२९ चैत्र २०७६, शनिबार

गाउँपालिका अध्यक्ष शाहि आफै जुटे जनता बचाउ अभियानमा


जाजरकोट – विश्वभर माहामारीका रुपमा फैलीएको कोभिड-१९ अथवा कोरोना भाइरस संक्रमणबाट एक लाख भन्दा बढी मानिसहरुले ज्यान गुमाइ सकेका छन भने १६ लाख भन्दा बढि मानीसहरु संक्रमित भएका छन। अझै नयाँ संक्रमण हुनेहरुको संख्या समय अनुसार अझै बढीरहेको छ। कोरोना भाइरसको संक्रमणकाललाई मध्यनजर गर्दै सिबालय गाउँपालिकाले घर दैलो जनचेतना फैलाउने काम गरिराखेको छ।

बिपन्न परिवारलाई अति अवस्यक खाद्यवस्तु बितरण तथा सरसफाइ राख्न साबुन ,माक्र्स आदि बितरण गरेको छ। यो अभियान कोभिड-१९ को माहामारी बिश्वब्यापी रुपमा नियन्त्रण नभएसम्मका लागि निरन्तर चल्ने सिवालय गाउँपालिका अध्यक्ष नरेन्द्र साही ज्युले जानकारि दिनुभयो। अहिले सम्म खाद्यान्न सामग्री अभाब भएका लक्ष्यित बर्गको परिचान गरि बितरण सबै वडाहरुमा भएको छ। अहिले आवस्यकता अनुसार स्टेचर ,थर्मल गन,अति अवस्यक स्वास्थ सामाग्रीहरुको माग प्रदेस सरकारसङ्ग गरिएको छ।संक्रमणकाल देखि बच्नका लागि विभिन्न किसिमका जनचेतना मुलक प्रचा पम्प्लेट आदि घर घरमा टासिएको छ । जनचेतना मुलक सामाग्रीहरु माइकिङ्ग मार्फत जनता सम्म पुर्याएको छ ।