कोरोना विरुद्ध अखिल क्रान्तिकारीको अभियान

सरसफाईका लागि सावुन वितरण

जाजरकोट । प्रतिबन्धित नेपाल कम्युनिष्ट पार्टी एरिया नं. ४ र अखिल (क्रान्तिकारी) जाजरकोटले विभिन्न चुनौतिको बिचमा कोरोना संक्रमणलाई नियन्त्रण गर्न घरदैलो कार्यक्रम गर्दै विभिन्न जनचेतना मुलक संदेश बाड्दै हिँडेको छ ।

कोरोना संक्रमनबाट बच्न समाजलाई सचेत बनाऔँ, आफू बची अरुलाई पनि बचाऔँ भन्ने मुल नाराका साथ आज भेरी नगरपालिका वडा न. ७ स्याउलीबजारमा सरसफाइका लागि स्याउली बासी जनसमुदायलाई साबुन बितरण कार्यक्रम गरेको छ ।

कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी एरिया न. ४ का ईन्चार्ज तथा अखिल (क्रान्तिकारी)का केन्द्रिय सदस्य क. निर्मल, अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला अध्यक्ष क. बिजय शाही र अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला सचीव समीप शाहको उपस्थितिमा कार्यक्रम सम्पन्न भएको थियो ।

अबको दिनमा प्रत्येक टोलटोलमा गएर कोरोना सम्बन्धी जनचेतना फैलाई कोरोनालाई नेपाली समाजमा प्रवेश गर्न नदिने उद्धेश्य राखी यो अभियान संचालन गरेको अखिल (क्रान्तिकारी) जिल्ला सचीव समीप शाहले जानकारी दिए ।

सोही कार्यक्रममा बोल्दै अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य क. निर्मलले भनेर्, समाजलाई सव्य बनाउनका लागि हामी जुनसुकै कठिन यात्रामा पनि सहजै जनताको बिचमा उपस्थित हुन्छौं ।’र्, अहिले बिश्वमा फैलिएको कोराना भाईरसलाई नियन्त्रण गर्न तपाईको बिचमा उपस्थित भएका छौँ ।

हरेक नागरिकले कोरोना सम्बन्धमा सचेत रहेर आफू पनि बची अरुलाई बचाउन सहयोग गर्न अपिल गर्दछु ।’ साथै सबै नागरिकले सरसफाई लगाएत आफ्नो ब्यक्तिगत आनिवानीमा सुधार गरि कोरोनालाई नियन्त्रण पार्न सहयोग गर्न पनि आग्रह गरे ।

त्यसैगरी अखिल (क्रान्तिकारी) जाजरकोटका जिल्ला अध्यक्षका अनुसार कोरोनाबाट बच्नका लागि विभिन्न सजकता अपनाउन सम्पुर्ण जाजरकोट,तथा देश, बिदेशमा रहने नेपाली जनसमुदायहरुमा आग्रह गरे ।

तपाईको प्रतिक्रिया