भारतको भटिंडा मिलिटरी स्टेशनमा गोली चल्दा चार सैनिकको मृत्यु


काठमाडौं । पन्जाबको भटिंडा मिलिटरी स्टेसनमा बुधवार बिहान भएको गोलाबारीमा चार सैनिकको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरूका अनुसार बिहान ४ः३५ बजे गोलाबारी भएको हो । घटनामा प्रहरी र सेनाले संयुक्त रूपमा अनुसन्धान गर्ने पनि रिपोर्टमा उल्लेख छ । उक्त घटनालाई अहिले नै आतङ्कवादी हमलाको संज्ञा भने दिइएको छैन ।

सेनाले सबै पक्षको छानबिनपछि मात्र निष्कर्षमा पुग्न सकिने जनाएको छ । उक्त घटनाको हाल विभिन्न ‘एङ्गल’ बाट अनुसन्धान भइरहेको जनाइएको छ ।

आतङ्कवादी हमला: भारतीय सञ्चार माध्यम दैनिक भास्करका अनुसार क्यान्ट बाहिरबाट भित्रको भाग तर्फ गोली चलेको कारण उक्त घटना आतङ्कवादी हमला हुन सक्ने आशंका गरिएको छ ।

सैनिकहरूबीच आपसी गोलाबारीः केही रिपोर्टहरूमा यो गोलाबारी सैन्य स्टेशनको अफिसर्स मेसमा भएको बताइएको छ। भटिंडाका एसएसपी गुलनीत खुरानाले आक्रमण आतङ्कवादी घटना नभएको बताएका छन् । खुरानाका अनुसार सैनिकहरू को आपसी फायरिंङका कारण सो घटना घटेको हुन सक्छ ।

खोजी कार्यका क्रममा सन्दिग्धले गोली चलाएको आशंकाः प्रहरी श्रोतलाई उदृत गर्दै दैनिक भाष्करले जनाए अनुसार भटिण्डा मिलिटरी स्टेसन भित्र शंकास्पद गतिविधि देखिएपछि सैनिकहरूले खोजी अभियान सुरु गरेका थिए । यसै क्रममा सन्दिग्धले सैनिकमाथि गोली चलाएको र गोली प्रहार गर्ने व्यक्ति सादा पोसाकमा रहेको बताइएको छ । हमला भएको स्टेशनबाट दुई दिन अघि मात्र एक राइफल र २८ वटा गोलीहरू हराएको बताइएको छ ।

तपाईको प्रतिक्रिया