बारेकोटमा विव्यस अध्यक्षद्धारा गाउँपालिकाका सव इन्जिनियरमाथि खुकुरी प्रहार

file photo
बारेकोट, लिम्सा । जिल्लाको बारेकोट गाउँपालिकाको एक विद्यालयका व्यवस्थापन समितिका अध्यक्षले गाउँपालिकाका सव इन्जिनियर माथि खुकुरी प्रहार गरेका छन् ।
वडा नं ६ मा रहेको सीता माद्यामिक विद्यालय कार्कीज्यूलाका अध्यक्ष टेकेन्द्र नेपालीले गाउँपालिकामा कार्यरत असिष्टेण्ट सव इन्जिनियर हिमाल पुन माथि खुकुरी प्रहार गरेका हुन् । आइतबार विद्यालयमा दिवा खाजा घरको अनुगमन तथा निरीक्षण गर्न सव इन्जिनियर पुन विद्यालयमा गएका थिए ।
 विद्यालयमा दिवा खाजा भवनको गुणस्तरका विषयमा समान्य विवाद भएको थियो । त्यसपछि पुन माथि एक्कासी खुकुरी प्रहार गर्नुका साथै सानो पेस्तोल जस्तो हतियार ताकी ज्यान मार्न खोजी आघात कुटपिट गरिएको खेलकुद महासंघ जाजरकोटद्दारा जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । घाइते पुनको बारेकोटमा उपचार सम्भव नभएपछि रिफर गरिएको छ ।
May be an image of text
विज्ञप्तीमा भनिएको छ, ‘मिति २०८१÷१२÷०३ गते जाजरकोट जिल्ला बारेकोट गाउँपालिका वडा नं—६ मा रहेको श्री सीता माद्यामिक विद्यालय कार्कीज्यूलाको दिवा खाजा घरको अनुगमन तथा निरीक्षण गर्न गएका बारेकोट गाउँपालिका गाउँ कार्यपालिकाको कार्यालयमा कार्यरत असिष्टेण्ट सव इन्जिनियर तथा पेशागत महासंघ बारेकोटको सचिव हिमाल पुन र सो विद्यालयका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष टेकेन्द्र नेपाली वीच गुणस्तर नियन्त्रणको विषयमा समान्य विवाद हुन गई निज असिष्टेण्ट सब इन्जिनियर हिमाल पुनमाथि एक्कासी खुकुरी प्रहार र त्यसपछि सोनो पेस्तोल जस्तो हतिहार ताकी ज्यान मार्न खोजी आघात कुटपिट बाट सख्त घाइते बनाएको प्रति खेलकुद महासंघ जाजरकोटको गम्भीर ध्यानाकर्षण भएको छ ।’
यता, जिल्ला प्रहरी कार्यालय जाजरकोटका सूचना अधिकारी प्रहरी निरीक्षक हरीराम डाँगीले रड र ढुङगा प्रहरी गरी पाखुरा र हिपमा चोट लागेको जानकारी दिए । ‘खुकुरी प्रहारको कुनै जानकारी आएको छैन्, प्रहरीलाई धेरै समय पछि खबर भयो । पेस्तोल भन्ने पनि हामीलाई जानकारी छैन् ।’
कुटपिट गर्ने टेकेन्द्र नेपाली अहिले फरार र खोजी कार्य भईरहेको समेत प्रहरीले जनाएको छ । घटनाका विषयमा थप अनुसन्धान भईरहेको समेत प्रहरीले जनाएको छ । खेलकुद महासंघ जाजरकोटले एक विज्ञप्ती जारी गर्दै खुकुरी प्रहार गर्नेलाई तत्काल कारर्वाहीको माग गरेको छ । यस्तै, नेपाल निजामति कर्मचारी संगठन बारेकोटले समेत विज्ञप्ती निकालेर कार्वाहीको माग गरेको छ ।
May be an image of text
तपाईको प्रतिक्रिया