शिक्षक आन्दोलनका कारण विद्यार्थी भर्ना अभियान स्थगित

No photo description available.
खलंगा । जाजरकोटका विभिन्न विद्यालयहरूले आज बाट सुरु हुने भनिएको विद्यार्थी भर्ना अभियान स्थगित गरेका छन् । शिक्षा ऐनको माग गर्दै काठमाडौँमा भइरहेको शैक्षिक आन्दोलनका कारण विद्यालयमा भर्ना अभियान लगायतका कार्यक्रमहरू स्थगित गरिएको विद्यालयले जनाएका छन् ।

जिल्लाको भेरी नगरपालिका ‒०३ थाप्लेमा रहेको त्रिभुवन माद्यामिक विद्यालयका प्रधानाध्यापक भक्तबहादुर मल्लले एक सूचना जारी गर्दै भर्ना अभियान स्थगित गरिएको जानकारी दिए ।

उनले गत चैत २० गतेदेखि शिक्षक महासङ्घको नेतृत्वमा राजधानीकेन्द्रित शैक्षिक आन्दोलन र २५ गतेबाट अनिश्चितकालिन शैक्षिक आम हड्ताल चलिरहेकोले आजदेखि हुने भनिएको भर्ना अभियान स्थगन गरिएको बताए । प्रधानाध्यापक मल्लले अर्को सूचना जारी नभएसम्मका लागि विद्यार्थी भर्ना अभियान लगायतका सम्पूर्ण कार्यक्रमहरू नहुने उल्लेख गरे ।

जिल्लाका अन्य विद्यालयहरूले पनि भर्ना अभियान सञ्चालन गरेका छैनन् । देशभरबाट राजधानीकेन्द्रित शिक्षकहरूले शिक्षा ऐनको माग गर्दै काठमाडौँमा आन्दोलन गरिरहेका छन् । माग पूरा नभएसम्म आन्दोलन चर्काउने उनीहरूको भनाइ छ ।

May be an image of ticket stub and text that says 'श्री त्रिभुवन माध्यमिक विद्यालय भेरी नगरपालिका- -R $ जाजरकोट २००९ TRIBHUVAN SECONDARY SCHOOI BHERI MUNICIPALITY JAJARKOT 2009 प.स. 69/0 च.न. मिति २०९२/०१/०२ विषय भर्ना स्थगन सम्बन्थि सूचना। प्रस्तुन विपयमा हाल चलिरहको शिक्षक महासंघको शिक्षक कमचारी आन्दोलनले सृजना गरेको शैक्षिक हइ्तालको विसम परिस्थतिले गर्दा विद्यालयको पूर्वनिर्धारित भनां लगायतका सम्पू्ण कारयंकमहरू शिक्षक कमचारी आन्दोलनलाई मध्यनजर गरी अ्कों सूचना नआएसम्मलाइं स्थगित गरिएको व्यहोरा सम्वन्धित सम्पू्णंमा सूचित गरिन्छ। भिक्तव्हादुर मल्न जनांध्यापक'

तपाईको प्रतिक्रिया