२७ चैत्र २०७६, बिहीबार

गाउँपालिकाले खरिद ग¥यो ३ लाखको स्वास्थ्य सामग्री

स्वास्थ्य शाखामा कार्यरक्त कर्मचारीले दिए ४० थान पीपीई

कालीबहादुर नेपाली, जाजरकोट  । जिल्लाको बारेकोट गाउँपालिकाले ३ लाख ४२ हजार बराबरको स्वास्थ्य सामग्री खरिद गरेको छ । हाल विश्व भरी फैलिएको कोरोना भाइरस बाट बच्नका लागि उक्त स्वास्थ्य सामग्री खरिद गरिएको स्वास्थ्य शाखा प्रमुख वीरराज सिंहले एचपीखबर  डटकमलाई जानकारी दिए ।

उनका अनुसारर्, अहिले खरिद गरेको स्वास्थ्य सामग्रीले गाउँपालिका भित्रका स्वास्थ्यकर्मीहरुलाई राहत मिल्ने छ ।’ समान्य थर्मामिटर नहुदाँ समस्या भएका स्वास्थ्य संस्थामा यस्ता सामग्रीले स्वास्थ्यकर्मीको मनोबल बढ्ने उनको भनाई छ । गाउँपालिकाले खरिद गरेका सामग्रीहरुमा थर्मल गन ६ वटा,पीपीई २० वटा, सेनिटाइजर ५३ वटा, सर्जिकल मास्क ५ सय वटा, मास्क एन नाइन्टी फाइप,. ३० वटा, पोस्टर १० हजार थान, पम्पलेट एक हजार थान स्वास्थ्य सामग्री खरिद गरिएको प्रमुख सिंहले बताए ।

यस्तै कर्णाली प्रदेश सरकारले वितरण गरेको २ थान पीपीई, १ सय मास्क, १ सय बो्रसर, पनि स्वास्थ्य शाखामा भित्रिएको जानकारी दिए । बारेकोटमा रहेका ४ स्वास्थ्य संस्थामा पठाइने छ । गाउँपालिकाको स्वास्थ्य शाखाले विश्वमा फैलिरहेको कारोना भाइरस बाट बच्न विभिन्न प्रचार प्रसारमा तिव्रता दिइएको छ ।

स्वास्थ्य शाखामा कार्यरक्त कर्मचारीले दिए ४० थान पीपीई

बारेकोट गाउँपालिकाको स्वास्थ्य शाखामा कार्यरक्त एक कर्मचारीले ४० थान नर्मल पीपीई वितरण  गरेका छन् । स्वास्थ्य शाखामा कार्यरक्त अहेव डम्बर कार्कीले बारेकोटमा स्वास्थ्यकर्मीको सुरक्षाका लागि उक्त पीपीई वितरण गरेका हुन ।

बारेकोटका विभिन्न ठाउँमा भारत लगायत तेस्रो मुलुक बाट आएका नागरिकहरु प्रशस्त रहेकोले स्वास्थ्यकर्मीलाई खतरा बाट बचाउन सहयोग गरेको बताए । स्वास्थ्य शाखामा थप औषधी र स्वास्थ्य सामग्री आएकोले बारेकोटका  अधिकांश स्वास्थ्यकर्मीहरु खुशी भएका छन् ।

यस्तै प्राथकिम स्वास्थ्य केन्द्र लिम्साले एक सार्वजनिक सुचना जारी गरि अत्यावश्यक  काम बाहेक अन्य समय अस्पताल नआउन आग्रह गरेको छ । यतिवेला सबैभन्दा संवेदनशील क्षेत्र अस्पताल भएकोले विभिन्न किसिमका संक्रमण खाले रोग सर्ने भएकोले अस्पताल नआउन आग्रह गरेको हो  ।

Image may contain: 1 person, outdoor