खलंगामा बजार अनुगमन

No description available.

जाजरकोट ।  सदरमुकाम खलंगामा बजार अनुगमन गरिएको छ । उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटको संयोजनमा सदरमुकाम खलंगाका शान्तिचौतारा, गैरीखाली, बोहराका पसलहरुमा अनुगमन गरिएको हो ।

स्थानीय प्रशासन, कृषि विकास कार्यालय, पशु अस्पताल तथा पशु सेवा कार्यालय, पत्रकार महांसघ, उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय र भेरी नगरपालिकाले संयुक्त रुपमा बजार अनुगमन गरेका हुन् ।

अनुगमनका क्रममा उपभोग्य मिति सकिएका खाद्य वस्तु नष्ट गरिएको छ । भेरी नगरपालिका भित्रका उक्त स्थानमा रहेका बजारको अनुगमनका क्रममा म्याद गुज्रिएका करिब ५० हजार मूल्य बराबरको खाद्य वस्तु नियन्त्रणमा लिई नष्ट गरिएको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय जाजरकोटका प्रमुख महेन्द्र भडेलले जानकारी दिए ।

No description available.

म्याद गुज्रेका, सडेगलेका, अखाद्य वस्तु बिक्री गर्दै आएका तथा विना इजाजत व्यवसाय सञ्चालन गरिरहेका माथि कडाइ सुरु गरिएको छ । विभिन्न स्थानका बजारमा छड्के अनुगमनलाई तीव्र पारिएको कार्यालयले जनाएको छ ।

No description available.

तपाईको प्रतिक्रिया