
काठमाडौं । जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका तीन जना थुनुवा बुधबार राति फरार भएका छन् ।
लागूऔषध कारोबार अभियाेगमा पक्राउ परेका उनिहरू राति झ्याल फोडेर उनीहरु फरार भएको प्रहरीले जनाएको छ ।
वीरेन्द्रनगर ६ का २६ वर्षीय रोशनराज रेग्मी, सोही ठाउँका २० वर्षीय सुनिल थारु, वडा ११ मा बस्ने २१ वर्षका सन्देश केशरा फरार भएका हुन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतको पक्की थुनुवा घरको पछाडी भागको झ्याल फोडेर उनीहरु फरार भएको प्रहरी स्रोतले जानकारी दिएको छ ।
















































। २१ चैत्र २०७६, शुक्रबार