विषय प्रवेश
नेपालका दुर्गम जिल्लामध्ये एक हो जाजरकोट । जहाँ विकासका गतिसँगै सामाजिक चुनौतीहरू पनि गहिरिँदै गएका छन् । पछिल्लो समय यहाँ लागुऔषध दुरुपयोग (म्चगन ब्दगकभ) र यसको अबैध ओसारपसार एक गम्भीर समस्याका रूपमा देखिएको छ । विशेषगरी किशोर–किशोरी तथा युवापुस्ताको ठूलो हिस्सा यस प्रकोपको सिकार बनेको देखिन्छ ।
यही समस्या न्यूनीकरण गर्न भेरी नगरपालिकाले समुदाय–केन्द्रित र युवा–उन्मुख लागुऔषध नियन्त्रण तथा सचेतना अभियानको थालनी गरेको छ । यसमा भेरी नगरपालिकाको प्रयास, अभियानको प्रभाव, स्थानीय संरचना र युवाको सहभागिता तथा भविष्यका सम्भावना बारे विश्लेषण गरिएको छ ।
जाजरकोट र लागुऔषधको वर्तमान अवस्था
जाजरकोट जिल्ला, विशेषगरी भेरी नगरपालिका क्षेत्रमा विगत केही वर्षयता लागुऔषध दुरुपयोग र ओसारपसारको बढ्दो समस्या देखिएको छ । शिक्षित बेरोजगार युवाको समूह, कमजोर पारिवारिक परिवेश, सीमित मनोरञ्जनका अवसर, नगरपालिकाका खुला सिमा र सजिलो पहुँचले गर्दा यो समस्या विकराल बन्दै गएको छ ।
पछिल्लो सर्वेक्षण अनुसार, १६ देखि ३० वर्ष उमेरका युवामध्ये कम्तीमा २५% युवाले कुनै न कुनै प्रकारको लागुऔषध चाखेका वा सेवन गरेका तथ्य फेला परेका छन् । प्रायः सेवन हुने लागुऔषधहरूमा :
ब्राउन सुगर
ट्याब्लेट (Nitravet, Diazepam आदि)
सुइ लगाउने लागुऔषध
गाजा, चरेस, सिगरेट र घरेलु मदिरा
विशेष गरी विद्यालय र कलेज जाने युवाबीच यसको प्रयोग बढी पाइन्छ ।
भेरी नगरपालिकाको पहल
भेरी नगरपालिकाले लागुऔषध दुरुपयोग न्यूनीकरण गर्न निम्न चरणहरूमा कार्यक्रम सञ्चालन गरिरहेको छः
१. जनचेतनामूलक कार्यक्रमहरू
विद्यालय, क्याम्पस र टोलटोलमा पुगेर सचेतनामूलक कार्यक्रम गरिएको छ । स्वास्थ्य शाखाको समन्वयमा विद्यालयस्तरीय अन्तरक्रिया, पोस्टर प्रतियोगिता, खुला मञ्चमा बहस र सडक नाटक पनि आयोजना गरिएको छ ।

२. लागुऔषध पीडितको उपचार र पुनःस्थापना कार्यक्रम
लागुऔषध दुव्र्यसनीलाई पुनःजीवन दिनका लागि परामर्श सेवा, औषधोपचार र पुनःस्थापना सम्बन्धी कार्यक्रम सञ्चालन गरिएको छ । विभिन्न अस्पतालहरु सँग समन्वय गरी (Rehabilitation Referral System’ सुरु गरिएको छ ।
३. यूवा नेतृत्व विकास तथा स्वरोजगार कार्यक्रम
बेरोजगार युवालाई लक्षित गरेर तालिम, सीप विकास, उद्यम प्रोत्साहन कार्यक्रम सुरु गरिएको छ । जसले गर्दा युवाहरूको सकारात्मक ऊर्जा गलत दिशामा मोडिन नपाओस् । योगा,नमुना संसद अभ्यास समेत गरिएको छ ।
४. सञ्चारमाध्यममार्फत प्रभावकारी सन्देश
स्थानीय रेडियो, अनलाइन पत्रिका, पोस्टर, ब्रोसर तथा सामाजिक सञ्जालको माध्यमबाट निरन्तर रूपमा जनहित सन्देश प्रसारण गरिएको छ । यसमा “लागुऔषधले जीवन बर्बाद गर्छ” भन्ने मूल नारालाई प्राथमिकता दिइएको छ ।

५. स्थानीय संरचना निर्माण
नगरस्तरीय लागुऔषध नियन्त्रण समिति गठन गरिएको छ । वडा स्तरमै स्वयंसेवक र सरोकारवालासहितको ’ऋयmmगलष्तथ म्चगन ध्बतअज न्चयगउगझ बनाउने तयारी भइरहेको छ ।
युवाहरूको भूमिका र सक्रिय सहभागिता
लागुऔषध नियन्त्रणमा सफलताको प्रमुख आधार भनेको यूवाको सकारात्मक संलग्नता हो । भेरी नगरपालिकामा यूवाहरूको सक्रियता यस प्रकारले देखिन्छ ः
क. स्वयंसेवी अभियान सञ्चालन
विभिन्न युवा समूहहरूले टोलटोलमा पुगेर “एक यूवा–एक चेतना” कार्यक्रम सञ्चालन गरिरहेका छन् । यसले युवाबीच खुला संवाद, नशाबारे ज्ञान र व्यवहारिक परिवर्तन ल्याउन सहयोग पु¥याएको छ ।
ख. मिडिया र डिजिटल प्लेटफर्मको प्रयोग
युवाहरूले फेसबुक, टिकटक, युट्युबजस्ता सामाजिक सञ्जालमार्फत लागुऔषधको असर र रोकथामका उपायबारे सन्देशमूलक भिडियो बनाउने, अन्तर्वार्ता लिने र लेख प्रकाशन गर्ने गरेका छन् ।
ग. शिक्षा संस्था मार्फत क्लब क्रियाशीलता
विद्यालय÷कलेजस्तरमा बाल क्लब, विद्यार्थी युनियन र यूवा क्लवहरू मार्फत लागुऔषध विरोधी अभियान सशक्त रूपमा अघि बढाइएको छ ।
घ. सांस्कृतिक र खेलकुद कार्यक्रम
क्रीडा तथा सांस्कृतिक कार्यक्रममा लागुपदार्थ मुक्त भेरी” नारासहित युवाहरूले मनोरञ्जनात्मक गतिविधि मार्फत जनचेतना फैलाएका छन् ।
चुनौतीहरू
भेरी नगरपालिकाको प्रयास प्रशंसनीय भएपनि केही चुनौतीहरू अझै बाँकी छन् ।
उपचार तथा पुनःस्थापनाका लागि पर्याप्त स्रोत र विशेषज्ञको अभाव
सुरक्षित पुनरागमन नहुनु
विद्यालयस्तरमै लागुऔषध आपूर्ति हुने अवस्था
सुरक्षा निकायको कमजोरी र भ्रष्टाचार
पीडितप्रति सामाजिक हेयभाव
सुधारका लागि सुझावहरु
१. विद्यालय पाठ्यक्रममै नशा विरुद्धको अध्याय समावेश गरिनुपर्छ ।
२. स्थानीय टोल–समिती, आमा समुह र आम नागरिकलाई अनिवार्य रूपमा निगरानी भूमिकामा ल्याउनुपर्छ ।
३. यूवाका लागि स्वरोजगारमुखी लगानी–वृद्धि गर्नुपर्छ ।
४. लागुऔषध आपूर्तिकर्ता र कारोबारीलाई कडा कारबाही आवश्यक छ ।
५. पत्रकारिता र सञ्चार माध्यमलाई थप परिचालित गरी प्रेरणादायी कथाहरू बाहिर ल्याइनुपर्छ ।

निष्कर्ष
लागुऔषध समस्या केवल व्यक्तिगत नभई पारिवारिक, सामाजिक र राष्ट्रिय विकासमा बाधक बन्दै गएको छ । यस्तो बेलामा भेरी नगरपालिकाले देखाएको सक्रियता साँच्चिकै अनुकरणीय छ । तर यस्ता अभियान तब मात्र सफल हुन्छन्, जब समुदाय, प्रशासन, विद्यालय, सञ्चार माध्यम र विशेषगरी यूवाहरूको सक्रियता र नेतृत्व सँगै जोडिन्छ ।
“यूवा बदलियो भने समाज बदलिन्छ । समाज बदलियो भने लागुऔषध सकिन्छ ।” यस्ताका खालका नारा सहित अघि बढ्नु आजको विकल्प बन्न सक्छ ।
















































कालीबहादुर नेपाली । २७ बैशाख २०८२, शनिबार