कालीबहादुर नेपाली, जाजरकोट । जाजरकोटको बारेकोट गाउँपालिका भित्र मौसमी रुघाखोकीका विरामी बढेका छन् । प्राथमिक स्वास्थ्य केन्द्र लिम्सामा दैनिक २०÷३० जना सम्म मौसमी रुघाखोकीका विरामी आउने गरेको अस्पताल श्रोतले जानकारी दिएको छ । अस्पतालमा कार्यरक्त डाक्टर रामबहादुर रोकायका अनुसार, टाउको दुख्ने,रुघाखोकी लाग्ने, छात्ती दुख्ने, लक्षणका विरामी आउने गरेका छन् ।
उनले भनेर्, पटकपटक यहि समयमा लाग्ने मौसमी रुघाखोकी भएकोले नआतिन पनि सबैमा आग्रह गरिन्छ ।’ अहिले विश्वमा फैलिएको कारोना भाइरसले स्थानीय चिन्तित बनेको अवस्थामा यो मौसमी रुघाखोकी भएकोले चिन्तित नहुन समेत आग्रह गरिएको छ । पर्याप्त श्रोत साधनको अभावले निकै समस्या परेको अस्पतालमा चेकचाँज गर्ने साधन समेत नुहँदा निकै समस्या परेको उनको भनाई छ ।
कमाई गर्न भारत गएका बारेकोटका स्थानीय गाउँमा आएर बसेको र क्वारेन्टाइनको व्यवस्था नभएपछि स्थानीय झनै त्रसित बनेका छन् । बारेकोट गाउँपालिकाले भने, कोरोना सम्बन्धी सार्वजनिक सुचना जारी गरी गाउँपालिका भित्रका स्थानीयहरुलाई सचेत हुन आग्रह गरेको गाउँपालिका निमित प्रमुख प्रशासकीय अधिकृत गोविन्द्रबहादुर सिंहले जानकारी दिए । नेपाल सरकारले भने भारत लगायतका खाडीमुलक बाट आएका नेपालीहरुलाई चेकजाँच गरी १४ दिन सम्म क्वारेन्टाइनमा राख्ने निर्णय गरेको छ ।
तर यो निर्णय भने बारेकोट गाउँपालिकामा कार्यान्वयन नभएको एक स्थानीयले बताए । उनले भनेर्, गाउँपालिकाकाले क्वारेन्टाइनको व्यवस्था गरेको छैन । सरकारले गरेको लकडाउनको कुन ैपालन भएको छैन ।’र्, भारत लगायतका खाडीमुलक बाट आएका स्थानीयहरु ठिक छु भन्दै भेटघाटमा व्यस्त देखिन्छन् ।’ अधिकृत सिंहले थपेर्, बाहिर बाट आएका जोकोहीलाई चेकजाँच गर्न गाउँपालिकाको दुई ठाउँ, लैखम र रामीडाँडाको नाकामा हेल्प डेस्क राखेका छौँ ।’गाउँपालिकाले आइसोलोसन कक्ष र क्वारेन्टाइन निर्माणका नगरेको स्थानीय बताउँछन् ।
गाउँपालिका अध्यक्ष महेन्द्रबहादु शाहले गाउँपालिका भित्रको सबै व्यवस्था ठिक भएको बताए । उनले भनेर्, हामीले क्वारेन्टाइन निर्माण गरेका छैनौ ।, भारत लगायतका खाडीमुलुक बाट आएका स्थानीय आफ्नै होम क्वारेन्टाइनमा बसेकोले क्वारेन्टाइन निर्माण गरेका छैनौ ।’ त्यसैले गाउँपालिका भित्र त्यस्तो भएको छैन । सबै ठीक छ ।’
विश्व नै आतंकित भएको वेला क्वारेन्टाइन समेत नहुनुले स्थानीय चिन्तित बन्नु स्वभाविक नै हो । स्थानीय सरकारले अहिले सम्म क्वारेन्टाइन निर्माण नगरेपनि क्वारेन्टाइन र आइसोलोसन कक्ष निर्माण गरी बाहिरी मुलक बाट आएका व्यक्तिहरुको निगरानी गर्न जुरुरी छ । आफ्नो स्थानीय सरकारले आफ्ना जनताको सेवा गर्ने स्थानीय सरकारको कर्तव्य हो ।
















































। १५ चैत्र २०७६, शनिबार