लकडाउनको प्रभाव ः गरीव परिवारलाई खानाको पिरलो, स्थानीय सरकारले कहिले गर्छ राहत वितरण ?

सरकार मौन, नागरिकमा खाद्य संकट सिर्जना

                       फाइल तस्वीर  बारेकाेट गाउँपालिका जाजरकाेट

कालीबहादुर नेपाली, जाजरकोट । सरकारले गत चैत्र ११ गते देखि विश्वमा फैलिरहेको कोरोना भाइरस फैलिन नदिन लकडाउनको घोषणा ग¥यो । लकडाउनको घोषणा गरे संगै काम गरेर साँझ विहानको छाक टार्ने मजदुर परिवारका लागि निकै समस्या थपियो ।

त्यस्तै, जिल्लाको बारेकोट गाउँपालिका २ का शान्ती नेपालीलाई साँझ विहान के खाने भन्ने चिन्ताले सताउने गरेको छ । उनले एचपीखबर संग भनिन्, “कमाई गर्न भारत गएका छोराबुहारी आउन पाएनन्, आफुले पाएको विदुवा भत्ता पनि साहुको ऋण तिरे । अहिले खानाको जोहो गर्न निकै समस्या छ ।” यस्तै अयर्ना टोलकै पवित्रा नेपालीको पिडा पनि उस्तै छ । उनले भनिनर्् साहुको ऋण काढेर श्रीमान कमाई गर्न भारत जानुभयो ।’,

चैत्र महिनामा आउने भन्दै हुनुहुन्थ्यो ।’ तर गाडीको टिकट काटेका मान्छे लकडाउन पछि आउनु भएन ।’ अहिले भएको भकारी रित्तिसकेको छ । चार छोराछोरीलाई कसरी साझ विहानको छाक टार्नु ?’ भन्दै दुखेसो पोखिन् । अयर्ना गाउँकै तोल्मा नेपाली लकडाउन भन्दा पहिले स्थानीय साहुको मजदुरी गरी कमाई गर्दै छोराछोरी पाल्ने गर्थिन । विश्वमा फैलिएको कोरोना भाइरस नेपालमा फैलिन नदिन सरकारले लगातार एकएक हप्ताको लकडाउन जारी नै राखेको छ । त्यसपछि आफु र छोराछोरीलाई कसरी खानाको जोहो मिलाउने भन्दै उनको साँझ र विहान मनमा पिरलो जाग्छ । उनले भनिन्, “कमाई गर्ने श्रीमानको मृत्यु भयो ।

उहाँको मृत्युपछि छोराछोरी पालनपोषण गर्ने जिम्मा मेरै भयो ।” उहाँले कमाईको पैसाले केही समय खानाको जोहो गरे । थप काम पनि गरे । तर अहिले काम गर्न मिल्दैन चुलोमा आगो कसरी बाल्ने ? समस्यै छ ।” बारेकोट गाउँपालिका भित्रका मजदुर परिवार मध्ये उनीहरु उदाहरण पात्र मात्र हुन । गाउँपालिका भित्र गरीव , विपन्न मजदुर परिवार राहतको प्रखाईमा छन् । गाउँपालिकाले राहत वितरण गरेको भए जनताका लागि केही राहत मिल्ने थियो बारेकोट गाउँपालिका २ का धनबहादुर नेपालीले भने र्, किसान र मजुदर परिवारमा निकै समस्या छ ।’

बारेकोटका विपन्न परिवारका लागि एक महिना सम्म पुग्ने गरी जनसंख्याको आधारमा राहत वितरण गर्न गाउँपालिकाको ध्यानाआकर्षण गरिएको नेकपा बारेकोटका अध्यक्ष हरीबहादुर थापाले बताए । उनले भनेर्, गाउँपालिका भित्रका प्रत्येक वडाका विपन्न परिवारमा समस्या छ ।, भएको भकारी रित्तिसकेको छ ।’ अहिले खेतबारीमा गहुँ,जौ पाकेका छैनन् त्य्ेसैले समस्या भएको हो । यसलाई मध्यनजर गर्दै, गाउँपालिकाले राहत वितरण गर्नुपर्छ ।”

नेपाल सरकारले भने, प्रदेश सरकार र स्थानीय सरकारलाई प्रयोग गरी नागरिकमा खाद्य संकट हुन नदिन अप्रिल गरी राहत प्याजेक समेत घोषणा गरी सकेको छ । यस्तो अवस्थामा गाउँपालिकाले नागरिकलाई राहत वितरण नगर्नु नागरिकलाई खाद्य संकटमा पार्नु त होइन ?

यता गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंहले भनेर्, गाउँपालिकाका अध्यक्ष सदरमुकाम जानुभएको छ । १÷२ दिनमा आउनुहुन्छ । त्यसपछि विपन्न परिवारका लागि राहत वितरण गर्नेछौ ।’ गाउँपालिका उपाध्यक्ष ओमा शाहीले, “हामीले प्रत्येक वडामा लगत संकलन गर्न लगाएका छौ । त्यस्तो परिवारलाई राहत वितरण तत्काल गर्नेछौ ।”

तपाईको प्रतिक्रिया