मनकारी भरत आफ्नो जन्मदिनमा ५० विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्री वितरण


जाजरकोट । समाजसेवी भरतसिंह पेलाले आफ्नो जन्मदिनको अवसर पारी ५० जना विद्यार्थीलाई शैक्षिक र खेलकुद सामग्री वितरण गरेका छन् । जाजरकोटको छेडागाड नगरपालिका —०५ बडावनमा रहेको भाग्यदय माद्यामिक विद्यालयका विपन्न ५० जना छात्राछात्रलाई शैक्षिक तथा खेलकुद सामग्री वितरण गरेका हुन् । सुदुरपश्चिमको बैतडी घर भएका भरत अहिले अमेरिकन सेनामा कार्यरत छन् ।

शारदा शेर फाउन्डेसनको समन्वयमा उक्त सामग्री वितरण गरिएको फाउन्डेसनका अध्यक्ष अर्जुन अधिकारीले बताए । अधिकारीले भरत सिंह पेला लाई जन्मदिनको शुभकामना व्यक्त गर्दै उहाँको सहयोगले विपन्न बालबालिकामा ठूलो राहत पुगेको बताए ।

यस्तै विद्यालयका प्रधानाध्यापक शान्तबहादुर शाहीले जन्मदिनको लाखौ लाख शुभकामना व्यक्त गर्दै विपन्न बालबालिकालाई यसले पढाईमा ठूलो सहयोग पुगेको जानकारी दिए । दुर्गममा सहयोग गरेको भन्दै धन्यवाद समेत व्यक्त गरे । भरतले पहिले पनि विभिन्न सहयोग गर्दै आएका छन् । शैक्षिक तथा खेलकुद सामग्री पाएपछि विद्यार्थीहरु निकै खुशी भएका छन् ।

तपाईको प्रतिक्रिया