सावुन र माक्स वितरण गर्दै घरघरमा जनप्रतिनिधी

कालीबहादुर नेपाली । जिल्लाको बारेकोट गाउँपालिका वडा नं.२ का जनप्रतिनीधीहरु सावुन र माक्स वितरण गर्दै जनताको घर घरमा पुग्ने गरेका छन् । वडाको चैत्र २१ गते बसेको आकस्मिक वैठकले वडा भित्रका प्रत्येक विपन्न परिवारलाई सावुन र मास्क दिने निर्णय गरिएको वडाध्यक्ष कर्णे कामीले जानकारी दिए ।

उनले भने, अहिले विश्वमा फैलिएको कारोना भाइरसका कारण विश्व आतंक बनेको छ ।’ हामीले पनि वेलैमा सजकता अपनाएनौ भने त्यो अवस्था नआउला भन्न सकिन्न ।र्’ त्यसैले वडा भित्रका प्रत्येक विपन्न परिवारलाई मास्क र सावुन वितरण गर्ने निर्णय गरेका हौ ।’ वडापालिका भित्र झन्डै ४ सय घरधुरी रहेका छन् । प्रत्येक घरघरमा पुगेर वितरण गरिने वडा सदस्य ओमबहादुर नेपालीले बताए ।

नेपाल सरकारको निर्णय तथा गाउँपालिकाको कार्यापालिकामा गरिएको निर्णय अनुसार कोरोना प्रतिकार्य काम गर्दै आएको उनको भनाई छ । सरकारले गरेको लकडाउनको पनि पुर्ण कार्यान्वयन भएको नेपालीले जानकारी दिए । वडा भित्रका आकस्मिक बाहेक सबै पसल बन्द गरिने निर्णय गरे लगतै पसलमा भिडभाड हुनेको संख्या कम भएको एक स्थानीयले बताए । प्रत्येक वडाहरुमा प्रहरी चौकी लिम्सा बाट सुरक्षाकर्मीको टोली पुगी माइकिंग गर्दै आएको छ ।

वडापालिका बाट वितरण गर्दा वडामा स्थानीयको भिडभाड हुने भएकोले प्रत्येकको घरमा गएर बाँड्ने योजना बनाएको वडा सदस्य खडक गिरीले बताए । सावुन र मास्क वितरण गरिनुका साथै प्रत्येक व्यक्तिलाई सरसफाईमा ख्याल गर्न सल्लाह दिने गरेको उनको भनाई छ । वडा भित्रका प्रत्येक टोलटोलमा वडा सदस्य,वुद्धिजीवि, समाजसेवी ,पत्रकार लगायतको रोहवरमा मास्क र सावुन वितरण गरिएको छ ।

तपाईको प्रतिक्रिया