
जाजरकोट । नेकपा एमाले निकट नेपाल राष्ट्रिय शिक्षक संगठन जाजरकोटको अध्यक्षमा कर्णबहादुर थापा निर्वाचित भएका छन् । उनका प्रतिस्पर्धी दिपक बुढालाई पछि पार्दै थापा निर्वाचित भएका हुन् ।
बुधबार सहमति हुन नसकेपछि निर्वाचन भएको थियो । उपाध्यक्षमा रेशम शाही, तिर्सा खत्री, सचिवमा लक्ष्मण सिंह, स‒सचिवमा कविता जैसी, कोषाध्यक्षमा सुरक्षा शाह निर्वाचित भएको निर्वाचन समितिले जनाएको छ ।
यस्तै, सह कोषाध्यक्षमा कान्तिमाया घर्ती, सदस्यहरुमा जितेन्द्र आर सी, गणेश वहादुर शाही, सुदिप केसी, पदम वहादुर सुनार, ठगेन्द्र वहादुर लुहार, सुरेन्द्र राज गिरी, अनिस रावल, हरिचन्द्र जैसी, लाल वहादुर सिंह, सर्जन सिह ठकुरी, भिम वहादुर वस्नेत,रगुपति शर्मा निर्वाचित भएका छन् । केन्द्रीय प्रतिनिधिमा हस्ता कुमारी महतारा,शेर वहादुर खत्री पृथ्वी वहादुर सिंह ठकुरी छनौट भएका छन् ।
















































हाम्रो पहुँच संवाददाता । २० चैत्र २०८१, बिहीबार