
जाजरकाेट । जिल्लाको एक स्थानीय तहका वडाध्यक्षले १ हजार थान मास्क वितरण गरेका छन् । बारेकोट गाउँपालिका ३ का वडाध्यक्ष मुनबहादुर शाहीले व्यक्तिगत लगानीमा १ हजार थान मास्क वितरण गरेका हुन ।
आफ्नो वडा भित्रका जनतालाई विश्वमा फैलिरहेको कोरोना भाइरस बाट बचाउन मास्क वितरण गरिएको वडाध्यक्ष शाहीले एचपीखबर डटकमलाई जानकारी दिए । कोरोना प्रतिकार्यमा वडा भित्रका प्रत्येक टोलमा माइकिंग गर्दै जनचेतना फैलाउने कार्य भइरहेको जानकारी दिए । वडा भित्र परम्परागत मेला, विवाह, व्रतबन्ध, भेला, वैठक स्थगित गरिएको उनले बताए ।
वडा भित्र यस भन्दा अघि नारायण देवी यूवा क्लवको अगुवाईमा आवश्यक औषधी, सावुन र मास्क वितरण गरिएकोृ लेखापाल कालीबहादुर बुढाले जानकारी दिए । वडामा भित्र बाहिर बाट आएका प्रत्येक नागरिकको डाटा संकलन गरिएको समेत जानकारी दिए ।
















































। २७ चैत्र २०७६, बिहीबार