जाजरकोटमा वृहत साहित्य सम्मेलन सम्पन्न

May be an image of 6 people, people smiling and text

जाजरकोट – साहित्य, संस्कृति र सिर्जनशील अभिव्यक्तिहरूको उत्सव स्वरूप जाजरकोटमा वृहत साहित्य सम्मेलन सम्पन्न भएको छ। बारेकोट साहित्य कला केन्द्रको आयोजनामा त्रिभुवन माध्यमिक विद्यालय, खलंगाको सभाहलमा सम्पन्न उक्त सम्मेलनमा जिल्लाका विभिन्न ठाउँबाट आएका साहित्यप्रेमीहरूको उल्लेख्य उपस्थिति रह्यो।

सम्मेलनमा झन्डै ६० जना भन्दा बढी कवि तथा कवियत्रीहरूले आफ्ना कविता वाचन गरेका थिए। विविध सामाजिक, सांस्कृतिक र जीवनभोगाइमा आधारित रचना प्रस्तुत गर्दा सभाहल रसान्त भयो। कार्यक्रममा मावि (माध्यमिक विद्यालय) स्तरीय, क्याम्पस स्तरीय तथा खुला कविता वाचन प्रतियोगिता समेत सञ्चालन गरिएको थियो।

बारेकोट साहित्य कला केन्द्रका अध्यक्ष कालीप्रसाद थापाका अनुसार सम्मेलनले जिल्लामा मौलाउँदै गएको साहित्यिक चासोलाई थप ऊर्जा दिएको छ। उनले भने, “हामीले गाउँघरका प्रतिभाहरुलाई उजागर गर्ने लक्ष्य राखेका छौँ। यस सम्मेलनले नवोदित र स्थापित स्रष्टाबीच अन्तर्क्रिया तथा सिर्जनात्मक आदानप्रदानको माध्यम बन्यो।”

 सामाजिक विकास कार्यालय कार्यालयले आर्थिक सहयोग गरेको कार्यक्रमलाई सफल बनाउन स्थानीय विद्यालय, शिक्षक, विद्यार्थी तथा स्थानीय साहित्यिक अभियन्ताहरूको सक्रिय भूमिका रहेको थियो।

May be an image of text that says 'बारेकोट साहित्य कला केन्द्र जाजरकोट र सामाजिक विकास कार्यालय जाजरकोटको सहकार्यमा आयोजित सतशरशाकृका सिराया बृहता साहिल्य BSTEI खलंगा जाजरकोट तपसिल आयोजक सिति :ನಂತ असार १ बारेकोट साहित्य कला केन्द्र समय विहान ११: 00 बजे बारेकोट गाडपालिका-2 लिज्ता जाजरकोट स्थान त्रिभुवन मा.वि. को सभाहल, जाजरकोट 1号'

कविता वाचनका क्रममा स्थानीय जनजीवन, प्राकृतिक सौन्दर्य, परम्परा, विसङ्गति र समसामयिक विषयवस्तुमा आधारित कविता प्रस्तुत गरिएका थिए। आयोजक संस्थाले उत्कृष्ट वाचनकर्ताहरूलाई प्रमाणपत्र र पुरस्कारद्वारा सम्मान पनि गरेको थियो।

कार्यक्रममा सहभागि भएका शिक्षिका र कवियत्री संगिता राेकायले भनिन्, “साहित्यिक सम्मेलनले आत्माभिव्यक्तिको ढोका खोलेको छ। यसले युवामा सिर्जनाको जरा गाड्न सहयोग पुर्‍याउँछ।”

स्थानीय बुद्धिजीवी र पत्रकारहरूले पनि सम्मेलनको प्रशंसा गर्दै यस्ता कार्यक्रमहरूलाई निरन्तरता दिनुपर्नेमा जोड दिएका थिए। साहित्यले समाजको चित्रण मात्र होइन, परिवर्तनको संवाहकको भूमिका पनि निर्वाह गर्ने भएकाले यस्ता क्रियाकलापहरू विशेष महत्त्व राख्ने उनीहरूको भनाइ थियो।

कार्यक्रमको अन्त्यमा आयोजक संस्थाले आगामी दिनहरूमा जिल्लाका अन्य स्थानमा पनि यस्तै साहित्यिक कार्यक्रमहरू सञ्चालन गर्ने योजना सार्वजनिक गरेको छ।

तपाईको प्रतिक्रिया