लुकिछिपी यौन धन्दा गरेको आरोपमा दुई पक्राउ

blog
दैलेख । लुकिछिपी यौन धन्दा सञ्चालन गरेको आरोपमा प्रहरीले दुई जना होटल सञ्चालकलाई पक्राउ गरेको छ । दैलेखको नारायण नगरपालिका –१ मा रहेको ज्वालामुखी होटलका सञ्चालक तीर्थप्रसाद न्यौपाने र आरती होटलका सञ्चालक दीपेन्द्र कटुवाललाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय दैलेखले जानकारी दिएको छ ।

जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी प्रमुख किशोर लम्सालले होटलमा यौन धन्दा सञ्चालन गरेको भन्ने गोप्य सूचनाका आधारमा दुई जनालाई पक्राउ गरी अनुसन्धान गरिरहेको जानकारी दिनुभयो । जिल्ला अदालत दैलेखबाट म्याद थप गरी अनुसन्धान गरिरहेको उहाँले जानकारी दिनुभयो ।

तपाईको प्रतिक्रिया