प्रेस सेन्टर नेपाल कुशे गाउँ कमिटी गठन, अध्यक्षमा दत्त वि.क

भार्मा । नेकपा माओवादी केन्द्र निकट प्रेस सेन्टर नेपाल कुशे गाउँपालिका समितिको प्रथम अधिवेशन भव्य रुपमा सम्पन्न भएको छ । कुल ३५ जनाको उपस्थितिमा ११ सदस्सीय गाउँ कमिटी गठन गरिएको छ ।

नवनिर्वाचित समितिको अध्यक्षमा दत्त वि.क.चयन भएका छन् । उपाध्यक्षमा लोकेश विक्रम शाही, सचिवमा डिल्ली वि.क चयन भएका छन् । ७ जना सदस्यहरु रहेका छन् । अधिवेशन सफलतापूर्वक सम्पन्न गर्दै सहभागीहरुलाई प्रेस स्वतन्त्रता र स्थानीय पत्रकारिताको सुदृढिकरणका लागि प्रतिबद्द रहन आहा्न गरिएको छ ।

तपाईको प्रतिक्रिया