
काठमाडौं । जाजरकोट केन्द्र बिन्दु भएर शुक्रबार राति भूकम्प गएको छ ।
नेपाल भूकम्प मापन केन्द्रका अनुसार शुक्रबार राति ८ बजेर सात मिनेट जाँदा ५.२ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पबाट क्षति भए नभएको बारे थप जानकारी आउन बाँकी रहेको केन्द्रले जनाएको छ ।
जाजरकोट केन्द्रबिन्दु भएको शुक्रबार साँझ भूकम्प गएको छ । भूकम्प साँझ ८ बजेर ७ मिनेटमा गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको हो ।
केन्द्रका अनुसार भूकम्पको केन्द्रबिन्दु पैंक क्षेत्र आसपास रहेको थियो । यसको तीव्रता ५.२ म्याग्निच्युडको रहेको छ । भूकम्पको धक्का आसपासका जिल्लाहरूमा पनि महसुस भएको थियो ।
यसअघि बिहीबार अपराह्न दार्चुलामा भूकम्प गएको थियो। भूकम्पको केन्द्रबिन्दु अपी हिमाल आसपास रहेको थियो । यसको तीव्रता म्याग्निच्युडमा ४ मापन गरिएको थियो ।
त्यस्तै चैत १३ गते हुम्ला कालिका भएर भूकम्प गएको थियो । भूकम्पको तीव्रता ४.५ म्याग्निच्युड रहेको थियो ।
















































हाम्रो पहुँच संवाददाता । २१ चैत्र २०८१, शुक्रबार