काठमाडौं : सन् २०१९ को अन्त्यतिर चीनको वुहानबाट फैलिएको कोरोना भाइरले अहिले विश्वलाई नै आक्रान्त बनाएको छ। विश्वका शक्तिशाली मुलुक अहिले यसको चपेटाले थला परेका छन्। महाशक्तिराष्ट्र अमेरिकामा दैनिक २ हजारले ज्यान गुमाउँदै आएका छन्। विश्वका शक्तिशाली देशमा अहिले आर्थिक मन्दी छ।
भोकमरीको अवस्थामा पुग्न लागेकाे छ। चीनले भने यो भाइरसलाई करिब करिब नियन्त्रणको अवस्थामा ल्याएको छ। कोरोनाको उद्गम स्थल वुहान अहिले सामान्य अवस्थामा फर्किएको छ। ७६ दिनको लकडाउन खुला भएको छ। चीनले भने विश्वलाई नै स्वास्थ्य सामग्री उपलब्ध गराई रहेकाे छ तर यसले अहिले विश्वका महाशक्तिराष्ट्रलाई उठ्नै नसक्ने अवस्थामा थला पारेका छन्।
चिनियाँ भाइरस भन्दै व्यंग्य गर्ने अमिरिकी राष्ट्रपति अहिले उनको देश अमेरिकामै भाइरस नियन्त्रण गर्न नसक्ने अवस्थामा छ। जर्मनीले त अमेरिकाले मास्क नै लुटेर लगेको आरोपसमेत लगाएको छ। भारतसँग अमेरिकाले औषधिका लागि मोदीसँग सहज गराउन माग गरिरहेका छन्। विश्वका दश देशमा जो शक्तिशाली र सम्पन्न छन् ती देशमा भाइरसबाट ज्यान गुमाउनेको संख्या एक लाख भन्दा बढी नाघेको छ।
अमेरिका, चीन, इटाली, बेल्जियम, इरान, स्पेन, फ्रान्स,बेलायत जर्मनी र नेदरलयाण्डमा मृत्यु हुनेको संख्या १ लाख १ हजार चार सय २ छ। अमेरिकामा २२ हजार १ सय १५ ले ज्यान गुमाएका छन्। त्यस्तै इटालीमा १९ हजार ८ सय ९९ को ज्यान गएको छ। त्यस्तै स्पेनमा १७ हजार २ सय ९ मृत्यु भइसकेको छ। फ्रान्समा १४ हजार ३ सय ९३ जनाको मृत्य भएको छ। अर्को शक्तिशाली देश बेलायमा मृतकको संख्या १० हजार ६ सय १२ छ। बेलायत पछि इरानमा ४ हजार ४ सय ७४ जनाको मृत्यु भएको छ। बेल्जियममा ३६ सयको मृत्यु भएको छ भने चीनमा ३३ सय ४१ र नेदरल्याण्डमा २७ सय ३७ जनाको मृत्यु भएको छ। यी १० देशमा संक्रमित हुनेको संख्या १२ लाख ८१ हजार ३ सय २७ छन्। अमेरिकामा मात्रै संक्रमितको संख्या साढे ५ लाख छ।
Country, Other Total Cases New Cases Total Deaths New Deaths Total Recovered Active Cases Serious, Critical Tot Cases/ 1M pop Deaths/ 1M pop Total Tests Tests/ 1M pop World 1,853,168 +911 114,248 +54 423,625 1,315,295 50,852 238 14.7 USA 560,433 +133 22,115 +10 32,634 505,684 11,766 1,693 67 2,832,539 8,557 Spain 166,831 17,209 62,391 87,231 7,371 3,568 368 600,000 12,833 Italy 156,363 19,899 34,211 102,253 3,343 2,586 329 1,010,193 16,708 France 132,591 14,393 27,186 91,012 6,845 2,031 221 333,807 5,114 Germany 127,854 3,022 60,300 64,532 4,895 1,526 36 1,317,887 15,730 UK 84,279 10,612 N/A 73,323 1,559 1,241 156 352,974 5,200 China 82,160 +108 3,341 +2 77,663 1,156 121 57 2 Iran 71,686 4,474 43,894 23,318 3,930 853 53 263,388 3,136 Belgium 29,647 3,600 6,463 19,584 1,223 2,558 311 102,151 8,814 Netherlands 25,587 2,737 250 22,600 1,384 1,493 160 101,534 5,926
दुई सय भन्दा बढी चिकित्सकको मृत्यु विश्वमा अहिले सम्म अहिलेसम्म दुई सयभन्दा धेरै स्वास्यकर्मीको मृत्यु भएको छ। विश्व स्वास्थ्य संगठनका अनुसार विश्वका विभिन्न ५२ मुलुकमा २२ हजार स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्। डब्लुएचओकोकाअनुसार कोभिड–१९ का कारण २२ हजार ७३ जना स्वास्थ्यकर्मी सङ्क्रमित भएका छन्।
इटालीमा सबैभन्दा धेरै धेरै स्वास्थ्यर्कीको ज्यान गएको छ। त्यहाँ एक सय २० भन्दा धेरै चिकित्सकको ज्यान गएको छ। त्यस्तै ३० जना नर्सहरुको पनि मृत्यू कोरोना भाइरसका कारण मृत्यू भएको छ।
फिलिपिन्समा २१ जना चिकित्सकको कोरोना भाइरसको संक्रमणका कारण मृत्यू भइसकेको छ। ब्यक्तिगत सुरक्षा सामाग्रीको अभावका बाबजुत उपचार गर्न बाध्य चिकित्सकहरु संक्रमणमा आएको र उपचारका क्रममा उनीहरुको मृत्यू भएको त्यहाँको मेडिकल एसोसियसनले जनाएको छ। चीनमा १३ जना स्वास्थ्यकर्मीको मृत्यू भइसकेको छ भने इरानमा १२ जना चिकित्सक कोरोना भाइरसको संक्रमण पछि मृत्यू भएको जनाइएको छ।
यस्तै स्पेनमा १२ जना, बेलायतमा आठ जना, फ्रान्समा पाँच र अमेरिकामा दुई जनाको मृत्यू भइसकेको छ। ग्रिस, पोल्याण्ड, पाकिस्तान र भारत पनि स्वास्थ्यकर्मी तथा चिकित्सकको मृत्यु भइसकेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्। विश्वमा कोरोना भाइरसबाट संक्रमित हुने १८ लाख ५० हजार नाघेको छ। एक लाख १४ हजार भन्दा बढीको ज्यान गइसकेको छ।
















































। १ बैशाख २०७७, सोमबार