यसकारण जनयुद्ध महान छ ..

नेपालमा भएका सबै खाले शोषण उत्पीडन र सामन्ती राजतन्त्रको अन्त्य गरी गणतन्त्रको स्थापना गर्नको लागि जनयुद्ध थियोे । त्यसैले आज जनयुद्ध शब्द नै स्वर्णिम अक्षरमा लेखिएको छ । नेपालको परिवर्तनको लागि जनयुद्ध बलियो पिलर थियो । आज पनि छ भोली पनि रहिरहने छ ।

परिवर्तनका खातिर नेपालमा थुप्रै क्रान्ति, विद्रोह, जनआन्दोलन भए ती मध्येको एक जनयुद्ध हो । २००७ सालको क्रान्ति ,२०२८ सालको झापा बिद्रोह र २०४६ सालको जनआन्दोलन मध्यकै उत्कृष्ट जनयुद्ध थियोे । त्यसैले जनयुद्ध महान छ । जनयुद्धले नेपाली समाजमा ठुलो परिवर्तन ल्यायो । यसले जातीय विभेद, छुवाछूत र सामन्ती व्यवस्थाको अन्त्य गर्नमा महत्वपूर्ण भुमिका निर्वाह गर्याे ।

२३९ बर्ष पुरानो सामन्ती राजतन्त्र अन्त्य गरी गणतन्त्र स्थापना गर्नमा महत्वपूर्ण भुमिका खेल्यो । यसले जन्तालाई आफ्नो देशको शासन व्यवस्थामा सहभागी हुने अवसर प्रदान गर्याे । आफ्नो अधिकारको लागि लड्ने प्रेरित गर्याे । यसले जनतामा राजनीति चेतना जगायो । उनीहरुलाई आफ्नो भविस्य आफै निर्धारण गर्ने आत्मविश्वास दियो ।

विभिन्न जात,जाति र समुदायका मनिसहरुलाई एकताबद्द गर्याे र यसले राष्ट्रिय एकतालाई बलियो बनाउनमा मद्दत गर्याे । त्यसैले जनयुद्ध महान छ । सायद जनयुद्ध, पृथ्वीनारायण शाहले नेपाल एकीकरण पछिको सबै जात जाति र समुदायलाई एकताबद्ध गर्ने सवालमा नेपालको इतिहासमा जनयुद्ध हो ।तर आज नेपालका केही पाखण्डीहरुले जनयुद्धलाई हिंसा भने पनि जनयुद्ध महान छ ।

जनयुद्ध त्यति सजिलै भएको थिएन । यो जनयुद्ध हजारौं शहीदको रगतले सिजिएको छ । तीन करोडौं जनताको समर्थनमा र गाउँ देखि सहर सम्म जनयुद्धको राप र ताप संगै जनयुद्ध २०५२ फाल्गुन १ गते भएको थियोे । त्यसैले यो जनयुद्ध महान छ । सहतही व्याख्या ,विश्लेषन गर्नेहरुका लागि माथि उल्खित सबै कुराहरु देखिदैन् ।

बुभ्mदैनन् किनकी जसले समान्यतया युद्धको नियम समेत नबुझी जनयुद्धको विरुद्धमा कु तर्क गर्छ उ नै ईतिहासको हुन्छ । सहीलाई सही र गलत लाई गलत छुट्याउन सकिदैन भने उसबाट नयाँ कुराको के आशा गर्नु जनयुद्ध कुनै अमुक व्यक्ति, समूह र पार्टीको चाहानामा गरिएको होइन र थिएन पनि ।

राजा सहित रजौटाहरुले बाध्य पारेपछि थालिएको कदम थियो । यद्यपि जनयुद्धका केही नकारात्मक पक्ष हरुपनि थिए र छन् । जनयुद्धलाई भजाएर रातारात मालामाल भएको तथ्य हरुपनि छन् । जनयुद्धको वास्तविक लक्ष्य र उद्देश्य अहिले लज्जास्पद भएको छ । यसमा ठुलो धनजनको क्षति भयो । जो कसैले मर्न मन लाग्यो र मार्न मन लाग्यो भन्ने सोच नभई यतिवेलाको तत्कालिन अवस्थाले बाध्य बनाएको थियो ।

देशमा अस्थिरता उत्पन्न भयो जसको निरन्तरता अहिले पनि जारी नै छ । जुन बिषय सकारात्मक पक्षहरुले यसलाई नेपाली इतिहासमा एउटा महत्वपूर्ण घटनाको रुपमा स्थिापित गर्ने छ । त्यसैले जनयुद्ध महान छ र हुने छ । ३० औं महान जनयुद्ध दिवसको हार्दिक शुभकामना । वीर शहीद अमर रहुन ।

लेखक : थापा (कमरेड मार्शल) नेकपा(बहुमत) डोल्पा जिल्ला सेक्रेटरी एवं ६ नम्बर ब्युरो सदस्य हुन् ।

तपाईको प्रतिक्रिया