
जाजरकाेट । जिल्लाको एक नगरपालिकाका वडाध्यक्षलाई अज्ञात समुहले निर्घात कुटपिट गरि सख्त घाइते वनाएको छ । जिल्लाको छेडागाड नगरपालिका वडा नम्वर ११ का वडाध्यक्ष चक्रवहादुर सिंहलाई अज्ञात समुहले कुटपिट गरि खुटटा भाँचिदिएको नगरप्रमुख लालवहादुर महताराले वताए ।
उनले शनिवार राति वडाध्यक्ष सिंहलाई अज्ञात समुहले अमानवीय ढंगले कुटपिट गरि खुटटा भाँचेर पाखो वारीमा फालेको अवस्थामा आइतवार विहान ८ वजे मात्र थाहा भएको वताए । आफनो घर फुम्नातिर गइरहेका वडाध्यक्ष सिंहलाई वडाकार्यालय तिर लिएर औलाकाटिया भन्ने स्थानमा निर्घात कुटपिट गरेको नगर प्रमुख महताराले वताए ।
उनले अहिले गम्भीर रुपमा घाइते भएका वडाध्यक्ष सिंहलाई उपचारका लागि उद्धार गर्ने काम भइरहेको र प्रहरी पनि घटना स्थल तर्फ गइरहेको वताए । उनलाई किन कसले आक्रमण गरि घाइते वनाएको हो भन्ने वारे कुनै कुरा पत्ता लाग्न नसकेको वताए ।
यस्तै वडाध्यक्ष सिंह माथि भएको घटनावारे अनुसन्धान गर्न इलाका प्रहरी कार्यालय वडावनको प्रहरी टोली घटना स्थल तर्फ गइरहेको जाजरकोटको प्रहरी प्रमुख डिएसपी किशोरकुमार श्रेष्ठले वताए । घटना कसले गराएको हो घटनाको कारण के हो भन्नेवारे प्रहरीले अनसन्धान गरिरहेको उनले वताए । कुटपिटवाट घाइत वडाध्यक्ष सिंह पुर्व एमालेवाट निर्वाचित भएका थिए ।
















































। १६ चैत्र २०७६, आईतवार