षमा चयन गरेको हो ।
नवगठित कार्यसमितिमा उपाध्यक्षमा तिला श्रेष्ठ, सचिवमा रमा कुमारी थापा, सह–सचिवमा केशरी श्रेष्ठ र कोषाध्यक्षमा समना पुन मगर चयन भएका छन् ।

त्यसैगरी सदस्यहरुमा सृष्टि लामिछाने मगर, दिपा खड्का मगर र आरधना सिंह (लामा) रहेका छन् ।
महासंघले आदिवासी जनजाति महिलाको हक अधिकार, सामाजिक न्याय र समानताका लागि प्रभावकारी कदम चाल्ने प्रतिबद्धता जनाएको छ ।

















































हाम्रो पहुँच संवाददाता । १५ भाद्र २०८२, आईतवार