किन बन्यो स्कुल भन्दा गोठालो प्यारो पुरै पढ्नुहोस, सके सहयोग गरौ नसके सेयर गरौ ।

स्कुल जाँदा कापी कलम किन्ने पैसा कार्नुपर्छ’

कालीबहादुर नेपाली , जाजरकोट । सुन्दा अचम्म लाग्न सक्छ, स्कुल भन्दा गोठालो प्यारो । तर अचम्म मान्नुपर्ने विषय होइन । जिल्लाको बारेकोट गाउँपालिका २ का धनबहादुर नेपालीको यो बास्तविक कथा हो । उनी विद्यालय जान धेरै रुचाउँछन् , तर विद्यालय जान भने, घरको कामले भ्याउँदैनन् । जव घडीमा विहानको १० बज्छ ।

उनका सबै साथीहरु झोला बोकेर विद्यालय जान्छन् । उनी पाँच वटा गाई लिएर गोठाला पुग्छन् । उनको दैनिकीको पेशा भई सकेको छ । गत असारमा उनका वुवाले नजिकैको गोठमा आत्माहत्या गरे । “वुवाले आत्माहत्या गरेपछि उनकी आमाले उनीसहित भाईबहिनी र दिदीलाई स्याहार गर्दै आएकी छन् । कलिलो उमेरमा श्रीमानले छोड्नुको पिडा त छ नै, ३÷४ छोराछोरीलाई पढाउन ,लेखाउन,घर खर्च गर्न निकै समस्या हुने गरेको छ ।” त्येसैले धनबहादुरको विद्यालय भन्दा गोठालो प्यारो बाध्यताले भएको हो ।

मनमा साथीहरु जस्तै पढ्ने रहर भएपनि काँधमा वुवाको मृत्यु पछि जिम्मेवारी थपिएकोले भाईबहिनी र आमालाई सहयोग गर्ने गरेको उनको भनाई छ । उनले भनेर्, म १२ बर्षको थिए वुवाले संसार छोड्नुभयो र्। त्यसपछि मेरो विद्यालय सम्म जाने बाटो नै बन्ध भयो ।’ घरमा आम्दानीको श्रोत एउटा पनि छैनन म अनि भाईबहिनी पढ्नुपर्छ कसरी विद्यालय जाने निकै समस्या हुने गरेको उनले दुखेसो् गरे । कमाई गर्न जाने उमेर भएको छैन, पढाई खर्चका लागि कसैले सहयोग गरेको छैन अब भन्नुहोस ?’

कसरी विद्यालय जाने र विद्यालयमा पढ्ने । बुवा भएको भएपनि कमाई गर्नुहुन्थ्यो । हामीलाई विद्यालय जान सहज हुन्थ्यो । अहिले आएर आमा हुनुहुन्छ । “आमाले हामीलाई खानाको जोहो मिलाउनुहुन्छ । बर्खामा घरको छानो चुहिने हुन्छ ,कसैको पर्म गरेर आमाले हामीलाई उपलब्ध गराउनुहुन्छ ।

त्येसैले म विद्यालय गइन, मलाई गोठालो प्यारो लाग्छ ।” यति कुराले भन्छ ,उनी लक्का जवान हुन । कदापी उनी जवान होइन । उनी जम्मा १३ बर्षका भए । उनी संगैका साथीहरु रमाउँदै, विद्यालय जान्छन् । उनी सधै एउटा गीत गाउँदै, गोठालो जान्छन् । “जाउँ बावु नभन्नु आमा जान्न मत साहुको मेलामा” यो गीत उनको मनमा अडिक भएर बसेको छ ।

उनले भने,“म विद्यालय गए भने आमाले कापी कलम किन्नुपर्छ , किन्नको लागी घरमा पैसा छैन ,कार्नुपर्छ ।” आमाले बुवा नभएको भन्दै गाउँमा हेर्ने दृष्टिकोण राम्रो छैन कसैले पत्याउँदैन निकै समस्या छ ।” कसैले सहयोग गरेको भए म त विग्रेपनि मेराभाईबहिनीलाई शिक्षाको बाटो देखाउने थिए उनले एचपीखबर डटकम  संग भने । यस्तो घरको आर्थीक अवस्था कमजोर भएका बालबालिकालाई स्थानीय सरकारले निशुल्क शिक्षाको व्यवस्था गरी उनीलाई गास बास कपासको व्यवस्था गरिदिए राम्रो हुने समाजसेवी गोरखबहादुर सिहंले बताए । गाउँमा स्थानीय सरकार आएको स्थानीय जनताको जिवन स्तर उकास्नका लागि आएको सरकार हो । त्यस्ता बालबालिकाको भविष्य सुनिश्चित हुने उनको भनाई छ ।

तपाईको प्रतिक्रिया