प्रकाश सपुतको ‘सकम्बरी’ सार्वजनिक

काठमाण्डाैं । नेपाली सांगीतिक क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउन सफल गायक प्रकाश सपुतको नयाँ गीत ‘सकम्बरी’ सार्वजनिक भएको छ । गायक सपुतले यो गीत डिशहोम गो एपमार्फत एक्सक्लुसिभ रिलिज गरेका हुन् ।

हाल यो गीत डिशहोम गो एपमा मात्र उपलब्ध रहेको छ । यो गीत निःशुल्क हेर्नका लागि प्ले स्टोर र एप स्टोरबाट डिशहोम गो एप डाउनलोड गर्नुपर्ने हुन्छ । यस एपमा लाइभ टि.भी. लगायत नेपाली सिनेमा, सिरिज, सर्टमुभिज, तथा अन्य थुप्रै लोकप्रिय विदेशी कन्टेन्टहरु पनि हेर्न सकिन्छ ।

तपाईको प्रतिक्रिया