बारेकोटका ४ नाकामा  कडाई , अपरिचित व्यक्तिलाई प्रवेशमा रोक

जाजरकाेट  । सोमबारदेखि बारेकाेट गाउँपालिकाले एक स्थानिय तहबाट अर्को स्थानिय तह प्रवेशमा रोक लगाएको हो । कोरोना भाइरसको संक्रमणबाट बच्नका लागि सरकारले लकडाउनसँग अन्तरप्रदेश, अन्तरजिल्ला र अन्तरस्थानीय तहको आवतजावतमा रोक लगाए सँगै बारेकोट गाउँपालिकाले पनि यस्तो कार्यथालेको हो ।

बारेकोट गाउँपालिकाका ४ वटा नाका लैखम्, दोबाटा, सिर्पाचाैर र दह लगायतका नाकामा कुनैपनि मानिसलाई प्रवेशमा रोक लगाएको बारेकोट गाउँपालिकाका निमित्त प्रमुख प्रशासकिय अधिकृत गोविन्द बहादुर सिंहले बताए ।

लकडाउनमा अटेर गर्नेलाई कारबाही गरिने पनि निमित्त प्रमुख सि‌ंहले जानकारी दिए । बिरामी, स्वास्थ्यकर्मी र अत्यावश्यक सामान किन्न जानेहरुका लागि भने छुट दिइने उनले जानकारी दिए । उनले बाहिरबाट अपरिचित व्यक्ति आएको फेला पारेमा तत्काल गाउँपालिका तथा प्रशासन, प्रहरीमा सम्पर्क गर्न बारेकोटबासीलाई आग्रह गरेका छन ।

तपाईको प्रतिक्रिया