२६ चैत्र २०७६, बुधबार

अनुमति विना सडकमा सवारी नचलाउन गाउँपालिकाको आग्रह

कालीबहादुर नेपाली जाजरकोट । जिल्लाको बारेकोट गाउँपालिकाले अनुमति विना गाडी नचलाउन आग्रह गरेको छ । सोमबार सार्वजनिक सुचना जारी गरी गाउँपालिका प्रवेशका लागि तयार भएको कालीमाटी— खानटाकुरा—सिर्के— धापाटाकुरा—सक्ला —लिम्सा सडक खण्डमा अनुमति लिएर मात्रै गाडी चलाउन आग्रह गरिएको हो ।

गाउँपालिका भित्र प्रवेश गर्दा अहिले विश्व भरि नै फैलिएको कोरोना भाइरसका कारण उक्त सडक बन्द भएको जानकारी गराउँदै, सडक खुल्ला भएको १० भित्र जिल्ला प्रशासन कार्यालय बाट स्थायी रुट प्रमिट लिएर मात्र गाडी चलाउन आग्रह गरिएको गाउँपालिकाका निमित प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंहले एचपीखबर डटकमलाई जानकारी दिए ।

उक्त सडक खण्डमा सवारी चलाउनका लागि चालक २१ बर्ष पुगेको प्रमाण पत्र,अनिवार्य चालक अनुमति पत्र, सवारी साधनको कण्डिसन चेकजाँचको प्रमाण पत्र, गाडीका प्रमाण पत्र विल लिएर मात्रै गाडी चलाउन पाइने गाउँपालिकाको जारी विज्ञप्तीमा उल्लेख गरिएको छ ।