जाजरकोटका छ जना किसानलाई मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार

No description available.
जाजरकोट । जाजरकोटका छ जना किसानले मुख्यमन्त्री उत्कृष्ट कृषक पुरस्कार पाएका छन् । कृषि विकास कार्यालय जाजरकोट र पशु अस्पताल तथा पशु सेवा कार्यालयको मुल्यांकनका आधारमा छ जना किसानलाई उत्कृष्ट पुरस्कार प्रदान गरिएको हो । जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले पुरस्कार प्रदान गरेका हुन् ।

कृषितर्फ मुख्यमन्त्री उत्कृष्ट पुरस्कार पाउनेहरूमा छेडागाड नगरपालिका ‒२ का भीम बहादुर बुढा प्रथम, कुशे गाउँपालिका ७ की सिता कुमारी शाही द्वितीय र भेरी नगरपालिका ५ कि चाँदनी चन्द तृतीय भएकी छन् । उनीहरुलाई क्रमशः ३० हजार, २५ हजार र २० हजार नगद सहित प्रमाणपत्र वितरण गरिएको थियो ।

No description available.

यस्तै, भेटेरिनरी तर्फ बारेकोट गाउँपालिका ७ का हरिकृष्ण वली प्रथम, भेरी नगरपालिका ४ कि कल्पना सिंह द्वितीय र नलगाड नगरपालिका १ का दल बहादुर पुन तृतीय भए । क्रमशः ३० हजार, २५ हजार र २० हजार नगद सहित प्रमाणपत्र वितरण गरिएको कृषि विकास कार्यालय जाजरकोटले जनाएको छ ।

मुख्यमन्त्री उत्कृष्ठ कृषक पुरस्कारको व्यवस्था स्थानीय तह हुदै जिल्ला र प्रदेश स्तर सम्म हुने गरेको छ । जिल्लाबाट उत्कृष्ट भएका छ जना किसान कर्णाली प्रदेश स्तरीय मुख्यमन्त्री उत्कृष्ट पुरस्कारमा समेत प्रतिष्पर्धा गर्न पाउनेछन् ।

No description available.

पुरस्कृत भएपछि छेडागाड नगरपालिका ‒ २ का भीमबहादुर बुढाले उत्कृष्ट पुरस्कारले काम गर्ने हौसला मिलेको बताए । मानिसका आधारभुत आवश्यकता गास,वास र कपास मध्ये गास नै आवश्यकता हो । त्यो कृषि संग जोडिएको हुन्छ । भीमले भने,‘जब सम्म मानिसले खान पाउँदैन्,तव सम्म कुनै पनि काम हुन सक्दैन् । खाद्यान्नमा आत्मनिर्भर नहुँदा सम्म संसारका कुनै पनि रंगमञ्चमा अस्तित्व रहँदैन् ।’

पुरस्कार वितरण कार्यक्रममा पशु अस्पताल तथा पशु सेवा कार्यतर अधिृकत तिलकबहादुर रानाले मुख्यमन्त्री उत्कृष्ट पुरस्कारले आगामी दिनमा कृषि उत्पादन गर्न किसानलाई प्रेरणा दिएको बताए । उनले कृषि क्षेत्रमा दिइने अनुदानका कार्यक्रम पनि एक प्रकारले पुरस्कार जस्तै भएको बताए ।

No description available.

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना कार्यान्वयन इकाइ जाजरकोटका निमित्त प्रमुख सुवास सिंहले पुरस्कारले पुरस्कृत किसानलाई अझ मेहनत गर्न हौस्याएको बताए । उनले भने, ‘यो पुरस्कार पुरस्कृत किसानका लागि अवसर र चुनौति दुबै हो । किसानले अब आफु बढेर मात्र हुदैन्, समाजलाई अघि बढाउनु पर्ने संकल्प गर्न जरुरी छ ।

जिल्ला समन्वय समितिका प्रमुख कालीबहादुर खत्रीले नेपाल कृषि प्रधान देश भनिएता पनि आत्मनिर्भर हुन नसकेको बताए । राज्य किसानमैत्री कार्यक्रम ल्याउँदैन् । अनुदानमुखी कार्यक्रम लक्षित किसान सम्म पुग्दैन् । विचौलियाले सबै फाइदा लिन्छन् । उनले भने, ‘यी कार्यक्रम बाठोटाँठोको पोल्टामा मात्र पर्छन् । अव किसानका लागि सफ्ट लोनको व्यवस्था हुन जरुरी छ ।’ यस्ता पुरस्कारले किसानलाई थप हौसला प्रदान गरेको प्रमुख खत्रीको भनाई छ ।

कृषि विकास कार्यालय जाजरकोटका प्रमुख नारायण सापकोटाले किसान पछिल्लो समयमा निकै लागि परेको बताउँछन् । उनले किसानका हकअधिकारका पक्षमा कृषि कार्यालयले सधैं वकालत गरिएको बताउँदै कृषि मैत्री नीति, योजना र कार्यक्रम गर्न सदैव तयारी अवस्थामा रहेको प्रतिक्रिया दिए ।

तपाईको प्रतिक्रिया