भेरी नगरपालिकामा राहत जलाईएको प्रति नागरिक समाजको ध्यानाकर्षण, कार्वाहीको माग


जाजरकोट । जिल्लाको भेरी नगरपालिकाले राहत सामग्री जलाएको प्रति नागरिक समाज जाजरकोटले ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाजका संयोजक राजेन्द्र विक्रम शाहले सामाजिक सञ्जाल फेसवुक मार्फत नगरप्रमुख चन्द्रप्रकाश घर्तीलाई सम्बोधन गर्दै ध्यानाकर्षण भएको जनाएका हुन् ।

पत्रमा भनिएको छ, ‘जाजकोट भूकम्प २०८० बाट पीडित तथा प्रभावितहरुका लागि विभिन्न निकाय, संस्था र व्यक्तिहरु बाट भेरी नगरपालिकालाई हस्तान्तरित राहत सामग्री समयमा वितरण नगरी हालै जलाईएको समाचारप्रति हाम्रो ध्यानाकर्षण भएको छ ।’

‘भूकम्प पीडितहरु पहिचान गरी अस्थायी आवासको व्यवस्था गरिएको र भूकम्प पीडितको आवासको विस्तृत क्षति मुल्यांकन भईरहेको अवस्थामा लामो समय सम्म राहत सामग्री वितरण नगरी जलाउनु पर्ने अवस्था कसरी सिर्जना भयो ? यसमा जिम्मेवार पदाधिकारीलाई कार्वाहीको माग गर्दछौं’ पत्रमा भनिएको छ ।
विहीबार हाम्रो पहुँच डटकमले  भेरी नगरको बदमासी : राहत थन्क्याएरै जलाईयो, बाँडिएन् भूकम्प पीडितलाई ( भिडिओसहित) समाचार प्रकाशित गरेको थियो ।

श्रीनगर प्रमुखज्यू,                                                                                                               मिति ः २०८१ चैत्र ७ गते ।
भेरी नगरपालिका,
नगर कार्यपालिकाको कार्यालय, खलङ्गा, जाजरकोट ।
                                 विषय ः राहत सामग्री जलाईएको सम्वन्धमा ।
जाजरकोट भूकम्प, २०८० वाट पीडित तथा प्रभावितहरुका लागि विभिन्न सहयोगी निकाय, संस्था र व्यक्तिहरुवाट भेरी नगरपालिकालाई हस्तान्तरित राहत सामग्री समयमा वितरण नगरी हालै जलाईएको समाचार प्रति हाम्रो ध्यानाकर्षण भएको छ ।
भूकम्प पीडितहरु पहिचान गरी अस्थायी आवासको व्यवस्था गरिएको र भूकम्प पीडितको आवासको विस्तृत क्षती मूल्यांकन भैरहेको अवस्थामा लामो समय सम्म राहत सामग्री वितरण नगरी जलाउनु पर्ने अवस्था कसरी श्रृजना भयो, यसमा जिम्मेवार पदाधिकारीलाई कारवाहीको माग गर्दछौं ।
सादर अवगतार्थ ः
नगर उपप्रमुखज्यू, नगर कार्यपालिकाको कार्यालय
प्रमुख प्रशासकीय अधिकृतज्यू, नगर कार्यपालिकाको कार्यालय
राजेन्द्र विक्रम शाह — नागरिक अगुवा, जाजरकोट
मिति ः २०८१ चैत्र ७ गते, जाजरकोट

याे पनि पढ्नुहाेस्

भेरी नगरको बदमासी : राहत थन्क्याएरै जलाईयो, बाँडिएन् भूकम्प पीडितलाई ( भिडिओसहित)

तपाईको प्रतिक्रिया