
बारेकोट । बारेकोट गाउँपालिकाले स्थानीय तहमा शिक्षासँगै रोजगारी र आत्मनिर्भरतामा टेवा पुर्याउने उद्देश्यले ‘पढ्दै कमाउँदै कार्यविधि, २०८१’ निर्माण गरेको छ। गाउँपालिकाले आउँदो आर्थिक वर्षदेखि यो कार्यक्रम सामुदायिक विद्यालयहरूमा औपचारिक रूपमा लागू गर्ने भएको हो।
यस कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई अध्ययनसँगै सिपमूलक काम गर्ने अवसर दिइनेछ, जसले उनीहरूमा शिक्षा, सीप र आम्दानीको संयोजन गर्दै व्यावसायिक भविष्य निर्माणमा मद्दत पुर्याउनेछ।
त्यस्तै, वडा नं. १, सिर्पाचौरलाई अर्गानिक कृषि क्षेत्रको सम्भावित केन्द्रका रूपमा पहिचान गर्दै गाउँपालिकाले आर्थिक तथा प्राविधिक अध्ययन सुरु गर्ने गाउँपालिका अध्यक्ष वीरबहादुर गिरी द्दारा प्रस्तुत नीति तथा कार्यक्रममा उल्लेख गरिएकाे छ । स्थानीय समुदायसँग समन्वय गर्दै आवश्यक प्रक्रिया अघि बढाइने र साना किसानको भूमिकामा आधारित उत्पादन प्रणाली विकास गरिने गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाले सीपमूलक तथा प्राविधिक शिक्षालाई प्राथमिकता दिँदै, उच्च शिक्षा अध्ययन गर्ने विद्यार्थीहरूलाई पनि पटके सहायता दिने कार्यक्रमलाई निरन्तरता दिने बताएको छ।
यस अन्तर्गत:
-
MBBS, BE वा LLB जस्ता कार्यक्रम अध्ययन गर्ने एक जना विद्यार्थीलाई,
-
Diploma वा Bachelor स्तरमा अध्ययनरत एक जनालाई
प्रत्येक आर्थिक वर्षमा विशेष आर्थिक सहायता प्रदान गरिनेछ।नीति तथा कार्यक्रमकाे पूर्णपाठ
गाउँ सभाको २१ औं अधिवेशनमा उपस्थित हुनु भएका
गाउँ सभा सदस्य ज्यूहरु¸
सभा सञ्चालन सचिवालयका कर्मचारीहरु।
स्थानीय सरकारको प्रमुखको हैसियतले सम्मानित गाउँसभालाई चौथो पटक नीति तथा कार्यक्रम मार्फत सम्बोधन गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ।
यस अवसरमा सर्वप्रथम नेपाली जनताको राजनीतिक स्वतन्त्रता, आर्थिक समृद्धि र सामाजिक न्यायको लागि जीवन उत्सर्ग गर्नुहुने वीर शहिदहरु प्रति उच्च सम्मान सहित हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु। विभिन्न कालखण्डमा भएका राजनीतिक आन्दोलन र सङ्घर्षमा घाईते अपाङ्ग र वेपत्ता हुनुहुने महान व्यक्तिहरु प्रति उच्च सम्मान छ । साथै वि॰सं॰ २०८० साल कार्तिक १७ गते गएको जाजरकोट भूकम्पकाबाट ज्यान गुमाउनुहुने १०१ जना मृतकहरु प्रति हार्दिक श्रद्धासुमन व्यक्त गर्दछु।
आजको नयाँ व्यवस्थामा पुरानो अवस्थाको निरन्तरता भत्काउनु हामी सबैको साझा कर्तव्य हो। यो युगिन कर्तव्य पुरा गर्नु नै हामी सबैको उद्देश्य हो। यही मर्म वोधका साथै हामी आज निरन्तरताको २१ औं गाउँसभामा उपस्थित भएका छौं। हाम्रो यो बजेट अधिवेशनलाई बारेकोटी जनताले ठूलो आशा उत्साह र भरोसाको साथ हेरिरहेका छन्। यो बेला सीमित स्रोत साधनको अधिकतम प्रयोग र उपयोगबाट असीमित आवश्यकता र इच्छा चाहानाहरुको सम्वोधन गर्ने परिस्थिति हाम्रो अगाडि उभिएको छ। “स्वच्छ स्वस्थ एवं सम्मृद्धि बारेकोट निर्माण ! ‑ गरीवी निवारण रोजगारी सिर्जन र उत्पादन बृद्धिमा हाम्रो अभियान !!” भन्ने बारेकोटको मुल नारालाई सार्थक बनाउन हामीले उपलब्ध स्रोत साधनहरुको जनउपयोगी परिचालनबाट नै बारेकोट समृद्धिको यात्रा आरम्भ गर्नुपर्ने छ। यस्तो बास्तविकतालाई आत्मसाथ गर्दै नीतिगत सुधार, प्रक्रियागत प्रभावकारिता र परिणाममुखी कार्यान्वयनको लागि नीति योजना र कार्यक्रम तर्जुमा हाम्रो अभिभारा हो। यो अभिभारा पुरागर्दै अगाडि बढ्न सक्नु पर्नेछ। गणतन्त्र स्थापना पछिको दोस्रो स्थानीय तहको निर्वाचन पछि बारेकोटी जनतामा समयानुकूल अपेक्षाहरुको बढोत्तरी भएको छ तर त्यस्ता अपेक्षाहरुको सम्वोधन गर्ने स्रोतसाधनको उपलब्धता भने पुरानै छ। आवश्यकता बदलिएका छन् ती आवश्यकता पुरा गर्ने सम्भावना पुरानै छ। तथापी क्रमागत रुपमा सुन्दर र परिवर्तनको मार्ग खोल्न हामी प्रयासरत रहेकाछौं। हिजोको अभ्यास¸ अनुभव आजको लागि शिक्षा हुन सक्छ तर हुबहु त्यसको निरन्तरताबाट मात्रै निर्देशित हुने छुट हामीलाई छैन। तसर्थ विगतको समीक्षा वर्तमानको यथार्तता र भविस्यको उद्देश्य सहित आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तयार गरिएको छ।
नेपालको संबैधानिक व्यवस्था अनुरुप शिक्षा, स्वास्थ्य, रोजगारी, स्वच्छ वातावरण, सूचना, र सामाजिक न्याय जस्ता मौलिक हक एवम् राज्यका निर्देशक सिद्धान्तको आर्थिक उद्देश्यमा उल्लिखित राष्ट्रिय अर्थतन्त्रलाई आत्मनिर्भर, स्वतन्त्र एवम् उन्नतशील बनाउँदै समाजवाद उन्मुख स्वतन्त्र र समृद्ध अर्थतन्त्र निर्माणका लागि स्थानीय स्तरमै सर्वाङ्गीण विकासको आधारशीला तयार गर्न नीति तथा कार्यक्रम निर्माण कार्यले मात्रै हामीले चाहेको परिवर्तन हुन सक्दैन। यसका लागि नीति तथा कार्यक्रममा समावेश विषयवस्तुहरुको प्रभावकारी कार्यान्वयन गर्न यथोचित स्रोत/साधनको सुनिश्चितता गर्नुपर्ने हुन्छ।
सभा सदस्य ज्यूहरु,
अब म आर्थिक वर्ष २०८२।०८३ को नीति तथा कार्यक्रम तर्जुमाका आधार प्रस्तुत गर्दछु।
नेपालको संविधान, २०७२ को भाग १९ मा स्थानीय आर्थिक कार्यप्रणाली सम्बन्धी व्यवस्था, अनुसूची‑ ८ मा स्थानीय सरकारका एकल अधिकार सूची तथा अनुसूची‑९ मा रहेको स्थानीय, प्रदेश र संघको साझा अधिकार सूची, तथा स्थानीय, प्रदेश र संघीय सरकारका कानूनमा रहेर यो नीति तथा कार्यक्रम तर्जुमा गरिएको छ। स्थानीय सरकार सञ्चालन ऐन, २०७४ तथा बारेकोट गाउँपालिकाको गाउँ कार्यपालिका कार्य (सम्पादन) नियमावली, २०७९ बमोजिम गठित विभिन्न समिति (आर्थिक विकास समिति, पूर्वाधार विकास समिति, सामाजिक विकास समिति, राजस्व परामर्श समिति, वातावरण संरक्षण तथा विपद् व्यवस्थापन समिति, अन्य समितिहरु स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति, बजेट तथा कार्यक्रम तर्जुमा समिति, विधायन समिति, सार्वजनिक लेखा समिति, संस्थागत विकास तथा सुशासन समितिहरुबाट प्राप्त सिफारिस, प्राथमिकीकरण, पृष्ठपोषण, सुझाव तथा सल्लाहलाई वार्षिक कार्यक्रम तर्जुमाको मुख्य आधारको रुपमा लिईएको छ। विभिन्न सम्बद्ध कानूनको व्यवस्था र संघीय, प्रादेशिक नीति, योजना, राष्ट्रिय लक्ष्य र गाउँपालिकाले तर्जुमा गरेको प्रथम पञ्चवर्षीय आवधिक योजनालाई पनि नीति तथा कार्यक्रम तर्जुमा गर्दा आधारको रुपमा लिईएको छ। गाउँपालिकाको विकास र समृद्धिको लागि सरोकार राख्ने राजनीतिकर्मी, बुद्धिजीवी, समाजसेवी, विषयगत शाखा, कर्मचारी, शिक्षक, सुरक्षाकर्मी, पत्रकार तथा सम्पूर्ण बारेकोटबासी बाट प्राप्त राय, सुझाव तथा गाउँपालिकाको सार्वजनिक सुनुवाई २०८१ बाट प्राप्त सल्लाह सुझाव र जिज्ञासालाई समेत आधार मानि वार्षिक कार्यक्रम तर्जुमा गरिएको छ।
सभासदस्य ज्यूहरु,
अब म चालु आर्थिक वर्ष २०८१/०८२ को हालसम्मका प्रमुख उपलब्धिहरुलाई संक्षिप्त रुपमा प्रस्तुत गर्दछु।
- गाउँपालिकाको हाल सम्म ६२.७९ प्रतिशत चालु र ४०.८२ प्रतिशत पुँजिगत खर्च प्रगति भएको छ।
- आ. व. २०८१/८२ मा राष्ट्रपति हवाई उद्धार कार्यक्रम अन्तर्गत (२,जना) जटिल प्रकारका प्रसुती महिलाहरु र वडा नं. ६ को पहिरोमा परि सख्त घाइते हुने (१,जना) बालिकालाई हेलिकप्टर मार्फत प्रदेश अस्पताल सुर्खेतमा प्रेषण गरी उद्धार गरिएको छ।
- बारेकोट गाउँपालिकाको न्यायिक समितिमा दर्ता भएका ७९ वटा विवाद मध्ये ५७ वटा विवादहरु फर्छ्यौट गरिएको छ।
- बारेकोट गाउँपालिका र मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (CMC) नेपालको समन्वयमा मानसिक अस्वस्थ भएका विरामीहरुलाई मनोचिकित्सक डाक्टरबाट शिविर सञ्चालन गरिएको छ।
- मानसिक स्वावलम्बन समूहका सदस्यहरुलाई २ दिने क्षमता विकास तालिम दिइएको छ।
- मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र (CMC) नेपालको आर्थिक सहयोगमा मानसिक स्वास्थ्य समस्या भएका समूहका सदस्यहरुलाई प्रतिव्यक्ति ९००० (अक्षरुपी नौ हजार रुपैया) विउपूँजीको रुपमा सहयोग उपलब्ध गराइएको छ।
- खाबारेकोट गाउँपालिकाको अनुदानमा मनोसामाजिक कार्यकर्तालाई छ (६) महिने मनोसामाजिक क्षमता विकास तालिम प्रदान गरिएको।
- बारेकोटका वडा नं. ३ को मुलसाममा बर्थिङ सेन्टर स्थापना गरी सेवा विस्तार गरिएको छ।
- सडक तर्फ ८००० मिटर नयाँ सडक, ४५०० मिटर स्तरोन्नत्ती, २८० मिटर आर.सि.सि. ढलान, ८०० मिटर सडक मेसिनरी वाल, ३३० वटा ग्याविन जाली, पलम कङक्रिट स्टक्चर ५०० मिटर, सडक नाली ३५०० मिटर, निर्माण गरिएको छ।
- मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३ वटा २ कोठे भवनहरु निर्माण गरिएको छ।
- बारेकोट गाउँपालिका वडा नं. ५ को वडा कार्यालय भवन निर्माण सम्पन्न भई सेवा प्रवाह सुरुगरिएको छ।
- बारेकोट गाउँपालिका परिसरमा फूल गमला, रङ्गरोगन लगायतका अन्य व्यवस्थापन गरिएको छ।
- अलग मानव अलग पशुघर निर्माण सम्बन्धी १२४ जना कृषकहरुलाई भैसी पालन सम्बन्धी तालिम प्रदान गरिएको छ।
- आ.व. २०८१/०८२ को स्वीकृत नीति तथा कार्यक्रम अनुसार चालु आ.व. मा १२३ वटा अलग पशुघर निर्माण गरिएको छ।
- बारेकोट गाउँपालिका अन्तर्गत करिब 6,00० जना कृषकहरुका पशु उपचार, भेडा बाख्रामा खोप, कुकुर, भैसी र विरालाहरुमा रेविज विरुद्धको खोप, पशु स्वास्थ्य शिविर, कार्यक्रम मार्फत करिब 50,663 पशु चौपायाहरुको उपचार गरिएको छ।
- आ.व. २०८१/०८२ मा बहुक्षेत्रीय पोषण कार्यक्रम अन्तर्गत १०५२ जना सुनौला हजार दिने आमाहरुलाई अण्डा, कुखुरा, पोषण झोला र फिल्टर वितरण गरिएको छ।
- वारेकोट गाउँपालिका वडा नं. १ स्वास्थ्य चौकी रामीडाँडा र आधारभूत अस्पताल लिम्सालाई पोषण मैत्री स्वास्थ्य संस्था घोषणा गरिएको छ।
- आ.व. २०८१/०८२ मा प्रधानमन्त्री रोजगार र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ३३० जना रोजगार विहीन विपन्न नागरिकहरुले रोजगारी प्राप्त गरेका छन्।
- प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत १८ वटा र मुख्यमन्त्री रोजगार कार्यक्रम अन्तर्गत ९ वटा गरि जम्मा २७ वटा कामका लागि पारिश्रमिकमा योजनाहरु सम्पन्न भएका छन् भने ३०४ जनाले प्रत्येक्ष रोजगारी प्राप्त गरेका छन्।
- विश्व खाद्य कार्यक्रमको साझेदारीमा संचालनमा रहेको भूकम्पले क्षतिग्रस्त संरचना पुन:निर्माण (REDI) कार्यक्रम मार्फत १७ वटा आयोनाहरु सम्पन्न भएका छन् भने करिब २,५०० जनाहरुले प्रत्येक्ष रोजगारी प्रप्त गरेका छन्।
- स्थनीय पूर्वाधार सहयोग कार्यक्रम (LISP) र गाउँपालिकाको साझेदारिमा भौतिक पूर्वाधार तर्फका १० वटा आयोजनाहरु सञ्चालनमा रहेका छन्। जसबाट करिब ३०० जनाले रोजगारी प्राप्त गरेका छन्।
- सेवा प्रवाहलाई छिटो छरितो तथा विश्वसनीय बनाउन योजना व्यवस्थापन, वडा सिफारिस, न्यायिक व्यवस्थापन, अनलाइन राजश्व प्रणाली र अपाङ्ग परिचय पत्र तथा जेष्ठ नागरि व्यवस्थापन सफ्टवेयरहरुलाई पूर्ण रुपमा लागु गरिएको छ।
- गाउँपालिकाको दोस्रो आवधिक योजना निर्माण, डिजिटल प्रोफाइल अध्यावधिक तथा संस्थागत व्यवस्थापन तथा सर्वेक्षण (O & M) गरिएको छ।
- आन्तरिक तथा वाह्य पर्यटन प्रवर्द्धनको लागि भिडियो डकुमेन्ट्री निर्माण गरिएको छ।
- गाउँपालिकाको सामाजिक-आर्थिक विपन्नता सूचना व्यवस्थापन प्रणाली (SEV-IMS) सञ्चालनमा आएको छ।
- खानेपानी तर्फ बारेकोट गाउँपालिका र हेल्भेटास नेपाल, JRP/KIRDRAC Nepal को सहकार्यमा बारेकोट-३ पहाडा मुल्साममा ६१, बारेकोट-४ मैनामा ११९, बारेकोट-६ तासीमा १०८, बारेकोट-७ मा १६६ बारेकोट-१ 104 गरी जम्मा ५५८ वटा खानेपानी धारा निर्माण भएका छन्। यसै गरी मुख्यमन्त्री रोजगार आयोजना अन्तर्गत बारेकोट-६ धुममा २९ र बारेकोट-९ रग्रेममा ३१ वटा गरी ६० धारा निर्माण सम्पन्न गरिएकोछ। यसरी आ.व. २०८१/०८२ मा सबै गरी जम्मा ६१८ वटा नयाँ खानेपानी धारा निर्माण सम्पन्न गरिएकोछ।
- गाउँपालिका भित्रका विभिन्न २८ वटा खानेपानी आयोजनाहरुको मुहानहरुबाट नमुना संकलन गरि पानी परीक्षण गरिएको।
- वातावरण र पानीका मुहानहरु संरक्षण सम्बन्धि माध्यामिक तहका ४६८ जना बिद्यार्थीहरुलाई अभिमुखिकरण कार्यक्रम गरिएको।
- व्यक्तिगत घटना दर्ता तथा पञ्जिकरण सम्बन्धी कार्य पूर्ण रुपमा अनलाईन प्रणालीमा लगिएको छ। सामाजिक सुरक्षा भत्तालाई थप प्रभावकारी वनाउन बैङ्किङ्ग Electronic Fund Transfer (EFT) प्रणाली मार्फत् ४,४९७ जनालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्ने व्यवस्था मिलाइएको छ।
- बारेकोट गाउँपालिकाको नीति तथा कार्यक्रम अनुसार गाउँपालिका अन्तर्गतका बिदुर नागरिकहरुलाई बिदुर भत्ता प्रदान गरिएको छ।
- गरीबी निवारणको लागि उद्यम विकास कार्यक्रम मार्फत ३९ जना लघु उद्यमीहरुलाई सीप विकास तालिम तथा २० जना नयाँ उद्यमीहरुलाई उद्यमशीलता विकास तालिम प्रदान गरिएको छ।
- आरण व्यवसायलाई प्रवोधिकरण गर्न आरण सुधारको लागि १० वटा लघु उद्यमी समूहहरुलाई प्रविधि हस्तान्तरण गरिएको छ।
- अल्लोको धागो निकाल्ने ४ वटा मेशिन सहित ९ जनालाई सीप विकास तालिम प्रदान गरिएको छ।
- दुई वटा समूहका २० जना लघु उद्यमीहरुलाई इन्टरलकिङ्ग इट्टा उत्पादन सीप विकास तालिम प्रदान गरी २ वटा इन्टरलकिङ्ग इट्टा बनाउने मेशिन हस्तान्तरण गरिएको छ।
- गाउँपालिका भित्र सञ्चालित १३ वटा नयाँ व्यवसायहरु दर्ता भएका छन्।
- सार्वजनिक जवाफदेहीता तथा सूचनाको हक प्रत्याभूतिको लागि गाउँपालिकामा प्रवक्ता, गुनासो व्यवस्थापन अधिकारी, सूचना अधिकारी र बालकल्याण अधिकारिको व्यवस्था गरिएको छ।
- शैक्षिक सत्र २०८२ देखि लागु हुने गरी बारेकोट गाउँपालिकाको स्थानीय पाठ्यक्रम मा आधारित पाठ्यपुस्तक निर्माण गरी लागु गरिएको छ।
- बारेकोट गाउँपालिकाको स्थानीय शिक्षा योजना, २०८२ निर्माण गरिएको छ।
- बारेकोट गाउँपालिकाको पढ्दै कमाउँदै कार्यविधि, २०८१ निर्माण गरिएको। आगामी आर्थिक वर्षबाट उक्त कार्यक्रमलाई सामुदायिक विद्यालयमा लागु गरिनेछ।
- यस आर्थिक वर्षमा शारीरिक रुपमा अशक्त भएका विभिन्न वर्गका ४३ जनालाई अपाङ्गता परिचय‑पत्र वितरण गरिएको छ।
- आर्थिक रुपमा विपन्न अनाथ १३ जना बालबालिकाहरुलाई विभिन्न स्थानमा पालनपोषण तथा शिक्षा दिक्षाको लागि सिफारिस गरिएको छ।
- घरेलुहिंसा न्यूनीकरणका लागि सासु-ससुरा, श्रीमान-श्रमती अभिमुखिकरण कार्यक्रम सञ्चालन गरी ४५ जनालाई अभिमुखिकरण तालिम सञ्चालन गरिएको छ।
- युनिसेफको आर्थिक सहयोग तथा गाउँपालिकाको समन्वयमा पालिका तथा वडा स्तरीय बाल क्लव तथा बाल अधिकार समिति गठन गरिएको छ।
- पिछडीएको वर्ग अन्तर्गत ४५ जना पिडित महिलाहरुका लागि क्षमता विकास तालिम प्रदान गरिएको छ।
- विद्यमान महिला हिंसा तथा बालबिवाह न्यूनीकरण गर्न माध्यमिक तहका विद्यालयहरुमा लैंगिक हिंसा तथा बालविबाह न्यूनीकरण सम्बन्धी अभिमुखिकरण तालिम सञ्चालन गरिएको छ।
- छुवाछुत मुक्त समाज निर्माण गर्न दलित सचेतिकरण तथा सशक्तिकरण कार्यक्रम सञ्चालन गरि ४५ जनालाई अभिमुखिकरण तालिम प्रदान गरिएको छ।
- आ.व. २०८०/०८१ मा स्थानीय तहको संस्थागत विकास स्व‑मूल्याङ्कन (LISA) ७७.७५% प्रतिशत, स्थानीय तहको वित्तीय जोखिम मूल्याङ्कन (FRA) ६४% प्रतिशत र राष्ट्रिय प्राकृत स्रोत तथा वित्त आयोग (NNRFC) ५७.८% प्रतिशत अङ्क प्राप्त भएको छ।
- वि.सं २०७७ सालमा बारेकोटका विभिन्न स्थानमा गएको बाढिपहिरोमा क्षति भएका ७१ घरधुरीका निजी आवासहरुको दोस्रो किस्ता भूक्तानी वितरण अन्तिम चरणमा छ।
- जाजरकोट भूकम्पबाट क्षति भएका घरपरिवारलाई अस्थायी आवासको रुपमा नेपाल सरकारबाट ५,१६९ र अन्य संघ संस्थाहरुबाट २६० वटा अस्थायी आवास निर्माण भई दोस्रो किस्ता रकम भुक्तानी गरिएको छ।
- बारेकोट गाउँपालिका अन्तर्गतका भूकम्पबाट प्रभावित ४,९५२ वटा निजी आवासहरुको विस्तृत क्षति आँकलन (DDA) सम्पन्न भएको छ।
- बारेकोट गाउँपालिका र प्रतिवद्ध-३ परियोजनाको सहयोग तथा सहजिकरणमा २४ जनालाई प्राथमिक उपचार तालिम र २४ जनालाई सामूदायिक खोज उद्दार तालिम प्रदान गरिएको छ।
- नेपाल कै पहिलो, बारेकोट गाउँपालिकाको विपद् तथा जलवायु उत्थानशील कार्यढाँचा, २०८१, निर्माण गरिएको छ।
- बारेकोट गाउँपालिकाको स्थानीय आपतकालिन कार्यसञ्चालन केन्द्र (LEOC) स्थापना गरी चालु आ.व. २०८१/०८२ बाट सञ्चालनमा ल्याइएको छ।
- बारेकोट गउँपालिकामा यसै आ.व. देखि घर बिमा कार्यक्रम सञ्चालनमा ल्याइएको छ।
- भूमिहिन दलित, भूहिन सुकुम्बासी र अव्यवस्थित बसोबासीहरुको लगत संकलन विवरण एकिन गरीएको छ।
सभा सदस्य ज्यूहरु,
सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राखी जनताको सार्वभौम अधिकार, स्वायत्तता र स्वशासनको आत्मसात गर्दै, राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि बारेकोटी जनताले पटक-पटक गरेको संघर्ष र बलिदानका गौरवपूर्ण इतिहासलाई स्मरण एवं शहीद तथा बेपत्ता र पीडित प्रति सम्मान गर्दै सामन्ती, निरंकुश, केन्द्रीकृत र एकात्मक राज्य व्यवस्थाले गरेको विभेद र उत्पीडनको अन्त्य गर्दै, सांस्कृतिक ऐक्यबद्धता, सहिष्णुता र सद्भावलाई संरक्षण एवं प्रवर्धन गर्दै; वर्गीय, जातीय, क्षेत्रीय, भाषिक, धार्मिक, लैंगिक विभेद र सबै प्रकारका जातीय छुवाछूतको अन्त्य गरी आर्थिक समानता, समृद्धि र सामाजिक न्याय सुनिश्चित गर्न समानुपातिक समावेशी र सहभागितामूलक सिद्धान्तका आधारमा समतामूलक समाजको निर्माण गर्ने संकल्प गर्दै मूल्य र मान्यतामा आधारित समाजवाद प्रति प्रतिबद्ध रही समृद्ध बारेकोट निर्माण गर्न; स्थानीय शासन व्यवस्थाको सुदृढीकरणको माध्यमद्वारा दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकांक्षा पूरा गर्न यो सम्मानित सभामा आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम पेश गर्दछु।
- आर्थिक विकास
- कृषि तथा पशुपंक्षी विकास
- बारेकोट गाउँपालिकामा सम्भावित फलफूल खेती र बजार सम्बन्ध विस्तारका लागि पहल गरिनेछ।
- बारेकोट गाउँपालिकामा उत्पादित फलफूल तथा तरकारीहरुलाई भण्डारण गर्न चिस्यान केन्द्र स्थापना गरिनेछ।
- फलफूल खेती गरेका कृषकहरुको लागि लागत सहभागितामा बगैंचा व्यवस्थापन तथा सुधार कार्यक्रम गरिनेछ।
- पशु व्यवसायलाई प्रवर्द्धन गर्न गाउँपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा दुग्ध डेरी स्थापनाको लागि आवश्यक पहल गरिनेछ।
- मानव स्वास्थ्य र पशु स्वास्थ्य सुधारका लागि मानव घर र पशु घरलाई अलग गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- बारेकोट गाउँपालिकाको वडा नं. १, सिर्पाचौरमा अर्गानिक कृषिको सम्भावनालाई आर्थिक तथा प्राविधिक अध्ययनको साथै समुदायसँग समन्वय गरी आवश्यक प्रक्रिया अगाडि बढाइनेछ।
- कृषि व्यवसायमा सहजता र उत्पादनमा अभिवृद्धि गर्नको लागि पकेट क्षेत्र विस्तार कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।
- अत्यावश्यक कृषि उपजमा बारेकोटलाई आत्मनिर्भर बनाउन भौगोलिक अवस्था वातावरण अनुकुल उत्पादन धान, मकै, गहुँ, जौं, कोदो, जस्ता अन्नबाली, सिमी, बोडी, केराउ, मास, मसुरो, गहत, चना, भट्मास आदि कोशेबाली, आलु, काउली, बन्दा, पिँडालु, फर्सी, काँक्रो, गाजर, लौका, स्कुस, करेला, गोलभेंडा जस्ता तरकारी बाली, अदुवा, लसुन, प्याज, बेसार, अलैंची, धनियाँ, मेथी, खुर्सानी, तेजपात, टिमुर आदिको परम्परागत खेतिको अलावा अन्य अन्न, फलफुल तथा तरकारी खेतिको संम्भाब्यता अध्ययन गरी माटो सुहाउँदो एक वडा एक उत्पादन कार्यक्रम संचालन गर्न बिशेष पहल गरिनेछ।
- बारेकोटमा ठेकी फल (Kiwi fruit) को राम्रो सम्भावना देखिएकोले व्यावसायिक किवी खेतीका लागि आवश्यक कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ।
- स्याउ, सुन्तला, केरा, कागती, ओखर, नास्पती, आरु, आरुबखडा, ठेकी फल (Kiwi fruit) जस्ता फलफुल खेतिका लागि संम्भाब्यता अध्ययन गर्न पहल गरिनछ।
- बारेकोटलाई तरकारीमा आत्मनिर्भर बनाउनका लागि तरकारीको आयात प्रतिस्थापन गरी निर्यात प्रवर्द्धन गर्न कृषकहरुलाई तरकारी खेतिमा आकर्षित गर्न बिशेष अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- बारेकोटमा उत्पादित कृषि उपजहरुको बजार व्यवस्थापन गर्न कम्तिमा महिनाको १ पटक हाटबजार लगाउने व्यवस्था मिलाईनेछ।
- पशुपालनबाट किसानहरुको आय आर्जन बृद्धि गर्न भेडा, बाख्रा र भैंसी पालन क्षेत्र निर्धारण गरी विशेष कार्यक्रम संचालन गर्न संघ र प्रदेश सरकारसँग सहकार्यको लागि पहल गरिनेछ।
- स्थानीय जातका कुखुरा, हाँस, टर्की जस्ता पन्छी ब्यवसायीहरुलाई प्रोत्साहन गर्ने व्यवस्था मिलाइनेछ।
- मौरीपालन र माछापालनको संम्भाव्यता अध्ययन गरी मौरी पालन र माछापालन व्यावसायलाई व्यवसायिक रुपमा सञ्चालन गर्न आवश्यक व्यवस्था मिलाइनेछ।
- पालिका भित्रका सम्पूर्ण वडाहरुमा पशु स्वास्थ्य शिविर संचालन गरी पशुजन्य महामारी नियन्त्रण तथा पशु उपचारको ब्यबस्था गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- पशु विमा प्रर्बद्धन कार्यक्रम, पशु नस्ल सुधार कार्यक्रम, कृतिक गर्भधानको लागि राँगा, गधा, बोका, र थुमा खरिद र पशु पोषण सुधार जस्ता कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ।
- गुणस्तरीय कृषि उत्पादन, उचित प्रशोधन, भण्डारण तथा बजारीकरण, वितरणमा सहजीकरण र नियमन गरी खाद्य तथा पोषण सुरक्षाको लागि सरकारी, निजी, सहकारी र समुदायको साझेदारीमा कृषिमा आधुनिकीकरण, व्यावसायिकरण, यान्त्रीकरण, विविधिकरण एवं विशिष्टीकरण गर्ने र प्राङ्गारिक खेतीलाई प्राथमिकता दिने नीति लिइनेछ।
- युवा लक्षित कार्यक्रमका लागि बाँझो जमिनमा एकिकृत कृषि स्रोत केन्द्र स्थापना गर्न विशेष व्यवस्था गरिनेछ।
- सहकारी र स्थानीय समुदायको सहभागितामा व्यवसायिक कृषि योजना निर्माण गरी बिऊ, सिचाइ र प्राङ्गारिक मलको उचित संयोजन गरी उत्पादन मुलक ब्यवसायमा बृद्धि गर्न जोड दिइनेछ।
- पशुपालन ब्यवसायलाई ब्यवसायिक बनाउन किसानहरुका लागि आधुनिक खोर निर्माण गर्न अनुदानको व्यवस्था मिलाईनेछ।
- किसान समुह समिति फर्महरुले पशु पालन सम्बन्धि नमुना कार्यक्रम गरे वापत उक्त किसान समुह समिति तथा फर्महरुलाई छनोटको आधारमा उच्च मुल्यांकन गरी कृषक प्रोत्साहान स्वरुप अनुदान प्रदान गरिनेछ।
- एकल महिला विपन्न वर्ग तथा पिछडीएको महिला समूहलाई छनोट गरी उन्नत जातका बाख्रा अनुदान कार्यक्रम स्थानीय कुखुरा अनुदान कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- पशुपालन ब्यबसायलाई थप ब्यवस्थित र व्यवसायिक गर्न पशु तथ्याङ्क संकलन कार्यक्रम संचालनमा ल्याइनेछ।
- व्यावसायिक पशुपालन कृषकहरुको लागि गोठालो भत्ता दिने कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- कृषि अनुदान कार्यक्रम सञ्चालन गर्दा समूह, संस्था, सहकारिका साथसाथै विपन्न किसान परिवारलाई समेत समावेश गरिने नीति अवलम्वन गरिनेछ।
- गाउँपालिकाको आन्तरिक स्रोतलाई वृद्धि गर्न राजश्व संकलनको दायरालाई वृद्धि गर्ने व्यवस्था मिलाइनेछ।
- बारेकोट गाउँपालिकामा सम्भावित जडिबुटी खेतीलाई प्राथमिकता दिइनेछ। सामुहिक जडिबुटी खेती स्थापना तथा सुरुवात गर्नेलाई बिशेष प्रोत्सहान गरिनेछ।
- अव्यवस्थित पशु पालन ब्यवसायलाई व्यवस्थित पशुपालन व्यवसायमा रुपान्त्रण गर्नाको लागी व्यक्तीलाई समयक्रम अनुसार लक्ष्यमा आधारित बनाई आवश्यक रणनीति, कार्यनीति तयार पारी प्रयोगमा ल्याइनेछ।
- बारेकोट गाउँपालिका पशुपालनको प्रचुर संम्भावना रहेको तर बारेकोटी जनता रोजगारको लागी दौडधुप गरिरहेको अवस्थालाई मध्यनजर गर्दै बेरोजगारी समस्या सावधान गर्नाको लागी समूहगत व्यवसायिक पशुपालनमा आवद्धता गराई आवश्यकताको आधारमा तालिम, गोष्ठी, समाग्रीहरु, र अनुदान रकम बितरण गरिनेछ।
- पशु सेवा शाखाको गन्तव्य तय गरी सेवा प्रवाहलाई लक्ष्यमा केन्द्रिकृत गर्न आम कृषकको पुलको रुपमा स्थापित गराउनाको लागी पहल गरिनेछ।
- व्यवसायिक रुपमा पशु पालन गरेका कृषकहरुलाई प्रोत्सान गर्नको लागी भैसि सुत्केरी भत्ता प्रदान गर्न पहल गरिनेछ।
- पशुपालनको उच्च सम्भावना बोकेको बारेकोट गाउँपालिका वडा नं. ३ को पहाडा मुल्साममा पशु सेवा इकाई स्थापना गर्न पहल गरिनेछ।
- बारेकोट गाउँपालिका पशु सेवा शाखामा दर्ता भएका कृषक समुह समिति फर्महरु प्रोत्सान स्वरुप आवश्यक समाग्रीहरु बितरण गर्न पहल गरिनेछ।
- बारेकोट गाउँपालिकामा पशुपालनको प्रचुर संम्भावना छ। भेडापालन ब्यवसायलाई अझै ब्यापकता ल्याउनको लागी वडा नं. ३, ४ र ६ मा भेडा पालन पकेट कार्यक्रम कार्यान्वयनमा ल्याउन पहल गरिनेछ।
- सिंचाई
- कृषि उत्पादनको संभाव्यता अध्ययन गरी सिँचाइका श्रोतहरुको परिचालनका लागि बिशेष पहल गरिनेछ। यसका लागि संघ तथा प्रदेश सरकार सँगको सहकार्यमा कुलो तथा लिफ्ट सिंचाइ कार्यक्रम अगाडि बढाइनेछ। कृषि उत्पादनको संभाब्यता अध्ययन गरी खेतीयोग्य जमीनमा सिँचाइ सुविधा उपलब्ध गराउन सिँचाइ प्रणालीको विकास गरी कृषि उत्पादन कार्यलाई प्राथमिकतामा राखिनेछ।
- जलउत्पन्न प्रकोपलाई न्यूनीकरण गर्न नदी, जोखिमयुक्त जलाशय, नदी तथा पहिरो नियन्त्रणका लागि प्रभावकारी योजना तर्जुमा गरी कार्यान्वयनमा ल्याइनेछ।
- नदि र खोलाको कटानबाट जोखिममा परेका बस्ति तथा खेतियोग्य जमिन सुरक्षाको लागि विशेष पहल गरिनेछ।
- कला संस्कृति तथा पर्यटन
- महत्वपूर्ण पर्यटकीय स्थानहरु हिमाल, ताल, सहासिक पदमार्ग, वन्यजन्तु र बहुमूल्य जडिबुटीहरुको पहिचान, प्रचार प्रसार, संरक्षण प्रवर्द्धनको लागि अनुगमन, नियमन तथा भिडियो डकुमेन्ट्री तयार गर्ने व्यवस्था मिलाइनेछ।
- यहाँका सबै ऐतिहासिक, धार्मिक, पुरातात्विक स्थल, संस्कृति, सभ्यताको खोज, संरक्षण र सम्वर्द्धन गरिनेछ। साथै प्रचार प्रसारका लागि आवश्यक कार्यक्रमहरु जस्तै सामाजिक संजाल, वेबसाइट प्रयोगका साथै श्रब्य दृश्य सामग्री निर्माण गर्न पहल गरिनेछ।
- जिल्लाकै सु्न्दर बस्ति सिर्पाचौरमा होमस्टे संचालनका लागि आबश्यक आर्थिक तथा प्राविधिक सहयोगमा होमस्टे संचालनको लागि आवश्यक व्यवस्था मिलाइनेछ।
- धार्मिक तथा पर्यटकीय क्षेत्र संरक्षण कला संस्कृतिको संवर्द्धन, पुरातत्व विभागमा सूचीकृत गराउने, पर्यटन प्रवर्द्धनको लागि पार्कको स्थापना गर्ने आदि व्यवस्था मिलाइनेछ।
- बारेकोटको प्रसिद्ध देवता राँगाबाँचिलाको मन्दिर निर्माण गरी दैविक शक्तिपिठको रुपमा स्थापित गर्न विस्तृत योजना निर्माण भइसकेकोले आवश्यक कार्य अगाडि बढाईनेछ।
- पर्यटन प्रवर्द्धन र विकासका लागि आउने आर्थिक वर्षमा “बारेकोट चिनाउ अभियान” संचालनका लागि विशेष कार्यक्रम संचालन गर्न पहल गरिनेछ।
- बारेकोटको कला संस्कृति र बाजा संरक्षणका निम्ति विशेष व्यवस्था मिलाइनेछ।
- बारेकोट गाउँपालिकाको वडा नं. ३ मुलसामा पर्यटन प्रवर्द्धन र भविस्यमा बारेकोट गाउँपालिकामा आउनसक्ने जल संकटलाई न्यूनीकरण गर्न मानव निर्मित जलासय निर्माणको कार्यलाई अगाडि बढाइनेछ।
- उद्यम विकास,
- बाहिरबाट आयात हुने स्यानिटरी प्याडलाई निरुत्साहित गर्न स्यानिटरी प्याड उत्पादन सम्वन्धी तालिम संचालन गर्ने व्यवस्था मिलाइनेछ।
- गरीबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम मार्फत स्थानीय कच्चा पदार्थमा आधारित उद्यम विकासका लागि प्राविधिक सीप विकास तालिम सञ्चालनलाई निरन्तरता दिइनेछ।
- गाउँपालिका भित्र संचालनमा रहेका उद्योग तथा वाणिज्य फर्महरुलाई दर्ता, नविकरण, नाम सारी, ठाउँसारी, पूँजी वृद्धि तथा खारेजी प्रक्रयाको लागी कानूनी व्यवस्था मिलाइनेछ।
- उद्यमशीलताको विकास उद्यमी निर्माणको लागि उद्यम विकास कार्यक्रमलाई निरन्तरता दिई प्रभावकारी रुपमा सञ्चालन गरिनेछ।
- सीप सिकिसकेका व्यक्ति तथा उद्यमीहरुको लागि पुर्नताजकी तालिम सञ्चालन गरिनेछ। व्यावसाय सञ्चालन गरेका व्यावसायीहरुका लागि व्यावसाय प्रवर्द्धन गर्न कार्यक्रम सञ्चालन गरिनेछ।
- गरीवी निवारण र आयआर्जनको लागि अल्लो, निगालो, बाँस, छाला ऊन जन्य उद्यम शिलताका लागि विशेष कार्यक्रम सञ्चालन गरिनेछ साथै होजियारी सिलाई बुनाई सम्वन्धी आवश्यक तालिम सञ्चालनको व्यवस्था गरिनेछ।
- आंशिक रुपमा व्यावसाय गरीरहेका उद्यमीहरुलाई स्तरोन्नती गरी पूर्ण उद्यमी बनाउन आवश्यक पहल गरिनेछ।
- उद्योग, वाणिज्य र सहकारी
- स्थानीय उद्यमशीलता विकास, उद्यम स्थापना र स्थानीय स्रोत साधनको प्रयोगलाई प्रोत्साहन गर्न उद्यमशीलता प्रोफाइल निर्माण गरिनेछ।
- बारेकोटमा रहेका खनिज फलामखानी र तामाखानीको सम्भाव्यता अध्ययनका लागि संघ तथा प्रदेश सरकारको सहकार्यमा पहल गरिनेछ।
- बारेकोट गाउँपालिका वडा नं.-४, दहमा निर्माण गरिएको जडिबुटी संकलन केन्द्रलाई संचालनमा ल्याउन आवश्यक पहल गरिनेछ।
- दैनिक उपभोग्य वस्तु तथा सेवा नियमित र सहज रुपमा आपूर्ति हुने व्यवस्था मिलाउनुका साथै नियमित अनुगमन तथा नियमन मार्फत बजारलाई व्यवस्थित गरिनेछ।
- बजारमा अवधि नाघेका खाद्यवस्तु र औषधि बिक्री वितरणमा रोक लगाइनेछ। दर्ता नभएका, उत्पादन मिति तथा मिश्रण उल्लेख नभएका र प्रयोग अवधि उल्लेख नभएका तयारी खाद्यवस्तु बजारमा बिक्री वितरणमा प्रतिबन्ध लगाइनेछ।
- खाद्यन्न आपूर्तिका लागि घाट बजारमा स्थापना भएको खाद्य डिपोमा खाद्यान्न आपूर्तिको व्यवस्था मिलाइनेछ र नुन आपूर्तिको लागि नुन डिपोको स्थापनाका लागि आवश्यक पहल गरिनेछ।
- तिन खम्बे अर्थ नीति अनुसार पालिका भित्र संचालनमा रहेका सम्पुर्ण सहकारीहरुलाई क्रियाशिल बनाउने र सहकारी संस्थासँगको साझेदारीमा आयआर्जन गरीबी निबारण सो‑रोजगार सिर्जना सम्बन्धि कार्यक्रम संचालन गरिनेछ।
- सामाजिक विकास
- शिक्षा¸ यूवा तथा खेलकुद
- दिवा खाजा व्यवस्थापन तथा क्षमता अभिवृद्धि र विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता कार्यक्रमका लागि आवश्यक व्यवस्था गरिनेछ। विद्यालय दिवाखाजा व्यवस्थापनमा स्थानीय उपजहरुलाई उच्च प्राथमिकतामा राखिनेछ।
- हालसम्म बारेकोट गाउँपालिमा उच्च शिक्षा प्रदायक शिक्षण संस्था नभएको र आगामी दिनमा पालिकामै उच्च शिक्षाको पहुँच हुनेगरी एउटा स्नातक तहको पठनपाठन गर्न क्याम्पस स्थापनाका लागि आवश्ययक पहल गरिनेछ।
- यस पालिका भित्र सञ्चालित सामूदायिक विद्यालयहरुका प्रधानाध्यापक मध्येबाट उत्कृष्ट कार्यसम्पादन गर्ने १ जना प्रधानाध्यापकलाई प्रोत्साहन स्वरुप सम्मान गर्ने व्यवस्था मिलाइनेछ।
- प्राविधिक शिक्षा तर्फ उच्च शिक्षा अध्ययन गर्ने MBBS, BE र LLB पढ्ने मध्ये एक जनालाई र Diploma & Bachelor Level पढ्ने एक जनालाई पटके सहायता दिने कार्यक्रमलाई निरन्तरता दिइनेछ। जस अन्तर्गत दलित छात्र छात्राहरुलाई विषेश प्राथमिकता दिइनेछ।
- गाउँपालिका अन्तर्गतका सामुदायिक विद्यालयहरुमा वितरण गरिएको शिक्षण सिकाइ अनुदान (बालविकास, प्रावि, निमावि, मावि¸ कम्प्युटर सहायक र कार्यालय सहयोगी) लाई आवश्यकताको आधारमा थपघट र ब्यबस्थापन गरिनेछ।
- शिक्षक दरबन्दीको अनुपातमा विद्यार्थी संख्या उच्च रहेका विद्यालयहरुमा शिक्षण सिकाइ अनुदानको व्यवस्था गरी शिक्षक दरबन्दी व्यवस्थापन गरिनेछ।
- भूकम्प पछिको अवस्थालाई मध्यनजर गर्दै विद्यालयहरुको भौतिक व्यवस्थापनलाई व्यवस्थित गरी शिक्षण सिकाई कार्यलाई प्रभावकारी बनाउन संघ, प्रदेश तथा अन्य दातृ निकायहरुसँग आवश्यक समन्वय गरी विद्यालयहरुमा थप भौतिक पूर्वाधारहरुको व्यवस्था गरिनेछ।
- स्थानीय पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लेखन, छपाई कार्यलाई निरन्तरता दिई कक्षा ८ सम्म पुर्याइनेछ।
- गाउँपालिकाबाट संचालन अनुमति प्राप्त सामुदायिक बालविकास केन्द्रहरुमा दरबन्दी, भौतिक पूर्वाधारको व्यवस्थापन गरी शिक्षण सिकाइलाई सहज तथा प्रभावकारी बनाउन पहल गरिनेछ। साथै बालबिकास केनद्रहरुलाई व्यवस्थापन गरी नमुना बालविकास केन्द्रको रुपमा विकास गरिनेछ।
- शिक्षकहरुको पेशागत क्षमतालाई अभिवृद्धि गर्न पालिकास्तरमै थप तालिम तथा अभिमुखिकरणको व्यवस्थालाई निरन्तरता दिइनेछ। विद्यालयको तथ्याङ्कलाई व्यवस्थित र विश्वस्नीय बनाउनका लागि विद्यालयमा कार्यरत जनशक्तिको क्षमता विकासका कार्यक्रमहरु सञ्चालन गरिनेछ।
- बालबालिकाहरुको अन्तर्निहित क्षमता तथा प्रतिभा प्रस्फुटनका लागि विद्यालयस्तरमा विभिन्न अतिरिक्त क्रियाकलाप सञ्चालन गरिनेछ।
- पाठ्यक्रम प्रबोधिकरण, शैक्षिक क्यालेन्डर निर्माण, स्थानीय स्तरमा संचालन गरिने विभिन्न परीक्षाको प्रभावकारी व्यवस्थापन तथा संचालन गरिनेछ।
- एक स्थानीय तह एक प्राविधिक धार विद्यालय अन्तर्गत श्री वीरेन्द्र ऐश्वर्य मा.वि. लिम्सामा सञ्चालित सिभिल इन्जिनियरिङ विषय कक्षा (९-१२) लाई गुणस्तरीय र व्यवस्थित रुपमा सञ्चालन गर्न शिक्षा तथा मानव स्रोत विकास केन्द्र (CEHRD) तथा विश्व विद्यालयहरुसँग समन्वय गरि दक्ष प्राविधिक जनशक्ति उत्पादन गर्न जोड दिइनेछ।
- बिद्यार्थी भर्ना र टिकाउ दरलाई प्रोत्साहित गर्दै दिगो र गुणस्तरीय शिक्षाको लागि सबै बिद्यालयका बालविकास कक्षा १ देखि ५ कक्षा सम्मका बिद्यार्थीलाइ पोषणयुक्त दिवा खाजाकार्यक्रमलाई प्रभावकारी बनाइनेछ।
- विद्यालय बाहिर रहेका बालबालिकाहरुको खोजि तथा पहिचान गरी विद्यालय शिक्षामा निरन्तरताका लागि आवश्यक कार्यक्रम सञ्चालन गरी विद्यालय बाहिर रहेका बालबालिकाहरुको संख्यालाई शुन्य बनाइनेछ।
- विद्यालयका प्रधानाध्यापकहरुको नियमित बैठक घुम्ति रुपमा सञ्चालन गरिनेछ। साथै विद्यालयहरुले पालिकामा त्रैमासिक प्रगति प्रतिवेदन पेश गर्ने कार्यको सुरुवात गरिनेछ।
- विद्यालयहरुको गुणस्तर सुधार, सिकाई सुदृढिकरण तथा कार्यसम्पादनमा थप सुधार गर्न आवश्यक कार्य अघि बढाइनेछ।
- शिक्षण संस्थाहरुलाई समयानुकूल प्रविधिमैत्री बनाउदै बिद्यार्थीहरुलाई आधुनिक सूचना प्रबिधिको सिकाइ तर्फ अभिप्रेरित गर्दै लगिने छ। साथै यसै आर्थिक वर्षभित्र पहिलो चरणमा माध्यमिक र आधारभूत (६-८) सञ्चालित सामुदायिक विद्यालयहरुमा ई-हाजिरी जडान गरि प्रयोगमा ल्याइनेछ।
- अपाङ्गता भएका बालबालिकाहरुलाई स्रोत कक्षा सञ्चालन गर्न पहल गरिनेछ।
- नियमित शिक्षक विद्यार्थी मूल्याङ्कन प्रणाली विकास गरी शिक्षक विद्यार्थी प्रोत्साहन गर्ने व्यवस्था मिलाइनेछ।
- बारेकोट गाउँपालिका भित्रका माध्यमिक बिद्यालयहरुमा स्यानिटरी प्याडको सुरक्षित प्रयोगको लागि Vending Machine र Disposable Machine को व्यवस्था मिलाइनेछ।
- सामुदायिक विद्यालयहरुमा अपाङ्ग मैत्री, बाल मैत्री तथा छात्राहरुको लागि अनुकुल हुने भौतिक पूर्वाधारहरुको व्यवस्थापन गर्न आवश्यक पहल गरिनेछ।
- बारेकोट गाउँपालिकामा नमुना विद्यालय स्थापनाका लागि संघ र प्रदेश सरकारसँग आवश्यक पहल गरिनेछ।
- स्वास्थ्य
- मृगौला प्रत्यारोपण, डाइलासिस, क्यान्सर पहिचान भएका विरामीहरुलाई मासिक रु. ५०००।– उपचार खर्च प्रदान कार्यक्रमलाई सञ्चालन गर्नका लागि सङ्घीय सरकारबाट सोधभर्ना हुने गरी आवश्यक पहल गरिनेछ।
- आम बारेकोटी नागरिकहरुको स्वास्थ्य आवश्यकता परिपूर्तिका लागि उपलब्ध हुने प्रवर्द्धनात्मक, प्रतिकारात्मक, निदानात्मक र उपचारात्मक सेवा जस्ता आधारभूत स्वास्थ्य सेवाहरुलाई थप प्रभावकारी बनाउन आवश्यक व्यवस्था मिलाइनेछ।
- मनोसामाजिक तथा मानसिक स्वास्थ्य समस्याबाट ग्रसित व्यक्तिहरुको सम्मानजनक रूपमा उपचारमा पहुँच वृद्धिहुने एवं आवश्यक सीप, ज्ञान तथा तालिमको व्यवस्था गरी सामाजिक मुलधारमा व्यवसायिक रुपमा पुन:स्थापनको लागि आवश्यक व्यवस्था गरिनेछ।
- आधारभूत अस्पताल लिम्सालाई भौतिक तथा प्राविधिक जनशक्ति र उपकरणको व्यवस्था गरी सक्षम बनाई गुणस्तरीय सेवाप्रवाह गर्ने व्यवस्था मिलाईनेछ।
- स्वस्थ जीवनशैली, पोषण, शारीरिक व्यायम, योग अभ्यास, स्वास्थ्य वृत्तको पालना, पञ्चकर्म लगायतका जनस्वास्थ्य सेवाको प्रवर्द्धन र विकास गर्न आवश्यक व्यवस्था मिलाइनेछ।
- गाउँपालिका भित्र रहेका वर्थिङ सेन्टरहरुमा प्रसुति हुन नसकी जटिल अवस्थाका आमाहरुलाई आकस्मिक प्रेषणका लागि पालिकाको दररेट अनुसार एम्बुलेन्स खर्च व्यवस्थापन गरी मातृ तथा शिशु मृत्युदर शुन्य बनाइनेछ।
- मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (CMC Nepal) सँगको सहकार्यमा संचालित सामुदायिक मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग कार्यक्रमलाई प्रभावकारी बनाउन निरन्तरता दिइनेछ।
- मानसिक स्वास्थ्य तथा परामर्श केन्द्र नेपाल (CMC Nepal) र यस गाउँपालिकाको सहकार्यमा सञ्चालित मनोसामाजिक परामर्श तथा उपचार कार्यक्रममा कार्यरत मनोसामाजिक परामर्श कर्ताको पारिश्रमिकको लागि व्यवस्था मिलाइनेछ।
- “स्वस्थ बारेकोट समृद्ध बारेकोटी” को स्थानीय लक्ष्य हाँसलि गर्न स्वास्थ्यका ६ स्तम्भहरुमा ध्यान दिइनेछ। (१) मानव श्रोत, (२) आर्थिक श्रोत, (३) औषधी औजार र उपकरण, (४) नेतृत्व तथा सुशासन (५) सूचना प्रणाली (६) स्वास्थ्य पूर्वाधार।
- तालिम प्राप्त दक्ष स्वास्थ्यकर्मी र सुचीकृत संस्थाहरुबाट नि:शुल्करुपमा गर्भपतन सेवा सञ्चालन गर्न कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- आकस्मिक अवस्थामा अक्सिजन आवश्यक पर्ने बिरामीलाई सर्वसुलभ तरिकाले अक्सिजन उपलब्ध गराउन आवश्यक पहल गरिनेछ।
- अति बिपन्न नागरिकहरुका लागि स्थानीय आपतकालिन आकस्मिक कोषलाई निरन्तरता दिइनेछ।
- गाउँपालिका अन्तर्गतका ६० वर्ष नाघेका जेष्ठ नागरिकहरुको उपचारका लागि घुम्ति शिविर संचालन गर्ने प्रबन्ध मिलाइनेछ।
- बारेकोटबासीलाई सर्वसुलभ र गुणस्तरीय आधारभुत स्वास्थ्य सेवा प्रदान गर्न आवश्यक नीतिगत, कानूनी र संरचनागत सुधार गरिनेछ।
- १५ शैयाको आधारभूत अस्पताल लिम्सामा राष्ट्रिय लक्ष्य अनुरुप गाउँपालिकाबाट आवश्यक सहयोग गरी थप विशेषज्ञ डाक्टरहरुको व्यवस्थापन गर्न पहल गरिनेछ। यसै वर्षबाट आधारभूत अस्पतालमा एक्सरे लगायतका विशेष उपकरण र सो संचालनका लागि स्वास्थ्यकर्मीलाई आवश्यक तालिम संचालन गर्ने र स्वास्थ्य केन्द्रबाट बीरामीलाई २४ सैं घन्टा सेवा प्रवाह गर्न थप सेवा सुविधाको व्यवस्था गरिनेछ।
- बारेकोट गाउँपालिका भित्र रहेका सम्पूर्ण आधारभुत स्वास्थ्य केन्द्रहरुलाई सेवा विस्तार गरी वर्थीङ्ग सेवा, प्रयोगशाला सेवा, दक्ष जनशक्ती सहित स्तरोउन्नती गर्न आवश्यक पहल गरिनेछ।
- आधारभुत अस्पताल लिम्सामा भ्याक्सिन स्टोर गर्नका लागि कोल्डचेनको व्यवस्था गर्नुका साथै पालिका भित्रका बर्थिगं सेन्टरहरुलाई व्यवस्थित गर्दै अन्य स्वास्थ्य संस्थाहरुमा आवश्यक पूर्वाधार तथा जनशक्ति व्यवस्थापन सुरक्षित सुत्केरी सेवा संचालन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- सम्पूर्ण स्वास्थ्य संस्थाहरुमा अतिआवश्यक औजार उपकरण, स्टेचर फर्निचर जस्ता साधन श्रोतले सम्पन्न बनाउदै लगिनेछ।
- जोखिममा परेका गर्भवती तथा सुत्केरी आमा र बच्चाको जीवन रक्षाका लागि हवाइ उद्धार सेवा सञ्चालनका लागि आवश्यक समन्वय गरिनेछ।
- स्वास्थ्यकर्मीहरुको सीप बिकासका लागि बिभिन्न तालिम संचालन गर्न जिल्ला प्रदेश र संघीय सरकारसंग समन्वय गरी तालिम प्रदान गर्ने व्यवस्था मिलाइनेछ।
- पोषणसँग सम्बन्धित कार्यक्रमहरुलाई प्राथमिकतामा राखी संचालन गरिनेछ।
- कडा प्रकृतिका रोग लागि उपचार गर्न नसकेका नागरिकहरुका लागि उपचारको व्यवस्था मिलाउन पहल गरिनेछ।
- संङ्घीय सरकारसँगको समन्वयमा सबै नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आवद्ध हुने व्यवस्था मिलाइनेछ।
- सबै स्वास्थ्य संस्थाहरुमा सौर्य प्रणली तथा इन्टरनेट जडान गरी प्रविधि मैत्री स्वास्थ्य नीति अवलम्बन गर्न पहल गरिनेछ।
- क्षयरोग तथा कुष्ठरोगका बिरामीहरुको पहिचान तथा सहज उपचारको व्यवस्था मिलाईनेछ।
- सरकारी तथा गैह्र सरकारी संघ सँस्थाहरुसँगको सहकार्यलाई निरन्तरता दिदै थप स्वास्थ्य क्षेत्रमा सहकार्य गर्ने संघ सँस्थाहरुलाई कार्यक्रम लागु गर्न पहल गरिनेछ।
- बजार तथा वस्ति टोलहरुबाट उत्पादनहुने विभिन्न प्रकारको फोहोरमैलालाई निश्चित स्थानमा व्यवस्थित गर्न आवश्यकताको आधारमा डम्पिङसाईट तोकी फोहोरमैलाको उचित व्यवस्थापन गर्न आवश्यक प्रक्रिया अगाडि वढाईनेछ।
- सामुदायिक महिला स्वास्थ्य स्वंयमसेविकाहरुका लागि सहुलियत स्वरुप प्रदान गर्दै आएको प्रोत्साहन भत्ता आ.व. २०८२/०८३ मा पनि निरन्तरता दिइनेछ। साथै अवकास उमेरहद पुगेका र स्वैक्षिक अवकास जान चाहाने महिला स्वास्थ्य स्वंयसेविकाहरुलाई एकमुष्ट प्रोत्साहन दिने व्यवस्था गरिनेछ।
- लागतार २४ पटक वृद्धि अनुगमन गरी सामान्य तौल भएका बच्चा, आमाहरुका लागि प्रशंशा पत्र तथा पोशिलो उपहार वितरण कार्यक्रम सञ्चानल गर्न व्यवस्था मिलाइनेछ।
- माध्यमिक विद्यालयका सम्पूर्ण किशोरिहरुलाई यौन तथा प्रजनन स्वास्थ्य शिक्षा कार्यक्रम सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।
- नव शिशुहरुको मृत्युदर घटाउन सुत्केरी भई चौविस घण्टा सम्म स्वास्थ्य संस्थामा बस्ने आमाहरुका लागि खाना खर्चको व्यवस्था मिलाइनेछ।
- आयुर्वेद सेवा लिन आउने सेवाग्राहीहरुलाई तोकिएका औषधिहरु निःशुल्क रुपमा उपलब्ध गराउन ओषधी खरिद गर्न पहल गरिनेछ।
- वाथ रोग लगायत हाड जोर्नी तथा नसा सम्बन्धी विभिन्न समस्यालाई न्युनीकरण गर्न “पुर्वकर्म तथा पञ्चकर्म” कार्यक्रम सञ्चालन गरिनेछ।
- स्वस्थवृत्त, सदवृत, आचार रसायन, आयुर्वेद जीवनशैली सम्बन्धी सचेतना, स्थानीय तहमा उपलब्ध हुने जडिबुटीको उपयोगीता तथा विद्यालय स्तरदेखी नै योग शिक्षाका बारेमा जानकारी दिन पालिकाका सबै माध्यमिक विद्यालयहरुमा आयुर्वेद तथा योग शिक्षा कार्यक्रमलाई सञ्चालन गरिनेछ। साथै विद्यालयका प्रधानाध्यापक तथा स्वास्थ्य शिक्षकहरुका लागि आयुर्वेद सम्बन्धि अभिमुखिकरण कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ।
- आयुर्वेद तथा जडिवुटिहरुको बारेमा महिला स्वंयमसेविकाहरुलाई जनाकारी दिई उनिहरु मार्फत स्थानीय जनतालाई जडिभुटिको परिचय, प्रयोग तथा महत्व बारे जानकारी दिन महिला स्वास्थ्य स्वंमसेविकाहरुलाई जडिबुटि सम्वन्धि अभिमुखीकरण कार्यक्रम गरिनेछ।
- खानेपानी तथा सरसफाई
- पानीको जीवन उपयोगितालाई सिद्ध गर्न साझेदार संघ संस्थाहरुसँगको सहकार्यमा जल उपयोग गुरुयोजना अनुसार कार्यक्रम अगाडि बढाइनेछ।
- खानेपानी तथा सरसफाईको दीर्घकालीन समस्या समाधान गर्न शुद्ध खानेपानी र स्वस्थ वातावरण निर्माणका लागि बिशेष पहल गरिनेछ।
- स्वास्थ्य तथा सरसफाईका लागि खानेपानीको लक्ष्य पुरा गर्ने नीति अनुरुप “एक घर एक धारा” कार्यक्रमलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ, साथै विद्यालय, स्वास्थ्य संस्था, वडा कार्यालय लगायत सबै सार्वजनिक सँस्थाहरुमा स्वच्छ पिउने पानीको सुविधा बिस्तार कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- खानेपानी योजनाहरुको दीर्घकालिन उपयोगिताका लागि हरेक योजनाहरुमा मर्मत संभार कोष स्थापना गर्ने व्यवस्था मिलाइनेछ।
- WARMP-HELVETAS, पहाडी क्षेत्र विकास अभियान, लगायतका खानेपानीका क्षेत्रमा काम गर्ने संघ सँस्थाहरु सँगको सहकार्यलाई निरन्तरता दिदै खानेपानीको समस्या समाधानको पहल गरिनेछ।
- सरसफाई सम्बन्धी रणनीतिक कार्ययोजना बनाई सरसफाई लक्षित कार्यक्रम सञ्चालन गर्दै स्वच्छ वातावरण र स्वस्थ नागरिक निर्माणको अभियान सञ्चालन गरिनेछ।आवश्यकता अनुसार सार्वजनिक स्थलहरुमा सार्वजनिक शौचालयहरु निर्माणका लागि पहल गरिनेछ।
- एक घर एक धारा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गर्न र दिगो व्यवस्थापनका लागि पालिका स्तरमा खानेपानी¸ सरसफाई¸ स्वच्छता तथा मर्मत सम्भार समिति गठन गरी परिचालन गर्ने व्यवस्था आ. व. २०८२/०८३ देखि मिलाइनेछ।
- साना तथा ठुला खानेपानी योजना निर्माण तथा मर्मतका लागि प्रधानमन्त्री रोजगार, मुख्यमन्त्री रोजगार र गाउँपालिकाको श्रम बैंकमा आवद्ध श्रमिकहरुलाई योजनागत विभाजन गरि कार्यक्रम सन्चालन गरिनेछ।
- वातावारणीय शिक्षालाई प्रभावकारी बनाउदै फोहरमैला व्यवस्थापन कला र सीपलाई प्रत्येक व्याक्तिमा प्रसार गरिनेछ।
- बारेकोट गाउँपालिकाका सबै बजार क्षेत्रबाट उत्पादन हुने फोहोरको उचित व्यवस्थापनका लागि गल्ने र जल्ने तथा नगल्ने र नजल्ने फोहोर वर्गीकरण गर्ने व्यवस्था गरिनेछ। साथै ल्याण्ड फिलसाइट (डम्पिंग साइट) निर्माण गर्न सम्भाव्याता अध्ययन कार्यलाई अगाडी बढाइनेछ।
- स्थानीय, गैरसरकारी सस्था लगायतका संस्थाहरुको समन्वय सहकार्य एवंम् जवाफदेहितामा खानेपानी तथा सरसफाई सम्बन्धि कार्यक्रम प्रभावकारी ढंगबाट कार्यान्वयन गर्न पहल गरिनेछ।
- “एक व्याक्ति एक विरुवा कार्यक्रमलाई” अभियानको रुपमा लागुगर्न जनप्रतिनिधि र कर्मचारीबाट सुरु गर्दै समुदायस्तरमा बिस्तार गर्न पहल गरिनेछ ।
- वातावरण तथा पानीका मुहानहरु संरक्षण कार्यक्रम थप विस्तार गर्नको लागि माध्यामिक विद्यालयका ५०० जना बिद्यार्थीलाई चेतनामुलक कार्यक्रम संचालन गरिनेछ।
- महिला बालबालिका तथा जेष्ठ नागरिक (लक्षित वर्ग)
- बालश्रम, बालशोषण अन्त्य गर्न पालिका स्तरमा आवश्यक कार्यक्रमहरु सञ्चालन गरिनेछ।
- जीवन संगिनी गुमाएका एकल पुरुषहरुका लागि बिदुर भत्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- जातीय विभेद अन्तर्गत दलितहरु प्रति अमानवीय र निकृष्ट व्यवहार निरुत्साहित गर्न विशेष कार्यक्रम संचालन गरिनेछ।
- दलित र गैर दलित युवायुवती बीच माघी विवाह भएमा त्यस्तो जोडीलाई रु.१ लाख प्रोत्साहान सहित सम्मान गरिनेछ।
- एकल महिलाहरुको समूह निर्माण गरी समुहमा आधारित सामाजिक कल्याण र आयआर्जन उन्मुख कार्यक्रमलाई निरन्तरता दिइनेछ।
- साहारा विहिन¸ टुहुरा¸ बालबालिकाहरुको पालनपोषण र शिक्षा दिक्षाको प्रवन्ध गर्न संस्थागत अनाथालय स्थापनाका लागि पहल गरिनेछ।
- लागु औषदको उत्पादन, ओसारपसार र प्रोगलाई नियन्त्रण गर्न विशेष अभियान सञ्चालन गर्न पहल गरिनेछ।
- बाल क्लव, बाल अधिकार समिति, महिला, आमा समूह तथा सहकारीहरुको क्षमता विकास तथा अभिमुखिकरण तालिम संचालन गरिनेछ।
- जातिय विभेद, घेरलु हिंसा, लैंगिक हिंसा र बाल विवाह न्यूनिकरणका लागि आवश्यक कार्यक्रम संचालन गरिनेछ।
- अपाङ्ग गरिचय पत्र वितरण कार्यक्रमलाई निरन्तरता दिदै अपाङ्गता तथा पिछडिएका वर्गहरुको आर्थिक तथा सामाजिक अवस्था सुधारका कार्यक्रमहरु लागु गरिनेछ।
- ज्येष्ठ नागरिक सम्मान कार्यक्रम सञ्चालन गर्न पहल गरिनेछ।
- बाल विवाह न्यूनिकरण, महिला हिंसा, घरेलु हिंसा, जातिय विभेद, मानव बेचविखन तथा ओसारपसार, लागु औषध ओसार पसार सम्बन्धि जनचेतना/सन्देशमुलक मिडियो सामाग्री निर्माण गर्न पहल गरिनेछ।
- कक्षा १२ उतिर्ण गरी घरमै बसेका छात्रा/छात्रहरुका लागि IT Training and Job Placement कार्यक्रम लागु गरिनेछ।
- महिला विकास तथा ज्येष्ठ नागरिक शाखा व्यवस्थापनका लागि आवश्यक बजेट विनियोजन गरिनेछ।
- महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सम्बन्धि मनाइने विभिन्न दिवस तथा अभियानहरु संचालनका लागि आवश्यक व्यवस्था मिलाइनेछ।
- पूर्वाधार विकास तर्फ
- अब बन्ने निजी तथा सार्वजनिक भवनहरु पूर्णरुपमा बारेकोट गाउँपालिकाको भवन निर्माण संहिताको पालना गरि भूकम्प प्रतिरोधी भवन निर्माणमा जोड दिइनेछ।बारेकोट गाउँपालिकाका निजी आवास तथा सामुदायिक भवन निर्माणका लागि विभिन्न दातृ निकायहरुसँग समन्वय गरिनेछ।
- संघ, प्रदेश सरकार तथा दातृ निकायहरुसँगको समन्वय र सहकार्यमा पुनर्निर्माण र पुनर्स्थापनाको कार्यलाई द्रुत गतिमा अगाडी बढाइनेछ।
- बारेकोट गाउँपालिका वडा नं ३ को मुल्साम वडा नं ६ को धुमा र वडा नं २ को सेरीका बस्तीहरुमा आगामी आर्थिक बर्ष २०८२/०८३ मा सडकको सञ्जालन पुर्याएर यातायात सञ्चालन गर्ने व्यवस्था मिलाइनेछ।
- हाल सम्म निर्माण भई संचालनमा आएका सबै सडकहरुलाई बाह्रै महिना यातायात संचालन गर्ने गरी सडकको स्तरोन्नती गर्न “विशेष सडक स्तरोन्नती कार्यक्रम” ल्याउने व्यवस्था मिलाउने छु। यसका लागि संघीय सरकार र प्रदेश सरकार तथा साझेदार निकायहरुसँग आवश्यक पहलकदमी थालनी गरीएकोछ।
- दीगो पूर्वाधार विकासको आधुनिक मान्यतालाई आत्मसाथ गर्दै पूर्वाधार विकासका क्षेत्रमा नयाँ आयाम स्थापित गर्ने गरी विकास योजनाहरुको तर्जुमा, कार्यान्वयन र मूल्याङ्कन गरिनेछ।
- हाल यस गाउँपालिकामा रहेको प्रधानमन्त्री रोजगार कार्यक्रमलाई थप प्रभावकारी बनाउनको लागि टुक्रे योजना निर्माण गरी काम गर्ने परिपाटीलाई पूर्णरुपमा अन्त्य गरी सडक स्तरोन्नती अन्तर्गत सडक नाली मात्र निर्माण गर्न आवश्यक व्यवस्था मिलाइएको छ। सो काम गर्नका लागि गाउँपालिकाले समपुरक रकमको व्यवस्था गरिनेछ।
- हाल सडक निर्माण गर्दा वातावरणीय प्रभाव मुल्याङ्ककन नगरी सडक निर्माण गर्ने गरिएको यथार्थ अवस्था छ। जसले गर्दा धेरै वन जंगलको क्षती हुने, वन्य जन्तुहरुको लोप हुने भएकोले सडकको ट्रयाक खोल्दा अनिवार्यरुपमा वातावरणीय प्रभाव मुल्याँकन गरेर मात्र कार्य थालनी गर्नु पर्ने नीति अवलम्बन गरिनेछ।
- प्रधानमन्त्री रोजगार कार्यक्रम मार्फत सञ्चालित आयोजनाहरुको दीगोपना तथा प्रभावकारी बनाउनका लागि योजना निर्माण सामग्रीहरु खरिद गर्नका लागि समपुरक कोषको व्यवस्था गरिनेछ।
- पालिका केन्द्र देखि सदरमुकाम सम्मको सडक सम्पर्क सहज बनाउन सडको स्तरोन्नती र सडक पुल निर्माण सुरु भएको छ, दोविल्ला खोला मोटरेवल पुल निर्माण कार्यलाई आ.व.२०८२/०८३ मा सम्पन्न गरिनेछ।
- विगत आ.व. हरुमा कार्य संचालन भइ कार्य सम्पन्न हुन बाँकी विभिन्न आयोजनाहरुको कार्यसम्पन्न गर्ने कार्यलाई यो आर्थिक वर्षमा पनि निरन्तरता दिइनेछ।
- “उज्यालो बारेकोट” का लागि केन्द्रिय बिद्युत प्रसारण लाइन बारेकोटसम्म बिस्तार र मर्मतका लागि आवश्यक पहल गरिनेछ।
- पालिका भित्र संचालित साना लघु जलबिद्युत आयोजनाहरुलाई एउटै प्रसारण लाइनमा एकिकृत गरी गाउँपालिका भित्र विधुत प्रसारण तथा वितरण गर्ने संस्थागत व्यवस्था मिलाइनेछ।
- लघु जलविद्युत आयोजनालाई प्रभावकारी व्यवस्थापन गर्न फलामे पोल विस्तार गर्न पहल गरिनेछ।
- नलगाड जलविधुत परियोजनाको डि.पि.आर. प्राप्त गर्ने र लगानी कर्ता जुटाउन संघीय सरकारलाई अनुरोध गर्ने संरचनाको मुआब्जा तत्काल वितरणको व्यवस्था मिलाउन सरोकारवाला निकायहरुसँग अनुरोध गरिनेछ।
- संघ तथा प्रदेश सरकारसँगको सहकार्यमा झोलुङ्गे पुल निर्माण कार्यलाई निरन्तरता दिइनेछ।
- नेपाल सरकारले तोकेअनुसार बर्गीकरण गरीएका ग्रामिण सडक, शहरी सडक, संघीय सडक तथा राष्ट्रिय सडक (Village Road, City Road, Federal Road, National Highway) को मापदण्ड अबलम्बन गरिनेछ।
- सडक¸ भवन र पुलहरुको मुल्यांकन गर्ने नयाँ प्रविधिको अबलम्बन गर्न प्राविधिकहरुको क्षमता विकासका तालिम संचालन गरिनेछ।
- सडक आसपासमा हरियाली वाताबरण निर्माण गर्न र सडक सुरक्षाका लागि बृक्षारोपन कार्यक्रम संचालन गर्ने कार्यक्रमलाई अगाडि बढाइनेछ।
- गाउँपालिकाबाट सञ्चालित योजनाहरुमा कामगर्ने कामदारहरुको सामुहिक दुर्घटना बिमा गर्ने व्यवस्था मिलाइनेछ।
- भवन तथा सहरी विकास :
- जनता आवास, खर मुक्त छाना र एकिकृत बस्ती विकासको कार्यक्रमलाई संघ र प्रदेश सरकारसँगको सहकार्यमा अगाडि बढाइनेछ।
- वन, वातावरण तथा विपद् व्यवस्थापन :
- बारेकोट भूकम्प २०८० बाट प्रभावित निजी आवास पुनर्निर्माण प्रक्रिया राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट डाटा स्तरिकरण भई आए लगतै अगडी बढाइनेछ।
- वनजंगलको संरक्षणको लागि जिल्ला वन कार्यालय, जिल्ला प्रहरी कार्यालय, सामुदायिक वन र स्थानीय संघ संस्था तथा स्थानीय सरोकारवाला नागरिकहरुसँग सहकार्य गरी डढेलो, चोरी निकासी नियन्त्रण गर्न आवश्यक पहल गरिनेछ।
- सरकारी बाँझो जमिन, सडक, पानिका मुहान तथा पहिरो जोखिम क्षेत्रहरुमा वृक्षारोपन गर्न पहल गरिनेछ।
- “हरियो वन बारेकोटको धन” भन्ने मान्यता विकास गरी वन अतिक्रमण रोक्न नीतिगत व्यवस्था गरिनेछ।
- वातावरणीय स्वच्छता अभिवृद्धि तथा “जलवायु परिवर्तन हरित गृह प्रभाव रोक्न” हरेक वडाहरुमा वृक्षारोपन गर्ने कार्यक्रम संचालन गरिनेछ।
- जडीबुटीको खोजतलास संकलन र निकासीका लागि नीतिगत प्रवन्ध गरी बारेकोटमै जडीबुटी प्रशोधन केन्द्र स्थापनाका लागि विशेष पहल गरिनेछ।
- गिट्टी¸ ढुङ्गा¸ बालुवा¸ माटो लगायतका प्राकृतिक सम्पदाको उचित र व्यवस्थित उपयोगको नीति र अन्य अतिक्रमणलाई नियन्त्रण गर्ने व्यवस्था गरिनेछ।
- विपद्को पूर्वतयारी, खोज तथा उद्धार, राहत वितरण, पुनर्स्थापना र लेखाजोखा लगायतका सबै चक्रलाई आत्मसात् गरी समन्वयात्मक क्रियाकलापहरुलाई निरन्तरता दिइनेछ।
- गाउँपालिका क्षेत्र भित्र अमुल्य लोपोन्मुख वन्यजन्तु, जडिबुटी पाइने तर तिनिहरुको चोरी शिकारी तथा निकासी पैठारी हुने गरेकोले यसको नियन्त्रण तथा न्यूनीकरणका लागि आवश्यक नीति निर्माण गरी कार्यान्वयनमा ल्याईनेछ।
- बारेकोटको जडिबुटी संकलन र निकासीको लागि आवश्यक संस्थागत पहल गरिनेछ।
- बाढी पहिरोका कारण बारेकोटका अधिकांश गाउँबस्तीहरु उच्च जोखिममा रहेकोले एकीकृत बस्ती व्यवस्थापन कार्यक्रम संघ तथा प्रदेश सरकारको सहकार्यमा अगाडी बढाइनेछ।
- बाढी, पहिरो, भूक्षय रोक्नका लागि “रुख रोपौं, आफू बचौं र गाउँलाई बचाऔं” कार्यक्रमलाई अगाडी बढाउन पहल गरिनेछ।
- नदि तथा खोलाको कटानमा परेर उच्च जोखिममा रहेका सबै वडाका अतिजोखिम युक्त बस्तीहरुमा बस्ती सुरक्षा गर्न तटवन्धन निर्माणका लागि आवश्यक पहल गरिनेछ।
- नागरिकहरुलाई वर्षातको समयमा हुनसक्ने विपद्जन्य समस्या र जलजन्य प्रकोप नियन्त्रणका लागि सजगता अपनाइनेछ।
- वर्षातको समयमा फैलन सक्ने महामारी र सरुवा रोगको प्रकोप वढ्न सक्ने सम्भावनालाई मध्यनजर गरी संघ, प्रदेश तथा दातृ निकायहरुको सहयोग र सहकार्यमा प्रभावकारी व्यवस्थापनमा जोड दिइनेछ।
- जलवायु परिवर्तन तथा वातावरण व्यवस्थापन नीति तथा कार्यविधी बनाई पालिका भित्र कार्यान्वयन हुने प्रत्येक आयोजनाहरु जलवायुमैत्री बनाईनेछ। जसबाट जलवायु अनुकुलनमा टेवा पुग्नेछ।
- फोहरमैला ब्यवस्थापन ऐन निर्माण गरि पालिका भित्र उत्पादन हुने फोहरलाई व्यवस्थापन गरिनेछ।
- स्थानीय पूर्वाधार विकासलाई जलवायुमैत्री, उत्थानशिल, हरित पुनर्लाभ र श्रममूखि बनाई पूर्वाधार विकासको क्षेत्रलाई दिगो र समावेशी बनाउने नीति अवलम्बन गरिनेछ।
- पालिका तथा संघसंस्थाहरुबाट सञ्चालन गरिने पूर्वाधार निर्माण आयोजनाहरुमा वातावरण मैत्री नीति अवलम्बन गरिनेछ।
- संभावित जोखिम् स्थानहरुको भौगर्भिक अध्ययन मार्फत पहिचान र नक्सांकन गर्न पहल गरिनेछ।
- वाढी तथा पहिरोको जोखिम् कम गर्नको लागि विभिन्न निकायहरुसँग लागत साझेदारी गरी पूर्वसूचना प्रणालीको स्थापना र विकास गरिनेछ।
- स्थानीय तहमा गरिएको भौगर्भिक अध्ययन प्रतिवेदनको आधारमा वर्ग २ मा रहेको बस्तीहरुमा अल्पिकरणको कामहरु गरिनेछ । सोको स्रोत व्यवस्थापनको लागि जिल्ला, प्रदेश र संघीय सरकार समक्ष आवश्यक समन्वय र पहल गरिनेछ।अल्पीकरण योजना सञ्चालन गर्दा वातावारणमैत्री, प्रकृतीमैत्री र परम्परागत रैथाने ज्ञानलाई प्राथमिकता दिइनेछ।
- विपद् पूर्वतयारी तथा प्रतिकार्यका लागि सामुदायिक स्वयंसेवक कार्यदल गठन गरिनेछ। उक्त कार्यदललाई तालिमको व्यवस्था गर्न पहल गरिनेछ।
- अति उच्च जोखिममा रहेका बस्तीहरुको पुनर्निर्माण तथा पुनर्स्थपनाका लागि स्थानीय सरकारले व्यहोर्नुपर्ने लागत रकमको व्यवस्था गरिनेछ। पहिरो जोखिम (वर्ग २) बस्तिको प्राथमिकता तथा प्राविधिक सम्भाव्यताका आधारमा पहिरो जोखिम न्यूनीकरण गर्न विज्ञहरु संलग्न गराई प्राविधिक अध्ययन गर्ने र विस्तृत प्राविधिक प्रतिबेदन तयार गर्न पहल गरिनेछ।
- विपद् पोर्टलाई पुर्णता दिई विपद् जोखिम न्युनीकरण तथा व्यवस्थापनको कार्यलाई चुस्त दुरुस्त राख्न सुचना संकलन र अद्यावधिकलाई प्राथमिकताका साथ अघि बढाइनेछ।
- जोखिमको सम्मुखमा रहेका बस्तीलाई अस्थायी स्थानानतरणका लागि पहिचान भएका खुला तथा सुरक्षीत स्थानमा अति आवश्यक पूर्वाधारहरुको सुनिश्चितता सहित अत्यावश्यक बस्तुहरुको व्यवस्था मिलामउन पहल गरिनेछ।
- पूर्वाधार विकासको योजना तर्जुमा तथा निर्माण कार्य गर्दा जोखिम न्यूनीकरणको पक्षलाई एकिकृत गरी, कच्ची सडक आसपासको भिरपाखोमा अम्रिसो, बाँस, सिट्ठो र भूजेत्रो रोपण गर्ने कार्यको थालनी गरिनेछ।
- भू÷उपयोग योजना तर्जुमा र कार्यान्वयन प्रक्रिया अगाडी बढाइनेछ । नापी विभाग बाट प्राप्त नक्साहरु लाई स्थानीय तहको आवश्यकताको आधारमा अद्याबधिक गर्नका लागि आवश्यक व्यवस्था गरिनेछ।
- विपद् व्यवस्थापनका क्षेत्रमा भएका असल अभ्यासहरुको अध्ययन अवलोकन तथा सिकाइ भ्रमणको व्यवस्था गर्न पहल गरिनेछ।
- विपद् व्यवस्थापनलाई अन्य विषयगत क्षेत्रका क्रियाकलापहरुमा मुलप्रवाहीकरण गरिनेछ।
- विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका क्रियाकलाप सञ्चालनका लागि समपुरक कोषको व्यवस्था गरिनेछ।
- विपद्मा सामाजिक सुरक्षाका कार्यक्रमहरुलाई विपद् उत्तरदायि बनाइनेछ। सामाजिक सुरक्षा भत्ताको वितरण मनसुन अगावै गर्ने व्यवस्था गरिनेछ।
- बहुक्षेत्रीय पोषण (MSNP)
- नेपाल सरकारको सन २०३० सम्म सबै स्थानीय तहहरुलाई पोषणमैत्री स्थानीय तह घोषण गर्ने लक्ष्य अनुरूप यस बारेकोट गाउँपालिका वडा नं १ लाई पोषण मैत्री वडा घोषणको अन्तिम तयारीमा रहेकोले आर्थिक बर्ष २०८१/०८२ भित्र पोषण मैत्री वडा घोषण गर्न आवश्यक बजेटको व्यवस्था मिलाएको छु।
- गाउँपालिकाले बहुक्षेत्रीय पोषण योजना (MSNP) कार्यान्वयनको लागि आवश्यक नीति अबलम्बन गर्ने छ।
- पोषण संवेदनशील तथा पोषण विशेष कार्यक्रमहरु सञ्चालन गरिनेछ।
- बारेकोट गाउँपालिकामा महिला, किशोरी र बालबालिकामा हुने कुपोषणको अबस्थामा सुधार ल्याउने उद्देश्यका साथ बहुक्षेत्रीय पोषण योजनालाई प्राथमिकताका साथ कार्यान्वयन गर्दै समपुरक कोष Matching Fund को व्यबस्था गरिनेछ।
- बहुक्षेत्रीय पोषण योजना अन्तर्गत पोषण मैत्री स्थानीय शासन (NFLG) अबलम्बन गर्न पोषण मैत्री वडा घोषणा विशेष अभियानलाई निरन्तरता दिइनेछ।
- महिला, किशोरी र बालबालिकाहरुमा हुने कुपोषणको अबस्थामा सुधार ल्याउने उद्देश्यले नेपाल सरकार र बारेकोट गाउँपालिकाको प्राथमिकतामा रहेको बहुक्षेत्रीय पोषण योजना कार्यान्वयनलाई उच्च प्राथमिकतामा राखिनेछ ।
- कडा कुपोषणबाट प्रभावित बालबालिकाको संख्या भएको क्षेत्रमा “पोषण यूक्त कुपोषण मुक्त” कार्यक्रम संचालन गर्न पहल गरिनेछ।
- सुनौला हजार (१०००) दिने आमाहरुका लागि आवश्यक कार्यक्रम संचालन गरी पोषणका बारेमा पैरवी गरिनेछ।
- पोषण तथा खाद्य समितिलाई विषयगत कार्यक्रमहरु संचालन भए नभएको अनुगमन गर्ने व्यवस्था मिलाईनेछ।
- कडा शीघ्र कुपोषण र मध्यम शीघ्र कुपोषणको ब्यवस्थापनमा सुधार ल्याइनेछ।
- विद्यालय छोडेका किशोरीहरुलाई पोषण लगायत अन्य स्वास्थ्य सरसफाई सम्बन्धी आवश्यक ज्ञान र जीवन उपयोगी सीप सिकाउन पहल गरिनेछ।
- प्रत्येक घरमा पोषण मैत्री परिवारीक वातावरण तयार बनाउन जनचेतना मुलक कार्यक्रम संचालन गरिनेछ।
- सुनौला हजार (१०००) दिनका विपन्न महिलाहरुको पोषण सुधारका लागि आयआर्जन अनुदान कार्यक्रम सञ्चलन गरिनेछ।
- संस्थागत विकास¸ सेवा प्रवाह¸ सुशासन तथा अन्तरसम्वन्ध।
- सेवा प्रवाहलाई प्रभाकारी र गुणस्तरीय बनाउन गाउँपालिकाको प्रशासकीय भवन निर्माणको लागि जग्गा प्राप्ती प्रक्रियालाई अगाडि बढाइनेछ।
- राजश्वका क्षेत्रहरुलाई पहिचान गरी गाउँपालिकाको आन्तरिक आयलाई प्रभावकारी रुपमा सङ्कलन गर्न राजश्व सुधार योजना निर्माण गरिनेछ।
- यस गाउँपालिकाको हालसम्मको अद्मावधिक बेरुजु रु ९% प्रतिशत कायम रहेको छ। महालेखा परीक्षकको प्रतिवेदनले दिइएको सुझाव अनुसार आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व ऐन, लेखा समितिको कार्यसञ्चालन कार्यविधि र बेरुजु फर्स्योट कार्यविधिलाई यसै अधिवेशनमा पारित गरी जारी गर्ने व्यवस्था मिलाइनेछ। यस आवमा कायम भएको बेरुजु फर्योट गर्नेगरी बेरुजु फर्स्योट वर्षको रुपमा प्राथमिकता दिइनेछ। यसको लागि गाउँसभा अन्तर्गत रहेको सार्वजनिक लेखा समितिलाई नियमानुसार गठन/पुनर्गठन गरी कृयाशिल बनाइनेछ।
- बैदेशिक रोजगारीलाई सुरक्षित र सीपयुक्त बनाउन तथा बैदेशिक रोजगारीबाट फर्किएका श्रमिकहरुको सीप र पूँजीको अधिकमत उपयोग गरी गाउँमा नै व्यवसायिक बनाउन उनिहरुको सामाजिक तथा आर्थिक पुन: एकीकरणका गतिविधिहरुलाई विशेष प्राथमिकता दिइनेछ। यसको लागि गाउँपालिकाको श्रम आप्रवासन नीति तर्जुमा गर्न पहल गरिनेछ।
- बारेकोट गाउँपालिकामा पर्यटन पर्वर्द्धनका लागि बारेकोट गाउँपालिकाको पर्यटन विकास रणनैतिक योजना निर्माण गरिनेछ।
- बालविवाह न्यूनीकरणका लागि पालिका स्तरमा रणनीतिक योजना तयार गरिनेछ।
- पशु सेवा शाखाको सेवा प्रवाहलाई प्राभवकारी बनाउन पशु सेवा शाखाको छुट्टै भवन निर्माणको लागि पहल गरिनेछ।
- व्यवसायिक कृषिलाई प्रवर्द्धन गर्न कृषि विकास गुरुयोजना तयार गर्न पहल गरिनेछ।
- यस गाउँपालिकालाई आगामी बर्ष देखि “कागज विहिन (Paper Less)” पालिकाको रुपमा अगाडी बढाउन, प्रत्येक शाखाहरुमा विद्युतीय प्रणाली अनलाईन मार्फत कार्य संचालन गर्न व्यवस्था मिलाइने।
- विभिन्न सरकारी पोर्टल¸ अनलाईन सिफारिस¸ घटना दर्ता¸ SuTRA¸ जिन्सी व्यवस्थापन प्रणाली¸ योजना व्यवस्थापन प्रणाली, राजश्व मोडुल, न्यायिक, अपाङ्ग तथा जेष्ठ नागरिक व्यवस्थापन जस्ता अत्यावश्यकीय Software हरुलाई सञ्चालन गर्न पालिकाको जनशक्तिलाई सूचना प्रविधिमा आधारित पुर्नताजकी तालिमको व्यवस्था गरिनेछ।
- आवश्यक ऐन¸ नियमावली¸ कार्यविधि¸ निर्देशिका तथा निर्देशनहरु तयार गरिनेछ।
- गाउँपालिकाको खरिद गुरुयोजना बनाई सार्वजनिक खरिद ऐन अनुसार खरिद प्रक्रियालाई अझै पारदर्शी तथा प्रभावकारी बनाईनेछ।
- गाउँपालिका अन्तर्गतका कर्मचारीहरुको क्षमता विकासका लागि क्षमता विकासको कार्यक्रम सञ्चालन गरिनेछ। साथै गाउँपालिका तथा वडा र अन्य शाखाहरुको संस्थागत विकासका लागि आवश्यक पहल गरिनेछ ।
- संस्थागत सर्वेक्षण तथा व्यवस्थापन (O&M) लाई कार्यान्वयनमा ल्याइनेछ।
- गाउँ प्रहरी गठनका लागि आवश्यक अध्ययन गर्न कार्यदल गठन गरी प्रक्रिया अगाडि बढाउन पहल गरिनेछ।
- पालिकामा कार्यरत जनशक्तिलाई आ-आफ्नो सेवा र समूह अनुसार आवश्यकताका आधारमा जिम्मेवारी परिवर्तन सहित सेवामा गुणस्तरीयता अभिवृद्धि गर्न पुर्नताजकी तालिमको व्यवस्था गरी क्षमता विकास गरिनेछ।
- भौगोलिक रुपमा सीमा जोडिएका र सामाजिक सम्वन्ध स्थापित छिमेकी पालिकाहरुसँगको सहकार्यमा सीमा क्षेत्र विकास कार्यक्रम संचालनका लागि पहल गरिनेछ।
- राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैह्र सरकारी संस्थाहरुद्वारा सञ्चालन गरिने कार्यक्रमहरुलाई पारदर्शी र जवाफदेही बनाइनेछ।
- विकास साझेदारहरुको सहयोगलाई स्थानीय प्राथमिकताको क्षेत्रमा बजेट प्रणाली र स्थानीय सञ्चित कोष मार्फत परिचालन हुने व्यवस्था मिलाइनेछ।
- विकास साझेदारहरुबाट हुने कार्यक्रमहरु (सचेतना, अध्ययन, अनुसन्धान र पूर्वाधार विकास) स्थानीय सरकारको वार्षिक विकास कार्यक्रममा आवद्धता गराई लागु गरिनेछ।
- स्थानीय सरकारको प्राथमिकतालाई कार्यान्वयन गर्न आवश्यक थप नीतिगत तथा कानूनी व्यवस्था गर्दै लागिनेछ।
- लागत अनुमान, सम्भाव्यता अध्ययन र विस्तृत परियोजना प्रतिवेदन तयार भएका परियोजनाहरुमा मात्र बजेट विनियोजन गर्ने प्रणालीको विकास गरिनेछ साथै आवश्यकताका आधारमा नयाँ आयोजनाहरु संचालनका लागि विस्तृत परियोजना प्रतिवेदन तयार गर्ने काम अगाडि बढाईनेछ।
- प्रदेश समन्वय परिषद्का बैठकबाट लिइने निर्णय र गरिने साझा प्रतिबद्धतालाई प्राथमिकताका साथ कार्यान्वयन गर्न प्रदेश सरकारलाई सहयोग गर्ने नीति लिईनेछ।
- शान्ति सुरक्षा कायम गर्न वडा नं ३ मुलसाम¸ वडा नं ४ दह वडा नं ६ घर्तिगाउँमा अस्थायी प्रहरी चौकी स्थापनाका लागि पहल गरिनेछ।
- सूचनाको हक प्रेस स्वतन्त्रता तथा सुशासन प्रवर्द्धनका लागि पत्रकारहरुको सहभागितामा सार्वजनिक सुनुवाई, सार्वजनिक परीक्षण तथा सामाजिक परीक्षणको वृत्त चित्र निर्माण, प्रसारण ताथा प्रसारणमा जोड दिइनेछ।
- विज्ञान¸ सूचना¸ सञ्चार तथा प्रविधि
- हाल सञ्चालनमा रहेका सफ्टवेयर, डकुमेन्ट्री, ऐन नियमावलीहरु तथा कार्यालयबाट सिर्जना हुने विद्युतीय कागजातहरुलाई व्यवस्थापन तथा दिगो रुपमा सुरक्षित भण्डारण गर्न गाउँपालिका भित्र डाटा सेन्टरको स्थापना गरिनेछ।
- वडा नं. ३, ६ र ७ का केहि भूभागहरुमा नेपाल टेलिकमको नेटवर्कले काम नगर्ने हुँदा यस आर्थिक वर्ष २०८२/०८३ मा सेवा विस्तारको लागि आवश्यक पहल गरिनेछ।
- गाउँपालिकाबाट प्रवाह गरिने सेवा प्रवाहलाई प्रभावकारी, जनमुखी बनाउन जनतासँग कम्प्युटर मोवाइल मार्फत संवाद तथा अन्तरक्रिया गरी, सेवा उपभोग प्रक्रियाबारे, जानकारी दिने AI Chatboat निर्माण गरिनेछ।
- गाउँपालिका, शाखा वडा कार्यालयहरु र स्वास्थ्य संस्थाहरुलाई फोन सम्पर्कमा जोड्न हाल प्रयोग भईरहेको फाइवर नेटलाई सेवा विस्ता गरी IP Phone र CC Camera जोड्न प्रक्रिया अगाडी बढाइनेछ।
- इन्टरनेट सेवाको गुणस्तर अभिवृद्धिका लागि गाउँपालिका केन्द्र सम्म पुगेको फाइवर नेटलाई आगामी आ.व. मा शाखा, वडा कार्यालय स्वास्थ्य संस्थाहरुमा सेवा विस्तार गरिनेछ।
- कार्यालय व्यवस्थापन तर्फका अत्यावश्यकीय सफ्टवेयरहरु व्यावसाय दर्ता प्रणाली¸ ¸ कृषि/भेटेरिनरी व्यवस्थापन जस्ता Software हरुलाई लागु गर्ने व्यवस्था मिलाईनेछ।
- निजी सेवा प्रदायकहरुसँग सम्झौता गरी होस्टिङ गरिएका Software हरुको सम्झौता खारेज गरी राष्ट्रिय सूचना प्रविधि केन्द्र (NITC/IDMC) वा गाउँपालिकाको डाटासेन्टरमा होष्टिङ गर्ने व्यवस्था मिलाइनेछ।
- आगामी दिनहरुमा क्रमशः यस पालिकालाई e-Government को रुपमा पूर्ण डिजिटाइज गरी Paper Less बनाउन आवश्यक प्रक्रिया अघि बढाइनेछ।
- Digital Palika घोषणा गर्न आवश्यक पूर्वाधार निर्माणको लागि पहल गरिनेछ।
- बारेकोट गाउँपालिकाको आम सञ्चार नीति निर्माण गरी कार्यान्वयन गरिनेछ।
- प्रधानमन्त्री रोजगार
- बढ्दो बेरोजगारी समस्या समाधान गरी रोजगारी सिर्जनाका लागि प्रधानमन्त्री रोजगार कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिनेछ। कामदारको खातामा पैसा पुग्ने ब्यबस्था गरी रोजगार प्रवर्द्धन गर्नेकामलाई निरन्तरता दिइनेछ।
- उपभोक्ता समिति गठन तथा परिचालन कार्यविधि अनुसार सीमान्तकृत वर्गको नेतृत्व¸ सहभागिता र सबैको स्वामित्व गर्ने नीति अवलम्वन गरिनेछ।
- आ.व.२०८२/०८३ देखि संचालन हुने प्रधानमन्त्री तथा मुख्यमन्त्री रोजगार कार्यक्रमबाट संचालन हुने योजनाहरुको काममा युवा सहभागिता, महिला सहभागितालाई सुनिश्चित गरिनेछ।
- सबै वडामा बेरोजगारहरुको सुचीकरण गरी उनीहरुका लागि बिशेष रोजगारको प्रबन्ध गरिनेछ।
- लगानीको अभाबमा ब्यबसाय गर्नबाट बन्चितहरुका लागि बित्तिय संस्थाहरुको लगानी सुरक्षित गर्न आबश्यक बजेटको ब्यबस्था गरी यहि आर्थिक बर्षबाट बारेकोटमा बैकिङ्ग लगानीको बातावरण निर्माण गरिनेछ।
- रोजगार सेवा केन्द्रमा कार्यरत रोजगार सहायक र प्राविधिक सहायकहरुको श्रम रोजगार तथा समाजिक सुरक्षा मन्त्रालयबाट अषाढ मसान्त सम्म थप व्यवस्था नगरिएकाले जनशक्ति ब्यवस्थापनका लागि आवश्यक पहल गरिनेछ।
- श्रम बजार पहिचान र रोजगारी सिर्जनाका लागि बिशेष पहल गरिनेछ।
गाउँ सभा सदस्य ज्युहरु !
- संघीय सरकारबाट प्राप्त हुने अनुदान, प्रदेश सरकारबाट प्राप्त हुने अनुदानलाई प्रभावकारी रुपमा परिचालन गरिनेछ।
- सञ्चालन खर्चलाई निश्चित सीमाभन्दा बढ्न नदिन अनिवार्य दायित्व सिर्जना हुनेतर्फ सजग रही पूँजी निर्माण हुने क्षेत्रमामात्र लगानी केन्द्रित गरी खर्च गर्ने क्षमता बढाउँदै लगिनेछ।
- उपलब्ध साधन तथा स्रोतको अधिकतम उपयोग गर्न योजना तथा कार्यक्रमहरुको प्राथमिकीकरण गर्न स्वचालित पद्दतिको अवलम्बन गरिनेछ।
- दीर्घकालीन सोचका आधारमा आवधिक योजनालाई अद्यावधिक गर्दै त्यसको आधारमा वार्षिक बजेट र विकास कार्यक्रम तर्जुमा गरिनेछ।
- संघ र स्थानीय तह, प्रदेश र स्थानीय तहको साझेदारीमा सम्पन्न गर्न सकिने तथा स्थानीय तह स्वयंले सञ्चालन गर्ने सम्भावित आयोजनाहरुको सूची तयार गरिनेछ।
- वार्षिक बजेट तर्जुमा, कार्यान्वयन, सार्वजनिक खर्च लेखाङ्कन र प्रतिवेदन लगायतका कार्यहरु तथ्य र मापदण्डको आधारमा गर्ने गरी वित्तीय जवाफदेहिता सम्बन्धी नीतिगत, कानूनी र संरचनागत व्यवस्था गरिनेछ। यसका लागि नेपाल सरकार द्धारा स्वीकृत सुत्र नामक सफ्टवेयरमा आधारित प्रविधिलाई पूर्ण रुपमा अवलम्बन गरिनेछ।
- प्रभावकारी अनुगमन तथा मूल्याकन पद्दतिको विकास गरिनेछ।
- आयोजना तयारीका सम्पूर्ण चरणहरु पूरा नभएसम्म कार्यान्वयनका लागि बजेट व्यवस्था गरिने छैन।
- एक आर्थिक वर्षभित्र सम्पन्न हुन नसक्ने पालिकाका महत्वका आयोजनाहरुलाई मात्र आयोजना तयारीका सम्पूर्ण चरणहरु पूरा भएपछि बहुवर्षीय आयोजनाको रुपमा बजेट व्यवस्था गरिनेछ। यसका लागि आयोजना तयारी फिल्टर बनाई लागु गरिनेछ।
- नेपाल सरकार र प्रदेश सरकारसंगको समन्वयमा पालिका भित्र सञ्चालित योजनाहरुको प्रभावकारी रुपमा अनुगमन र मूल्याकन गरिनेछ।
- पालिका भित्र सञ्चालित आयोजनाहरुको प्रभावकारी अनुगमनका लागि अनुगमन समितिको प्रत्यक्ष निगरानीमा स्थलगत अनुगमन गर्ने व्यवस्था मिलाइनेछ।
- उपाध्यक्षको नेतृत्वमा रहने योजना अनुगमन समितिबाट प्राप्त सुझाव तथा निर्देशनलाई प्रभावकारी रुपमा कार्यान्वयन गरिनेछ।
- आवश्यकता अनुसार आयोजनाहरुको तेस्रो पक्षबाट अनुगमन मूल्याकन गर्ने कानूनी प्रबन्ध मिलाईनेछ।
- प्रभावकारी अनुगमनका लागि सूचना प्रविधिको विकास गरिनेछ र अनुगमनबाट प्राप्त नतिजाको समीक्षा गर्ने प्रणालीको विकास गरिनेछ।
- पञ्जिकरण सम्बन्धी कामकाजलाई प्रभावकारी बनाउन पन्जीकरण अधिकारी तथा लेखा सहायकहरुलाई आवश्यकताका आधारमा व्यवस्थापन गर्दै क्षमता विकासका आवश्यक कार्यक्रमहरुलाई निरन्तरता दिइनेछ।
- सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना दर्ता प्रणालीलाई सुदृढीकरण आयोजनालाई प्रभावकारी रुपमा कार्यान्वयनमा जोड दिइनेछ।
- सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीलाई थप विश्वासनिय बनाउनलाइ लाभग्राही परिचय पत्र (पासबुक) को व्यवस्था गर्न प्रबन्ध मिलाइनेछ।
- व्यक्तिगत घटना दर्तालाई व्यवस्थित बनाउनका लागी आफलाइन घटना दर्ता भएको वडाहरुको अनलाइन प्रविष्ट गरी डिजिटाइजेसन गर्न व्यवस्था मिलाइनेछ।
- कानूनी शासनको प्रवर्द्धन गर्न आवश्यक कानून निर्माण, कानूनी सचेतना, कानूनी परामर्श, कानूनी साक्षरता तथा कानूनको प्रभावकारी कार्यान्वयनमा जोड दिइनेछ।
- समग्र शासकीय कार्य सम्पादनमा आम जनता, नागरिक समाज, सञ्चार क्षेत्र, राष्ट्रसेवक कर्मचारी र जनप्रतिनिधिहरु सबैले आ–आफ्नो जिम्मेवारी गम्भिरतापूर्वक वहन गरी नागरिक वडापत्र, सार्वजनिक सुनुवाई, सरकारी काम र निर्णयको पारदर्शिता, जनलेखा परीक्षण जस्ता नवीन शासकीय उपक्रम सञ्चालन गरी गाउँपालिकामा सुशासनको प्रत्याभूती गराईनेछ।
अन्तमा, प्रस्तुत नीति तथा कार्यक्रम तयारीका क्रममा रचनात्मक¸ महत्वपूर्ण सल्लाह, सुझाव दिने विशेष र योगदान गर्नु हुने गाउँसभाका सम्पूर्ण सदस्य ज्यूहरु, राजनीतिक दलका प्रतिनिधि, कर्मचारी साथीहरु, निजी क्षेत्र, नागरिक समाज, सञ्चारकर्मी तथा सम्पूर्ण बारेकोटबासीहरुप्रति हृदयदेखि हार्दिक आभार सहित कृतज्ञता प्रकट गर्दछु। तपाईहरुको स्वस्थ आलोचना रचनात्मक सल्लाह सुझाव सदैव प्राप्त भइरहनेछ भन्ने विश्वास लिएको छु।
धन्यबाद !
वीर बहादुर गिरी
अध्यक्ष
















































हाम्रो पहुँच संवाददाता । ११ असार २०८२, बुधबार