
काठमाडौं । नेपालगन्ज विमानस्थलमा अवतरणका क्रममा नेपाल एयरलाइन्सको विमान दुर्घटनामा परेको छ । काठमाडौंबाट नेपालगन्ज पुगेको विमान अवतरणका क्रममा दुर्घटनामा परेको हो । विमान रनवेबाट चिप्लिएर बाहिर गएको थियो । प्रहरी सह–प्रवक्ता एसएसपी उमेशराज जोशीले घटना भएको पुष्टि गरे । प्रहरीका अनुसार कुनै पनि मानवीय क्षति भने भएको छैन । विमान कोरोना भाइरस संक्रमितको स्वास्थ्य परीक्षणका लागि नमुना संकलन गरेर ल्याउन गएको बताइएको छ ।
















































। १५ चैत्र २०७६, शनिबार