लक डाउनको दोस्रो दिन सदरमुकाम सुनसान [फाेटाे फिचर ]

Image may contain: house and outdoor

जाजरकाेट  ।  कोरोना भाईरसको संक्रमण वढी रहेका बेला नेपाल सरकारले गरेको आदेश पालन गर्दै जाजरकोट जिल्लालाईपनि लक डाउन गरिएको छ । सरकारले गरेको निर्णयलाई नागरिकहरुले पालन गरेपछि जाजरकोट सदरमुकाम मंगलवार विहान बाट सुनसान वन्दै गएको छ ।

कोभिट १९ को संक्रमण वढी रहेका वेला नेपाल सरकारले नागरिकहरुलाई सुरक्षित राख्नको लागी छिमेकी जिल्लाहरुमा आवत जावत गर्न नपाईने सडक पेटीमा २ जना मानिसहरु बाहेक धेरै वस्न नपाउने घर देखि वाहिर नजाने आदेश चैत ११ गते देखि सरकारले गरेको हो । सरकारको निर्णयलाई कार्यान्वयन गर्दै जाजरकोटका नागरिकलाई सुरक्षित राख्न जिल्ला प्रशासन कार्यालय जाजरकोटले कडाइका साथ कार्यान्वयण गरिरहेको छ ।

Image may contain: outdoor

स्थानीय प्रशासनको आग्रह पछी जाजरकोट सदरमुकाम खलंगा वजार मानिसहरुको आवत जावतमा निकै कमी आएपछि सुनसान भएको छ । दैनिक उपभोग्य वस्तुहरु व्यापारीहरुले डराई डराई थोरै समय खोल्ने गरेका छन् । विश्वलाई आतंकित वनाई रहेका वेला नेपालमा साना देखि ठुला व्यापारी देखि व्यवसायीहरु समेत त्रसित भएका छन् ।

 

संक्रमणको त्रासले पहिलो मारमा मजदुरी गरेर परिवार पालन पोषण गर्ने मजदुरहरु पर्ने देखिएको छ । जिल्ला प्रशासन कार्यालय जाजरकोटले गरेको निर्णय नागरिकहरुले पुर्ण रुपले पालना गरेको प्रमुख जिल्ला अधिकारी जनकराज पन्तले बताए  । नागरिकहरुको विहाना वेलुकाको छाकलाई मध्यनजर गर्दैै दैनिक अति आवश्यकीय वस्तुको सामाग्री केहि समयको लागी खुल्ला गरेको वाकी सवै उद्योग, व्यापार व्यवसायीहरु पुर्ण रुपमा वन्द भएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए  ।

भारतमा मजदुरी गर्न गएका भेरी नगरपालिका १० र ११ का केही मानिसहरु हिजो वेलुकी मात्र घरमा आएको भन्ने जानकारी पाएपछि उनीहरुको स्वास्थ्य परिक्षण गरि आइसोलेसनमा राख्नको लागी स्थानिय सरकारका जनप्रतिनिधिहरुको सहयोगमानेपाल प्रहरी लगाएतको टोली त्यस तर्फ पठाएको प्रमुख जिल्ला अधिकारी पन्तले बताए। उनीहरुलाई १४ दिन सम्म आइसोलेसनमा राखेर परिक्षण गरिने प्रमुख पन्तले जानकारी दिए ।

नागरिकहरुलाई सुरक्षित राख्नको लागी सदरमुकाम भित्रका मुख्य नाका ठाँटी वजार, गैरी खाली वजार वसपार्क लगाएतका ठाँउहरुमा लुकीछिपी जिल्ला भित्रिने मानिसहरुको निगरानी गर्नको लागी प्रहरी परिचालन गरेको प्रहरी नायव उपरिक्षक किशोर कुमार श्रेष्ठले बताए । जिल्ला भित्रिने यात्रुहरुलाई परिक्षण गरि क्वारेन्टाईनमा लिने व्यवस्था समेत गरेको छौ प्रहरी प्रमुख श्रेष्ठले बताए ।

भेरी नगरपालिका १० र ११ मानिसहरु भारतवाट लुकीछिपी आएको भन्ने सुचना पाएपछि त्यस तर्फ प्रहरी टोली परिचालन गरेको प्रहरी प्रमुख श्रेष्ठले बताए ।  लक डाउनलाई नागरिकहरुले पुर्ण रुपले साथ सहयोग दिएको अझ उच्च मनोवलका साथ लक डाउनलाई सफल पर्न सरोकारवाला निकाय, सर्वसाधारण नागरिकहरुलाई प्रमुख जिल्ला अधिकारी पन्तले आग्रह गरे ।

 

तपाईको प्रतिक्रिया