
सुनिल बि क रुकुम पश्चिम ।
रुकुम (पश्चिम) को आठविसकोट नगरपालिकामा आइसोलेसन कक्ष स्थापना गर्न धमाधम काम भैरहेका छ । १० दिनमै भवन निर्माणको काम सम्पन्न गर्ने गरी रात दिन काम भैरहेको नगर प्रमुख गोर्ख बहादुर केसीले बताउनुभयो । उहाँका अनुसार विश्वभरी महामारीको रुपमा फैलिरहेको नोवल कोरोना भाइरस कोभिड १९ को जोखिमलाई मध्यनजर गरी नगरपालिकाले १२ वेडको आइसोलेसन कक्ष स्थापना गर्न लागेको हो ।
कोरोना भाइरस सँग मिल्दो जुल्दो लक्षण देखा परेका विरामी लगाएत अन्य कुनै पनि सरुवा रोगका विरामीहरुलाई अलग्गै राखेर उपचार गर्नका लागी आइसोलेसन कक्ष स्थापना गर्न लागिएको उहाँले बताउनुभयो । १० दिन भित्रै शुविधा युक्त भवन निर्माण गर्ने गरी काम भैरहेको नगर प्रमुख केसीले दाबी गर्नुभयो ।
वडा नम्बर ९ स्थित आठविसकोट नगर अस्पताल नजिकै अहिले भवन निर्माणको काम धमाधम भैरहेको छ । काम छिटो सम्पन्न गर्नका लागी रात दिन काम भैरहेको उहाँको भनाई छ । भवन निर्माणमा अहिले दैनिक ३२ जना श्रमीकहरु काममा खटिएका छन ।
भवन निर्माणका लागी आवश्यक सामाग्री पनि ल्याउने क्रम जारी छ । आज मात्रै १७ हजार इट्टा आइपगुेको निर्माणको जिम्मा लिनुभएका भिमराज केसीले बताउनुभयो । भवन निर्माणका लागी करिव ५० हजार इट्टाको आवश्यक्ता पर्ने उहाँले जानकारी दिनुभयो । थप सामाग्री पनि तत्कालै ल्याउने र टार्गेट अनुसार निर्माण सम्पन्न तिब्र गतिमा काम भैरहेको उहाँको भनाई छ ।
यसैविच नगर प्रमुख केसीले कोरोना भाइरस रोकथाम तथा न्युनिकरणका लागी तिब्र रुपमा तयारी भैरहेको बताउनुभएको छ ।।
















































। २७ चैत्र २०७६, बिहीबार