२७ चैत्र २०७६, बिहीबार

बारेकोटबासीलाई एक महिना सम्म खाने खाद्यान्न मिलाउन गाउँपालिका संग नेकपा बारेकोटको माग

कालीबहादुर नेपाली  । नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) बारेकोटले बारेकोट बासीलाई एक महिना सम्म पुग्ने खाद्यान्नको व्यवस्था गर्न गाउँपालिका संग माग आग्रह गरेको छ । बुधबार प्रेस विज्ञप्ती जारी गर्दै विश्वमा फैलिएको कोरोना भाइरसका कारण बारेकोटी जनतामा खाद्य संकट हुने भन्दै जनसंख्याको आधारमा एक महिना सम्म खाने खाद्यान्नको व्यवस्था गर्न माग गरेको हो ।

कारोना भाइरसका कारण प्रत्येक बारेकोटबासी बाहिर बसेको र घरमा परिवार मात्रै भएकोले खाद्यान्न जुटाउन समस्या भएकोले उनीहरुका परिवारका लागि दैलोको सरकारले हेर्नुपर्ने विज्ञप्तीमा उल्लेख गरिएको छ । किसान, श्रमिक,मजदुरको, दिनचर्यामा निकै समस्या परेकोले तत्तकाल राहतको व्यस्था गर्न नेकपा बारेकोटका अध्यक्ष हरीबहादुर थापाले बताए ।

उनले भनेर्, दैलोको सरकारले यति वेला नगरे कस्ले गर्ने ? त्यसैले स्थानीय सरकारले जनताको जीवनस्तरमा सहज वातावरण सिर्जना गर्न राहत प्याकेज घोषणा गरी जनतालाई घरघरमा पुर्याउँनुपर्छ ।’ बारेकोटका खटिएका सञ्चारकर्मी,स्वास्थ्यकर्मी,सुरक्षाकर्मीलाई विशेष भत्ता र विमाको व्यवस्था गर्न समेत समेत माग गरिएको छ ।

आगामी आर्थीक बर्षको बजेट निर्माणमा घर आँगन मर्मत तथा हलो जुवाँ,गोरु खरिद, घरवारी एक करेसावारी एक अनुदान दिने प्याकेज कार्यक्रम ल्याउन समेत माग गरिएको छ । गाउँगाउँमा पार्टीका संगठनहरुलाई विश्वभरी फैलिएको कोरोना भाइरस सम्बन्धी प्रचारप्रसारमा लाग्न समेत आग्रह गरेको छ ।

राहत वितरणमा बारेकोट गाउँपालिकाकाले भने कुनै कार्यक्रम नगरेको एक स्थानीयले बताए । नेकपा बारेकोटको थप विज्ञप्ती ः

आदरणीय बारेकोटबासी आमावुवा दाजुभाई दिदीबहिनीहरु सम्पुर्णमा अपिल !
पौष महिनाको अन्त्य बाट चीनको वुहान सहर बाट सुरु भएको कोरोना भाइरस (कोभिड —१९) ले विश्वका समृद्ध र अति शक्तिशाली र विकसीत राष्टङहरु सहित विश्वव्यापी रुपमा कोरोनाको संक्रमण र मृत्युदर अति तीव्र गतिमा बढेर विश्व आक्रंन्त भएको र नेपालमा पनि त्यसको संक्रमण भईसकेको हुदाँ देशबासीलाई जोगाउन विश्व स्वास्थ्य संगठनको निर्देशन र नेपाल सरकारले रोकथाम, उपचार र नियन्त्रणको आवश्यक प्रवन्ध र राहतको प्याकेज समेत घा्ेषणा गरी लकडाउनको निर्णय गरी सबै प्रदेश र स्थानीय सरकारलाई समेत त्यसको प्रभावकारी कार्यान्वयन र परिपालनाको निर्देशन गरीसकेको अवस्थामा, बारेकोट गा.पा. मा कोरोनाको संक्रमण रोक्न दैलोको सरकारको नाताले बारेकोटबासी सम्पुर्ण नागरिकहरुलाई यो कोरोनाको आक्रमण बाट जोगाउन, केन्द्रिय सरकारले गरेको चैत्र ११ देखी लकडाउनको निर्णयको प्रभावले नागरिककको जनजीवनमा किसान, श्रमिक,मजदुरको, दिनचर्यामा परेको असर प्रभावलाई समेत राहत हुनेगरी बारेकोटका प्रत्येक घरधुरीलाई जनसंख्याको आधारमा कम्तिमा पनि १ महिनालाई पुग्ने चामल, दाल नुन,तेल र सावुनको व्यवस्था गरी खाद्य संकट बाट जोगाउन व्यवस्था गनुपर्ने र संक्रमण बाट जोगाउन बारेकोट स्थिति

स्वास्थ्यकर्मी,सुरक्षाकर्मी, संञ्चारकर्मी ,जनप्रतिनिधी र राजनितिक पार्टी कमिटीका सदस्यहरु समेत परिचालित गरी जनचेतना अभिवृद्धि गर्न सम्पुर्ण शक्तिलाई उच्च मनोवल र द्धृढ इच्छाशक्तिका साथ परिचालन गर्न थप प्रोत्सान भत्ता र विमाको व्यवस्था गर्न र आगामी आ.व. ०७७÷०७८ को बजेट बनाउँदा समेत लकडाउन बाट प्रभावित बनेका किसान मजदुर ,श्रमिकको जनजीवनमा प्रत्यक्ष लाभ हुने गरी घर आंगन मर्मत तथा हलो जुवा, गोरु खरिद, घरबारी एक करेसावारी एक अनुदान दिने प्याकेज कार्यक्रम बनाउने, एकघर एक रोजगारको समेत प्रबन्ध मिलाउने गरी बजेट निर्माण गर्न, पुर्व तयारी गरियोस् भनी स्थानीय सरकारको ध्यानआकार्षण गराउँदै, नेपाल कम्युनिष्ट पार्टी(नेकपा) बारेकोट पार्टीको मातहतमा रहेका सम्पुर्ण टोल , सेल , कमिटी , पार्टी सदस्य, सम्मका सम्पुर्णले केन्द्रिय सरकार, प्रदेश सरकार र स्थानीय सरकारले गरेका निर्देशनहरु सशक्त ढंगले कार्यान्वयन गराउन जो जहाँ छ, त्यहि बाट भुमिका निर्वाह गर्न गराउन निर्देशन गर्दै, सम्पुर्ण जनसमुदाय तथा आम नागरिकमा हार्दिक अपिल गर्दछौ ।
अतिआवश्यक काम बाहेक घरबाहिर ननिस्कौँ ।
प्रत्येक दिन कम्तिमा १५ पटक भन्दा बढी सावुन पानीले हात धोऔँ ।
सामाजिक दुरी कायम गरौँ ।
लकडाउनको पुर्ण परिपालना गरौँ ।
परम्परागत मेला पर्व,भेला स्थगित गरौँ ।
एक गाउँ बाट अर्काे गाउँ, एक घर बाट अर्काे घर जान बन्द गरौँ ।
गाउँमा हुने जुवातास, क्यारीम्बोर्ड,लुडो, खेल्न स्थगित गरौँ ।
साझा रुपले कक्कड,सुल्पा,चुरोट खाने परम्परा बन्द गरौँ ।
अनावश्यक भ्रममा नपरौँ ।
आफु बचौँ,अरुलाई बचाऔँ ।
अध्यक्ष                                                       सचिव
हरीबहादर थापा                                   भक्तबहादुर बस्नेत