
जाजरकोट । संरक्षणको क्षेत्रमा उल्लेखनीय योगदान दिएका गोविन्द बहादुर सिंहलाई डब्ल्यूडब्ल्यूएफ नेपालले “संरक्षण पुरस्कार २०८२” द्वारा सम्मान गरेको छ ।
सिंह एक समर्पित संरक्षणकर्मी तथा बर्डलाइफ नेचर हिरो अवार्ड प्राप्तकर्ता हुन् । उहाँले ८० भन्दा बढी प्रजातिका चरा सहित सयौं वन्यजन्तुहरूको उद्धार गरेका छन् । साथै, उनको पहलमा सयौं फन्दा र पासोहरू हटाइएका छन्, हजारौं रूख रोपिएको छ, र विद्यालय तथा समुदायहरूमा संरक्षण सम्बन्धी जनचेतना फैलाउने कार्यमा उल्लेखनीय भूमिका निर्वाह गरेका छन् ।

सिंहको दीर्घकालीन प्रयासले स्थानीय समुदायमा संरक्षणको महत्व स्थापित गर्न सहयोग पुगेको छ । उनको समर्पण र नेतृत्वले दिगो विकास र जैविक विविधताको संरक्षणमा प्रेरणादायी भूमिका खेलेको छ ।
बर्ड कन्जर्भेसन नेपाल (बीसीएन) लगायतका संस्थाहरूले सिंहलाई प्राप्त सम्मानप्रति हार्दिक बधाई ज्ञापन गरेका छन् ।
“उनीहरुको समर्पणले दिगो र करुणामय भविष्य निर्माण तर्फको बाटो उज्यालो बनाइरहेको छ,” बीसीएनको वक्तव्यमा उल्लेख गरिएको छ ।


















































हाम्रो पहुँच संवाददाता । ७ जेष्ठ २०८२, मंगलवार