
रुकुम पुर्व । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र बिद्यार्थी युनियन क्रान्तिकारी रुकुम पुर्व ले कक्षा जाउ अभियान अन्तरगत रुकुम पुर्व कै दुर्गम गाउँमा संगठन बिस्तार लाई निरन्तर दिएको छ ।
आज मंगलबार जिल्लाको पुथा उत्तर गंगा गाउँपालिकाको वडा नम्बर १ मैकोट मा रहेको पुथा हिमालय माध्यमिक बिद्यालय र गाउँपालिकाको वडा नम्बर ५ हुकाम स्थित देउराली माध्यमिक बिद्यालयमा मावि मुल इकाई कमिटी गठन गरिएको अखिल क्रान्तिकारीका जिल्ला कार्यलय सचिव अम्मर खत्रीले जानकारी दिनुभएको छ ।

पुथा हिमालय माध्यमिक बिद्यालय मैकोट मा अनुष बिःक अध्यक्षतामा ४१ सदस्यीय मावि मुल इकाई कमिटी गठन गरिएको छ जसको उपाध्यक्ष दिपशिखा बुढा र राजेश पुन, सचिवः शरण पुन, सह–सचिवः स्मृति लामा कोषाध्यक्षः सेरेना पुन रहनुभएको छ ।

यस्तै, देउराली माध्यमिक बिद्यालय हुकाममा करण सेन अध्यक्षतामा ३५ सदस्यीय मावि मुल इकाई कमिटी गठन गरिएको छ । जसको उपाध्यक्षमा अञ्जना बुढा र राजेश बुढा, सचिवमा तुलबहादुर रामजाली, सहसचिवमा कुसुम रोका र स्मृति पुन, कोषाध्यक्षामा सिमाना पुन रहनुभएको कार्यलय सचिव खत्रीले बताउनुभयो ।
हुकाम र मैकोट जस्ता दुर्गम बस्तीमा बिद्यार्थी का निकै समस्या भएको अखिल क्रान्तिकारी रुकुम पुर्व ले जनाएको छ अब दुर्गम बस्तीका बिद्यार्थीका समस्या समधान गर्ने पहल गर्न जिम्मेवारी क्रान्तिकारीको भएको क्रान्तिकारी बिद्यार्थी हरूले बताएका छन् ।
कक्षा जाउँ अभियानमा अखिल क्रान्तिकारी का लुम्बिनी प्रदेश सदस्य युविक बिक संगठनका जिल्ला संयोजक चन्द्र रसाइली जिल्ला कार्यलय सचिव तथा सिस्ने गाउँपालिका इन्चार्ज अम्मर खत्रीको उपस्थिति रहेको थियो ।
















































बालाराम शेर्पाली । २४ आश्विन २०८०, बुधबार