अनियन्त्रित शैलीमा बढ्यो कोरोनाको संक्रमण, ६ लाख नजिक संक्रमित

काठमाडौं । कोरोना भाइरस (कोभिड–१९) को महामारी अनियन्त्रित शैलीमा अगाडि बढिरहेको छ । यो संक्रमणका कारण अहिलेसम्म ५ लाख ९७ हजार १७९ मानिस संक्रमित भएका छन् ।

त्यसैगरी मृतक पनि बढेका छन् । २७ हजार २५९ जनाको ज्यान गइसकेको छ ।

१ लाख ३३ हजार ३६० जना निको भएका छन् । तर निको भएकाहरुलाई पनि पुनः कोरोना संक्रमण देखिन सक्ने भएकाले सावधानी अपनाउनु पर्ने देखिएको छ ।

थुप्रै त्यस्ता घटनाहरु भएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

अहिले ४ लाख १२ हजार ९३७ जना संक्रमित छन् । जसमा २३ हजार ५२३ जना गम्भीर छन् ।

१९९ देश तथा शासित क्षेत्रमा फैलिएको कोरोनाबाट सबैभन्दा धेरै इटालीमा ज्यान गएको छ । इटालीमा ९ हजार १ सय ३४ जनाको ज्यान गएको हो ।

इटालीमा ८६ हजार ४९८ संक्रमित भएका छन् । सबैभन्दा बढी संक्रमित अमेरिकामा भएका छन् ।

अमेरिकामा १ लाख ४ हजार १४२ जना संक्रमित भएका छन् । १ हजार ६९६ जनाको ज्यान गएको छ ।

नेपालमा ४ जना संक्रमित भएका छन् । एक जनालाई निको भएर घर फर्केका छन् ।

तीन जनाको उपचार चलिरहेको छ । दुई जना काठमाडौंमा र एक जनाको धनगढीमा उपचार भइरहेको छ ।

तपाईको प्रतिक्रिया