भेरीमा ताला प्रकरण : नगरप्रमुख र वडाध्यक्षहरुको आ—आफ्नै अडान, अन्यौलमा सेवा प्रवाह ( भिडियाे सहित)


जाजरकोट । भेरी नगरपालिकाको मुल ढोकामा तालाबन्दी गरिएको छ । विभिन्न ६ बुद्दे माग राख्दै अधिकांश वडाध्यक्ष र कार्यपालिका सदस्यहरुले नगरपालिकाको प्रशासनिक भवनमा तालाबन्दी गरेको दुई दिन वितिसकेको छ । तर पनि ताला खोलेर सेवा प्रवाहका लागि भने कुनै पहल गरिएको छैन् । सेवाग्राही सेवा बाच बञ्चित भएका छन् । नगरप्रमुख र तालाबन्दी गर्ने वडाध्यक्ष लगायत कार्यपालिका सदस्यहरुको आ—आफ्नै अडान छ । एक पक्षले अर्काे पक्षलाई दोष थुपार्ने काम मात्रै भएको पत्रकार सम्मेलन बाट देखिन्छ ।

बुधबार विहान ११ बजे पत्रकार सम्मेलनको आयोजना गरी तालाबन्दी गर्ने कार्यपालिका सदस्य र वडाध्यक्षहरुले माग पुरा नभए सम्म ताला नखोल्ने बताए । त्यही बुलेका ५ बजे नगरप्रमुख चन्द्रप्रकाश घर्तीले पत्रकार सम्मेलनको आयोजना गरी उहाँहरुले गरेको काम गैरकानुनी छ, वल प्रयोग गरेर भएपनि ताला खोल्ने बताएका थिए । उनले भने, ‘स्थानीय प्रशासनको सहयोगमा ताला खोल्छौं, होइन भने साथीहरु विना शर्त सहमतिमा आउनुपर्छ ।’ नगरप्रमुख घर्तीले उहाँहरुले उठाएको माग कार्यपालिका बैठकमा पहिले नै समेटिएको थियो, उनले भने, ‘राजनीतिक पूर्वाग्राह राखेर नगरमा ताला लगाईएको छ, यो निकै गैरकानुनी र अराजकताको पराकाष्ठ हो ।’

याे भिडियाे हेर्नुहाेस्

यता, तालाबन्दी गर्ने वडाध्यक्षहरुको पक्षबाट बोल्दै भेरी नगरपालिका वडा नं. ८ का वडाध्यक्ष वीरबहादुर चन्दले संविधानले वेवस्था गरे बमोजिम कार्यपालिकाको वैठक नै बोलाउन नमान्ने, बैठकमा आफुहरुले उठाएको मागहरु समावेश गर्न नमान्ने लगायतका माग राखेका थिए । उनले भने, ‘हामीलाई नगरप्रमुखले मानसिक रोगी समेत बन्नुभएको छ, उहाँ कुनै डाक्टर होइन्, यदि हो भने हामीलाई रोगी पुष्टि गरिदिनुपर्छ ।’ आफुहरुको ६ बुद्धे माग सम्बोधन नभएका सम्म ताला नखोल्ने उनले बताए ।

याे भिडियाे हेर्नुहाेस्

उनीहरुको आ आफ्नै अडानले सेवाप्रवाहमा समस्या भईरहेको छ । सेवा लिन आएका सेवाप्रवाही रित्तै फर्किन बाध्य छन् । अझै सेवा प्रवाह अन्यौलमा छ । नगरपालिकाका कर्मचारी गेट बाहिर त्रिपालमा बसिरहेका छन् । समन्वय गर्ने जिल्ला प्रशासन, जिल्ला समन्वय समितिले समेत कुनै पहल गर्न सकेका छैन् । नागरिकलाई सेवाप्रवाह बाट बञ्चित गर्नु स्थानीय सरकारको काम नभएको स्थानीयको भनाई छ ।

May be an image of 7 people and people studying

नगरपालिका बाहिर बसिरहेका कर्मचारीहरू
तपाईको प्रतिक्रिया