संसद् खुलाउन छलफलमा जुटे शीर्ष नेता

काठमाडौं : संघीय संसद्‌का दुवै सदनको गतिरोध हटाउन तीन दलका शीर्ष नेता आज पनि छलफलान जुटेका छन्।

विगत एक हप्तादेखि नेकपा एमालेले निरन्तर सदन अवरुद्ध पारेपछि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, एमाले अध्यक्ष केपी शर्मा अ‍ोली र प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सिंहदरबारमा छलफल सुरु भएको हो।

आइतबार पनि तीन नेताबीच सदनको गतिरोध हटाउने समझदारी बनेको थियो। तर, संसद् भवन पुगेर अध्यक्ष ओलीले असार २१ गते प्रधानमन्त्रीको सचिवालयले निकालेको विज्ञप्ति र गृहमन्त्री नारायणकाजी श्रेष्ठको अभिव्यक्ति फिर्ता लिनुपर्ने अडान राखेपछि बैठक भाँडिएको थियो।

प्रतिनिधिसभाको बैठक दिउँसो ३ बजेका लागि बोलाइएको छ। आज तीन नेताबीच समझदारी बनेपछि प्रधानमन्त्री प्रचण्डले स्पष्टीकरण दिने कार्यतालिका छ।

तपाईको प्रतिक्रिया